Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026
Home Blog Page 1145

नारायणी उपक्षेत्रीय अस्पतालमा डाइटिसियन नियुक्त

0

वीरगंजमा,२५ असोज ।
वीरगंजमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालले डाइटिसियन (पोषणविज्ञ) नियुक्त गरेका छन् । अस्पतालमा डाइटिसियन अनिवार्य भए पनि भने विगतमा डाइटिसियन नहुँदा अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रोग अनुसार को खाना खाने, कसरी खाने भन्ने बारेमा आवश्यक सुझाव दिन असहज रहेको थियो । बिरामीको स्वास्थ्यलाई सहज पार्न सन्तुलित आहार महत्वपूर्ण रहने भएकाले अस्पतालले डाइटिसियन नियुक्त गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इमामुल हकले जानकारी दिनुभयो ।

अस्पतालले निशा सिंहलाई एक महिनाअघि डाइटिसियनमा नियुक्त गरेको छ । विगतका दिनहरुमा सो पद खाली रहेका कारण हाल बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै डाइटिसियन नियुक्त गरिएको मेसु हकले बताए ।
सिंहले भिमराव अम्बेडकर विश्वविद्यालयबाट डाइटिसियन सम्बन्धी ३ वर्षे ग्राजुएसन कोर्स गर्नुको साथैं दिल्लीमा रहेको म्याक्स सुपर स्पेसालिटी हस्पिटलमा केही समय सम सेवा समेत गर्नुभए छ ।

डाइटिसियन निशा सिंह औषधि सेवनले भन्दा सन्तुलित भोजनले मानिसको स्वास्थ्य सबल र अस्पतालमा उपचारका लागि आउनेमध्ये विशेषगरी मिर्गौलाको डाइलायसिस गरिरहेका बिरामी, मुटु तथा महुमेहका रोगीहरु, कुपोषणमा परेका बालबालिका तथा गर्भवती महिला बढी लाभान्वित भएको बताउनुभयो । अहिले सिंहको दैनिकी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई खाना कसरी खाने, कुन समयमा कुन खाना खाने, कति परिमाणमा खाना खाने भनेर सुझाव दिँदैमा बित्ने गरेको छ ।
बिरामीहरु पनि आफूले दिएको सल्लाह बमोजिम सन्तुलित आहार सेवन गर्न लागेको र यसले नियमित रुपमा डाइलायसिस गर्न आउने बिरामीमा सकारात्मक प्रभावसमेत देखिएको जनकारी दिनुभयो ।

सन्तुलित भोजनको बारेमा जानकारी नहुँदा मान्छेहरु जथाभावी खाना खाने गर्छन । जथाभावी रुपमा खाने खानाले मानव स्वास्थ्यमा नराम्रो असर पर्ने तथा स्वस्थ हुनका लागी तन्दुरुस्त हुन सन्तुलित खाना सबैले खानुपर्ने सिंहले बताउनुभयो ।

अबैध रुपमा उत्पादित घरेलु मदिरा नष्ट

0

वीरगंज, २४ असोज ।
पर्साको ठोरीमा अबैध रुपमा संचालनमा रहेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । ठोरी गाउँपालिकाको वडा नं. १, दिपकनगर, भगवाननगर, गौतमनगर स्थित अबैध रुपमा संचालनमा रहेको मदिरा भट्टीमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

भट्टीमा उत्पादन गरिएको तयारी मदिरा आन्दजी ३ सय लिटर र कच्चा पदार्थ अन्दाजी २ हजार लिटर र भाडाकुडा समेत बरामद स्थानिय भद्र भलादमी तथा बुद्धिजिबीहरुको रोहबारमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

अबैध रुपमा मदिरा उत्पादन बिक्री वितरणलाई समेत नियन्त्रण गर्नको लागि इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले मदिरा नष्ट गरेको हो ।

