प्रयाण साह ।
वीरगंज, २८ असोज ।
भाजुरत इन्जिनियरिङ एण्ड सेल्स लि. को आइतबार ट्याफ कम्पनीको मेसिफरग्युसनको ट्रेक्टर डिलभरी कार्यक्रम सम्पन्न भएको छ । विगत केही दिन देखी बुकीङ तथा किस्तामा पइसा तिरदै आइरहेका किशानहरुलाई ६ वटा ट्रेक्टर डिभेभरी संगै उपहार शवरुप एक एकवटा सेलिङ पंखा दिएको सवेर्स यादवले जनकारी दिए । कार्यक्रमा वोल्दै प्रमुख अतिथी ट्राफे कम्पनीका रिजिनल म्यानेजर अनिल कुमार दुबे बजारमा किशानले रोजे जस्तो र चाहिने जस्तो ट्रेक्टर उपलब्ध गराउदै आएको र आउदो दिनमा समेत किशानको चाहना अनुसार ट्रेक्टर उपलब्ध गराइने वताए । कार्यक्रममा भाजुरत वीरगंजका डिभिजन प्रमुख लक्ष्मी राम चौरसिया, वीरगंज डिपोका सुरेश नेपाल, सिनियर सेल्स मैन योगेशवर पाण्डे तथा बाराका पूर्व मन्त्री कलवाती पसवानले मन्तव्य राखेका थिए ।
मेसिफरग्युसनको ट्रेक्टरको डिलभरी कार्यक्रम सम्पन्न
३ दिन देखी सम्पर्क विहिन भएका युवकको शव फेला
कास /वीरगंज, २८ असोज ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर ६, लखनपुरमा ३ दिन देखी सम्पर्क विहिन भएका एक युवकको आज शव फेला परेको छ । स्थनिय हरि ठाकुर हजामको २० बर्षीय छोरा शिवशंकर ठाकुर हजामको शव फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रबार मर्नीङवालकमा निस्केका शिवशंकर सम्पर्क विहिन भएका थिए । घर परिवारको सम्पर्क विहिन भएका शिवशंकरको शव लखनपुर स्थित गण्डक नहरमा फेला परेको प्रहरी चौकी महुवनका प्रहरी सहायक निरिक्षक जिवश कुमार शर्माले वताए ।
दिउसो नहरमा शव दखे पछि स्थानियवासीहरु प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागी नारायणी उपक्षेत्रिय अस्पताल बिरगंजमा पठाईएको सहायक प्रहरी निरिक्षक शर्माले वताए । घटना बारे अनुसन्धान भइरहेको र पोष्टर्माड पछि नै मात्र केही भन्न सहिने उनले वताए ।
भारतको उडिसा राज्यमा आएको अांधीमा २१ जनाको मृत्यु
काठमाडौं, २८ असाेज । भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४ जना हराइरहेका छन् । गत बिहीबारदेखि शुरु प्रकोपमा परी शनिबारसम्ममा २१ को ज्यान गएको हो ।
अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी २१ जनाले ज्यान गुमाएको उडिसाका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमहरुले खबर प्रकाशमा ल्याएका छन् ।
आँधीले उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ ।
चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको र त्यसमा पनि गाजापाटीमा सबैभन्दा धेरै प्रभावित भएको बताइएकको छ । गाजापाटीमा १५ जनाको मृत्यु भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
गाजापाटी जिल्लाको बाराघारा गाउँमा रहेको एउटा शिविरमा बसेका २२ जना मध्ये १५ जनाको मृत्यु भएको बताइएको छ । शिविरमै रहेकामध्ये अरु चार जना हराइरहेका छन् ।
त्यसैगरी नायागार्हमा दुई जनाको र कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्लामा एक एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
उडिसासँगै छिमेकी राज्य आन्ध्र प्रदेशमा पनि चक्रवातले असर गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
