Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

ठोरीमा कांग्रेस अगुवा नेता–कार्यकर्ता भेला, रमेश रिजाललाई विजयी गराउने संकल्प

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत ठोरी गाउँपालिका वडा नम्बर–२ मा नेपाली कांग्रेसका अगुवा नेता तथा कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेलाले कांग्रेसका उम्मेदवार, पूर्व मन्त्री तथा निर्वतमान सांसद रमेश रिजाललाई विजयी गराउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार रमेश रिजालले मुलुकमा देखिएका जटिल समस्याको समाधानका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताए । उनले भावनामा बगेर हल्ला र भ्रमको पछि नलाग्न आग्रह गर्दै लोकतन्त्र स्थापना, संविधान निर्माण र देश निर्माणमा कांग्रेसको ऐतिहासिक भूमिका रहेको उल्लेख गरे । देशको स्थायित्व र लोकतन्त्रको रक्षा गर्न कांग्रेसकै उम्मेदवारलाई विजयी गराउनुपर्ने उनको जोड थियो ।

नेपाली कांग्रेस ठोरी गाउँपालिका सभापति सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डेय, सह–सचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त यादव, प्रदेश क्षेत्रिय सभापति जिवन सापकाेटा लगायत ठोरीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले कांग्रेसको संगठन थप मजबुत बनाउँदै घर–घरमा पार्टीको नीति र कार्यक्रम पुर्‍याएर उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...