Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

 चिनी मिल सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन ः  मन्त्री यादव 

spot_img
spot_img

प्रणय साह
वीरगंज, १२ चैत .
वीरगंज स्थित बन्द चिनी मिल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव द्वारा स्थलगत अनुगमन गरेका छन् । करिव डेढ दशकदेखि बन्द तथा जिर्ण अवस्थामा रहेको वीरगज चिनी कारखानाको मंगलवार स्थलगत अनुगमन गरी सो विषयबारे जानकारी लिनुभयो ।
चिनी मिलका कारखानाका उपकरणहरु उपयोगविहीन अस्थामा रहेका कारण जीर्ण हुँदै गएकोेप्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्री यादवले पर्सा जिल्ला अदालत र उच्च अदालतको अस्थायी इजलासका लागि भवनलगायतका पूर्वाधार एकै स्थानमा निर्माण गर्दा न्यायसम्पादन प्रभावकारी हुने भएकाले त्यसकै लागि मन्त्री यादव सहित सर्वोच्च अदालतका न्यायाधीशकोे टोली जग्गा हेर्न आएको बताउनुभयो । अहिले कारखाना परिसरको काउन्टरमा उच्च अदालत जनकपुरकोे अस्थायी इजलास सञ्चालनमा रहेका छन् ।
चिनी मिल कारखानाको स्वामित्व रहेका जग्गामध्ये कित्ता नं ११३१ मा रहेको दश बिघा जग्गा अदालतको पूर्वाधार निर्माणका लागि उपयुक्त हुने कि नहुनेबारे काठमाडौँ फर्केपछि यस विषयमा थप छलफल गर्ने मन्त्री यादवले बताए ।
वीरगंज स्तिथ उच्च अदालत जनकपुर,वीरगंज इजलास भौतिक समस्या र समाधानका उपायहरुका लागी आनुगमनमा आउनु भएका टोलीमा मन्त्री यादवसहित सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की,मुख्य रजिस्ट्रार नृपध्वज निरौला,मुख्य न्यायाधीश हरिकुमार पोखरेल तथा उच्च अदालत अस्थायी इजलास वीरगजका मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायत रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...