भोजपुरी सांगीतीक साझ कार्यक्रम भव्य रुपमा सम्पन्न, महानगरपालिकाको कामकाजको भाषा भोजपुरी बनाइने
कास/वीरगंज, २८ असोज ।
नेपाल भोजपुरी समाजको आयोजनामा शनिबार वीरगंजको आदर्शनगरमा भोजपुरी सांगितिक साझ नाम दिइएको सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । भोजपुरी भाषा, साहित्य र संगितको प्रबद्र्धनको उद्देश्यले आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल भोजपुरी समाजको उपाध्यक्ष समेत रहेका स्थानिय कलाकार धु्रव सिंह ठकुरी, सचिव रितु राज पटेल, सह सचिव अजमत अली अंसारी, नेक महमद, बिभा मेहता, निरज अचार्यले प्रस्तुती गरेका थिए ।
भोजपुरी संगित अश्लील तर्फ बढदै गइरहेको आलोचना भइरहेको बेला वीरगंजमा आयोजित कार्यक्रममा स्थानिय कलकारहरु द्वारा आफै लेखिएको मौलिक गित–संगितको प्रस्तुतीले कार्यक्रमका सहभागिहरु भोजपुरी संगित प्रति आक्रषित र उत्साहित भएका थिए । कार्यक्रममा कलाकार चन्दन दास, कलिम, सावनले मियुजिसियनको भुमिका निभाएका थिए ।
नेपाल भोजपुरी समाजका अध्यक्ष रामदेव प्रसाद श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानरपालिकाको मेयर विजय सरावगी, डा. हरिन्द्र हिमकर, वृज मोहन सिंह, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, सानोपाइलाका कञ्चन झा लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका मेयर सरावगीले महानगरपालिकाको कामकाजको भाषा भोजपुरी बनाउन हामी लागि परेको वताए ।
कार्यक्रमको संचालन भोजपुरी समाजकी सदस्य समेत रहेकी पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन र पत्रकार राजेन्द्र सिंहले गरेका थिए भने स्वागत भाषण समाजका सदस्य रंजित यादवले गरेका थिए ।
जिल्ला स्तरिय विपद व्यवस्थापन गोष्ठी सम्पन्न
कास/वीरगंज, २७ असोज ।
जिल्ला स्तरिय विपद व्यवस्थापन संगोष्ठी आज वीरगंजमा सम्पन्न भएको छ । वीरगंज नगर सभागृहमा भएको कार्यक्रममा वोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले अब गैर सरकारी संस्थाहरुलाई प्रोत्साहित गरेर अगाडी बढनु पर्ने वताउनु भएको छ ।
गैरसरकारी संस्थाको समन्वय र सहकार्य गरी विकास गर्न र स्थानिय तहलाई कैटोराइज गर्नु पर्ने समय आएको वताए ।
वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीको अध्यक्षतामा र वीरगंज महानरपालिकाका मेयर विजय सरावगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्साका प्रतिनिधि, स्थानिय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो ।
लियो क्लब द्धारा दशै, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान
वीरगंज,२७ असोज । हिन्दुहरुको महान चाडपर्व बडा दशै ,दिपावली, नेपाल सम्वत ११३९ र छठपर्वको अवसरमा लियो क्लब अफ वीरगंजले शुभकामना आदान प्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
वीरगंजको मुर्लीमा रहेको सगरमाथा एकेडमी प्रालिको प्रांगणमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । क्लबका सम्पुर्ण पदाधिकारीले शुभकामना आदान प्रदान गर्दे बडादशै ,दिपावली, नेपाल सम्वत ११३९ र छठपर्वलाई एक अर्कोमा आपसी सदभाव ,भाईचारा , हर्षा उल्लासका साथ मनाउने भन्दै एक आपसमा शुभकामना सटासाट गरेका थिए ।

