Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पर्सा–१ का लागि आफू योग्य र सक्षम उम्मेदवार हुँ : नेकपा उम्मेदवार सिए चौरसिया

spot_img
spot_img

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिए अजय चौरसियाले आफू यस क्षेत्रका लागि योग्य र सक्षम उम्मेदवार भएको दाबी गरेका छन्।

प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन पर्साले संयुक्त रूपमा आयोजना गरेको परिचात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार चौरसियाले अन्य उम्मेदवारहरूको तुलनामा आफू अनुभवी, योजनाबद्ध र जनताका समस्या बुझ्ने उम्मेदवार भएको बताए।

उनले पर्सा–१ को समग्र विकासका लागि स्पष्ट योजना र दीर्घकालीन भिजन आफूसँग रहेको उल्लेख गर्दै आफू निर्वाचित भए क्षेत्रका शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

“म यस क्षेत्रका जनताको हरेक समस्या नजिकबाट बुझेको छु। ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने स्पष्ट योजना मसँग छ,” उनले भने, “यदि जनताले मलाई विजयी गराए भने शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रको विकास गरेर देखाउनेछु।”

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, नेता बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्तालगायत प्रेस सेन्टर र समाजवादी प्रेस संगठनसंग आवद्ध पत्रकारहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...