स्थानीय तहको भ्रष्टाचारको उजुरी डरलाग्दो :अख्तियार प्रमुख घिमिरे

0

पोखरा, २४ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले स्थानीय तहको भ्रष्टाचारको उजुरी डरलाग्दो भएको बताएका छन्। बुधबार अख्तियार पोखराको कार्यालय भवनको शिलान्यास गर्दै घिमिरेले यस्तो बताएका हुन् । ‘गाउँको एउटा किसानले गाउँमा कार्यरत एउटा कर्मचारीको आँखामा राज्यको उपस्थित खोज्छ, सरकारको प्रतिनिधि देख्छ,’ उनले भने ‘त्यो कर्मचारीले गाउँका किसान र नागरिकप्रति गर्ने व्‍यवहारले सरकारप्रतिको अनुभूति पनि निर्माण गर्छ। उसले अलिकति गल्ती गर्‍यो भने सरकारप्रतिको धारणा पनि परिवर्तन गर्छ।

नकरात्मक धारणा बनाउँछ। राम्रो ब्यवहार गर्‍यो, सेवा प्रवाहलाई चुस्त र छरितो गरिदियो भने सरकारलाई हेर्ने दृष्टिकोण पनि राम्रो नै हुन्छ । त्यसैले सरकारी कर्मचारीले चुस्त र दुरुस्त सेवा दिन हिच्किचाउन हुँदैन ।

स्थानीय तहको डरलाग्दो उजुरी आयोगमा स्थानीय तहमा हुने अनियमितताको उजुरी दिनप्रतिदिन बढेको भन्दै उनले चिन्ता गरे। उनले केही समय अघि मात्रै सातवटै प्रदेशमा स्थानीय तहका प्रतिनिधीलाई अन्तरक्रिया गरिसकेको विषय सम्झाउँदै भने ‘अहिले आयोगमा प्राप्त उजुरीको संख्या हेर्ने हो भने स्थानीय तहका उजुरीको संख्या डरलाग्दो भएर बढेर गएको छ।

यो विडम्बनापूर्ण कुरा हो। मैले जहाँजहाँ गए, सबै ठाउँमा स्पष्ट रुपमा भनेँ पनि।’ संक्रमणको नाममा भ्रष्टाचार गर्ने छुट छैन स्थानीय सरकारहरूले अहिले कानुन निर्माणको चरणमा रहेको संक्रमण अबस्थामा रहेको उनको भनाई छ। ‘स्थानीय सरकार कानुन निर्माणका चरणमा छन् ।

त्यस हिसाबले हेर्ने हो भने उहाँहरू संक्रमणको अवस्थामा पनि हुनुहुन्छ,’ उनले थपे ‘संक्रमणको नाममा भ्रष्टचार गर्ने, अनियमितता गर्ने छुट उहाँहरूलाई पनि छैन। आयोगले बढो नजिकबाट हेरेको छ। जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम गर्नुको उदेश्य पनि छ।

आयोगको अपेक्षा जानकारी दिने र अर्काे स्थानीय सरकारलाई नजिकबाट हेरिरहेको छ, हरेक क्रियाकलापको पछाडी आयोग छ है भन्ने अनुभूती होस भन्ने उदेश्य थियो। हामीले गरेको त्यो कार्यक्रम सकरात्मक भयो कि भएन भन्न उजुरीको अनुपात हेर्दा बढो बिडम्बना लाग्छ। पिडादायी लाग्छ।

पहिले शिक्षा क्षेत्रको उजुरीको संख्या बढि हुन्थ्यो अहिले स्थानीय तहको उजुरीको संख्या बढेको छ।’ जनता प्रत्यक्ष ठोकिने ठाउँमै भ्रष्टाचारको कुरा सुनिन थालेकोले यसलाई गम्भीर भएर सोच्न सबैलाई उनको आग्रह थियो। ‘स्थानीय तह जो जनतासँग प्रत्यक्ष जोडिन्छ उहाँहरूबाटै यस्ताखालका क्रियाकलापहरू आउँछ, भ्रष्टाचार बृद्धि भइराखे भने हाम्रो संघिय संरचनाले सफलता प्राप्त गर्छ या असफलता प्राप्त गर्छ त्यसको मूल्याङ्कन आगामी समयले गर्नेछ’ उनले भने।