साथै क्लबमा आवद्ध भएका भगवती सिग्देल ,अमृता ठाकुर , अन्जना साह ,नाजिया रेहमानी लगायतका नयाँ सदस्यलाई स्वागत गरीएको क्लबका सचिव महम्द मेराजुल हवारीले जानकारी दिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा लियो क्लब अफ वीरगंज कि अध्यक्ष लियो सिमोन गुरुगं,उपाध्यक्ष अंजली गर्ग ,कोषाध्यक्ष रामविनेश यादव ,पुर्व अध्यक्षहरु सरीता खड्गी ,दिपेन्द्र यादव ,रिसभ राजअग्रवाल ,सल्लाहकारद्धव तिवारी यादव, ईश्क कुमार, अन्कित श्रेष्ठ ,दिलपाल साह लगायतका गरी क्लबका २५ जना सदस्यहरुको सहभागीता रहेको थियो ।
बहुवरीमा महाविरी मेलाको उदघागन गर्दै सांसद यादवले भने कुस्ती खेल मधेसको पहिचान
कलैयामा भएको रक्तदान कार्यक्रममा ६ महिला सहित ५२ जना द्वारा रक्तदान
कास/कलैया, २७ असोज ।
राजदेवी सांगितिक समूहको १५ औं वार्षिक उत्सव तथा बडा दशैको उपलक्ष्यमा आज बाराको कलैयामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
राजदेवी सांगितिक समुह कलैयाले राजदेवी मन्दिरको प्राङ्गनमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ५२ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।
निरज नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, प्रभु बैंक कलैयाका प्रबन्धक चन्दन प्रसाद, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिव्यनाथ श्रेष्ठ लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सविन सिगदेलले गरेका थिए ।
ह्युमपाइप दुर्घटना प्रकरण : गृह मन्त्रालयद्वारा छानबिनको निर्देशन
वीरगंज, २७ असोज ।
वीरगंज महानगरपालिकाको विपी उद्यानस्थित रातो बङ्गलामा राखिएको ह्युमपाइप घटनामा एकजना बालकको ज्यान गएको र तीनजना बालिका गम्भीर घाइते भएको सन्दर्भमा गृह मन्त्रालयले छानबिनको आदेश दिएको छ ।
ह्युमपाइपमा खेल्नेक्रममा ९ वर्षीय रोहित चौधरीको मृत्यु भएको थियो भने समान उमेरका अनुष्का र अङ्किता चौधरी तथा आयुषा यादव गम्भीर घाइते भएका थिए ।
सांसद प्रदीप यादवले सरोकारवालाहरूलाई ज्ञापन दिएर घटनाको छानबिन गरी दोषीमाथि कारबाई माग गरेकाले गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले घटना छानबिनका लागि गृह मन्त्रालयको पत्र आएको पुष्टि गरेका छन् ।
यसैबीच, ह्युम पाइप दुर्घटनापछि सरोकारवालाहरूले आप्mनो दायित्वबाट पछि हट्दै एकले अर्कामाथि आरोप–प्रत्यारोप लगाउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले प्रारम्भिक रिर्पाेटमा घटना भवितव्य भनेको छ ।
कालिका कन्स्ट्रक्सनका व्यवस्थापक ठाकुर ढकालले घटनामा कालिका कन्स्ट्रक्सन दोषी नभएको दाबी गरेका छन् । उनले मझौला शहर एकीकृत वातावरणीय आयोजनाको लागि आपूmसँग एडिबीको सम्झौता भएपछि सम्झौता अनुसार ह्युमपाइप बनाएको र मेयर विजय सरावगीको मौखिक निर्देशनमा रातो बङ्गलामा जेठ महिनामा राखिएको बताए ।
