Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

विप्लव समुहका भोजपुरा प्रदेश प्रमुख पक्राउ परेको २ दिन पछि पर्सा प्रहरीले गर्यो सार्वजनिक

spot_img
spot_img

वीरगंज, १३ चैत ।
नेकपा (विप्लव) समुहका भोजपुरा प्रदेश प्रमुख वीरगञ्जबाट पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका १९, वर्वाटोल घर भएका विगा प्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको हो । सोमबार साँझ ९ बजे उनलाई वर्वा गाउँस्थित सडकबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौरसियाबिरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । ने.क.पा. (विप्लव) समुहका पर्सा इन्चार्ज समेत रहेका चौरसियालाई मंगलबार अदालत पेश गरि ७ दिनको म्याद समेत थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले पर्साबाट पक्राउ गरेको विप्लव नेतृत्वको तीन जना नेता कार्यकर्ताहरु अहिले कारागारमा छन् । सरकारले ने.क.पा. (विप्लव) माथी प्रतिबन्ध लगाएका कारण पक्राउ गरिएको बुझिएको छ भने नेकपा (विप्लव) समुहका कार्यकर्ताहरुले विभिन्न संघ/संस्थाहरु तथा सर्व साधारणहरुबाट चन्दा माग गर्दै डर त्रास देखाई सार्वजनिक शान्ति भंग गर्दै हिडेको भन्नेको विशेष सुचनाको आधारमा नेता चौरसियालाई पक्राउ गरिएको उनलाई आज सार्वजनिक गर्दै पर्सा प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...