Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

 चिनी मिल सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन ः  मन्त्री यादव 

spot_img
spot_img

प्रणय साह
वीरगंज, १२ चैत .
वीरगंज स्थित बन्द चिनी मिल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव द्वारा स्थलगत अनुगमन गरेका छन् । करिव डेढ दशकदेखि बन्द तथा जिर्ण अवस्थामा रहेको वीरगज चिनी कारखानाको मंगलवार स्थलगत अनुगमन गरी सो विषयबारे जानकारी लिनुभयो ।
चिनी मिलका कारखानाका उपकरणहरु उपयोगविहीन अस्थामा रहेका कारण जीर्ण हुँदै गएकोेप्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्री यादवले पर्सा जिल्ला अदालत र उच्च अदालतको अस्थायी इजलासका लागि भवनलगायतका पूर्वाधार एकै स्थानमा निर्माण गर्दा न्यायसम्पादन प्रभावकारी हुने भएकाले त्यसकै लागि मन्त्री यादव सहित सर्वोच्च अदालतका न्यायाधीशकोे टोली जग्गा हेर्न आएको बताउनुभयो । अहिले कारखाना परिसरको काउन्टरमा उच्च अदालत जनकपुरकोे अस्थायी इजलास सञ्चालनमा रहेका छन् ।
चिनी मिल कारखानाको स्वामित्व रहेका जग्गामध्ये कित्ता नं ११३१ मा रहेको दश बिघा जग्गा अदालतको पूर्वाधार निर्माणका लागि उपयुक्त हुने कि नहुनेबारे काठमाडौँ फर्केपछि यस विषयमा थप छलफल गर्ने मन्त्री यादवले बताए ।
वीरगंज स्तिथ उच्च अदालत जनकपुर,वीरगंज इजलास भौतिक समस्या र समाधानका उपायहरुका लागी आनुगमनमा आउनु भएका टोलीमा मन्त्री यादवसहित सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की,मुख्य रजिस्ट्रार नृपध्वज निरौला,मुख्य न्यायाधीश हरिकुमार पोखरेल तथा उच्च अदालत अस्थायी इजलास वीरगजका मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायत रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...