उनले आपूmले विश्वव्यापी मान्यता अनुसार पिरामिड शैलीमा ह््युमपाइप राखेको तर वीरगंज महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले मेला प्रयोजनमा झुला राख्न समस्या देखाएर पहिले राखेको ह्युमपाइपलाई अन्यत्र हटाइएपछि त्यस ह्युमपाइपमा चढेका बालबालिकाहरू दुर्घटनाको शिकार भएको बताए ।
यता मेयर सरावगीले आप्mनो आदेशमा ह्युमपाइप त्यहाँ राखिएको स्वीकारेका छन् । कालिकाले एडिबीको आयोजनाको लागि निर्माण गरेको ह्युमपाइप राख्नको लागि स्थान दिएको तर बिनाइजाजत झुला राख्ने काम गरिंदा सो घटना भएको मेयर सरावगीले बताए ।
उनले आपूmले माँ वैष्णव गुफाको लागि मात्र इजाजत दिएकोमा सो स्थानमा जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा झुला राखिएको बताए । मेयर सरावगीले झुला राख्न इजाजत प्रदान नगरेको तर जिप्रकाको इजाजत लिएर महानगरपालिकाको जग्गामा गैरकानूनी तरिकाबाट झुला सञ्चालन गरिएको उनले बताए ।
मेयर सरावगीले महानगरपालिकामा लाग्ने सबै खाले मेलाको स्वीकृति महानगरबाट लिनुपर्नेमा विपी उद्यानको घण्टाघरतर्पm सञ्चालित दशैं मेलाले स्वीकृति लिएको तर रातो बङ्गलातर्पm केवल माँ वैष्णवको गुफाको लागि मात्र इजाजत दिएको प्रस्ट्याए ।
यता प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले महानगरपालिकालाई शुल्क बुझाएको रसिद हेरेर मात्र आपूmले रातो बङ्गलामा झुला राख्न स्वीकृति दिएको दाबी गरेका छन् ।
रमाइलो कुरा त के छ भने घटनामा छानबिनको दायरामा पर्ने जिल्ला प्रशासन कार्यालयलाई नै गृह मन्त्रालयले छानबिन गरेर प्रतिवेदन पेश गर्न भनेको छ । जसले गर्दा छानबिन समितिको निष्पक्षतामाथि प्रश्नचिह्न खडा गरेको छ । प्रतिक
पर्साको ग्रामिण भेगमा दशै सुरुवात संगै जुवातास पनि सुरु
कास/वीरगंज, २६ असोज ।
हिन्दुहरुको महान चाडपर्व वडा दशै शुरुवात संगै पर्साको ग्रामिण भेगमा जुवातास र गोटी खेलले ब्यापक्ता पाएको छ । हरेक बर्ष जिल्ला प्रशासन तथा ईलाका प्रहरी कार्यालयहरुले हरेक गाउँ तथा वडाहरुमा जुवातास नखेल्न माईकिंग गर्ने गथ्र्थाे तर यस बर्ष प्रहरी प्रशासनबाट गाउँघरमा यस्तो संन्देश नजादा ग्रामिण भेगमा जुवातासको बन्देज नहोला भने भ्रम सृजना भएको छ ।
पर्साको ग्रामिण भेगको सार्वजनिक ठाउँमा नै जुवातास बिहान र रातीको समयमा खुल्याम रुपमा हुने गरेको स्थानियहरुले बताएका छन । बिहान, बेलुकी र राती प्रहरीले गस्ती नगरे पछि खुल्याम रुपमा सार्वजिन स्थलमा नै जुवातास हुने गरेको स्थानियहरुको भनाई छ । जुवातास खेल्नमा प्राय ११ बर्ष देखी ४० बर्षका युवाहरुको संख्या बढी मात्रामा रहेको देखिएको छ ।
यता कालिकामाई गाउँपालिकाको वडा नं. ५ स्थित रहेको ईलाका प्रहरी कार्यालय बिरन्चीवर्वाले सोही गाउँपालिकाको वडा नम्बर १ मुडलीमा दिउसो ४ बजे ८ बर्ष देखी १६ बर्ष उमेरका दर्जनौ बालबालिकाहरुलाई जुवा खेलिरहेको अवस्थामा लखेटेको छ । प्रहरीले बालबालिकाहरुले खेली रहेको झन्डामुन्डा स्थलको केही पैसा, गोटी र खेल खेलाउने डब्बाहरु नियन्त्रणमा लिएको छ ।
यस बिषयमा प्रहरी प्रशासन मौन रहयो भने जुवातासले दिपावली सम्म ब्यापक रुपमा बिस्तार भई जाने स्थानिय अगुवाहरुले वताएका छन ।