प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारको सजगता चनाखोपूर्ण रूपमा हुनुपर्ने उनको भनाइ छ। भ्रष्टाचार निर्मूल गर्छु भन्नु निरर्थक हो अहिले हुने गरेको भ्रष्टाचारका घटनाहरू कसैले निर्मूल पार्नै नसक्ने उनको तर्क छ।

‘भ्रष्टाचार चुनौतीपूर्ण छ। भ्रष्टाचार निर्मूल गर्छु भनेर कसैले दाबी गर्छ भने त्यो त्यो निरर्थक दाबी मात्रै,’ उनले भने ‘यसलाई न्यूनीकरण कसरी गर्ने भन्ने सबै भन्दा महत्वपूर्ण कुरा हो। भ्रष्टाचार न्यूनिकरण आयोग एक्लैको सामथ्र्य हुने विषय पनि होइन। यसका लागि सञ्चार क्षेत्र, नागरिक समाज, नेपाल सरकारका सबै निकायको सामुहिक प्रयास हुनुपर्छ।

’ अहिलेको चुनौती सेवाको वरिपरि जनतालाई घिसारेर ल्याउनेकी जनताको ढोकामा सेवा पु¥याउने भन्ने रहेको उनको भनाइ छ। जनतालाई ढोकामा जबसम्म सेवालाई पुर्‍याउन सकिँदैन तबसम्म राज्य हुनुको सार्थकता राष्ट्रसेवक र हुनुको सार्थकता नरहने उनको भनाइ छ। टोपी हातमा लिएर भाग्ने दिन नआओस् कर्मचारीहरू हिजोकै जसरी सदरमुकाममा बसेर यथास्थितीमा रमाउने समय नरहेको उनको भनाई छ। ‘हाम्रो कर्मचारी संन्यत्र हिन्दैन ठेलिन्छ।

राष्ट्रसेवक मित्रहरू आफ्नो मूल्याङ्कन आफैँ गर्नुस्,’ उनले भने ‘यस्तो बिडाम्बनापूर्ण अबस्थामा जनता सहन सक्दैनन्। कुनै दिन जनता उठ्यो भने हामी टोपी हातमा लिएर भाग्नुको विकल्प पनि हुँदैन। भाग्ने अबस्था नआओस मेरो हार्दिक शुभकामना।’ आयोगले स्ट्रिङ अप्रेशन गर्दा मालोपोत, नापी कार्यालयहरू खाली नै हुने स्थिती आएको उनको भनाई छ। जिल्ला स्तरको एउटा कार्यालयबाटै १५ जना विरुद्ध मुद्‍दा दर्ता गरेको भन्दै यस्तो विडम्बनाको अन्त्य गर्न सबैलाई आग्रह गरे।

यस्तो किन र कसरी भएरहेको छ भन्ने प्रश्न राष्ट्रसेवक कर्मचारीहरूप्रति नै तेर्सीने उनको धारणा छ। दुईतिहाइको सरकार त्यसै सफल हुँदैन नेपाल सरकारलाई सहयोग र योगदान दिन आयोग तयार रहेको उनको भनाई छ। आयोगले राष्ट्रिय गौरवका आयोजनाहरू प्रगतीको अनुगमन गर्ने तयारी गरेको उनले जानकारी दिए।

‘दुई तिहाईको सरकार छ। यो तबसम्म सफल हुँदैन तब सम्म सार्वजनिक सेवा राम्रो हुँदैन,’ यो असफल हुने छुट सार्वजनिक सेवालाई पनि छैन। निजामतिलाई पनि छैन। सुरक्षा निकायलाई पनि छैन र आयोगलाई पनि छैन।’ उनले अख्तियार पोखराको कार्यालय भवन समयमै सम्पन्न गर्न निर्देशन पनि दिए। दुई वर्षमा सम्पन्न गर्नेगरी १४ करोड रुपैँयामा फेवाआशिष जेभी कम्पनीले कार्यालय निर्माणको जिम्मा पाएको छ।

मधेश तथा तराईका जिल्लामा दसैंको आगमनसँगै दुर्गा पूजा पनि सुरु

0

वीरगंज २४,असोज ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमासम्म मनाइने देश र वीदेश मा रहेका नेपालीहरुको महान् पर्व बडादशैँ बुधबार देखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । मधेश तथा तराईका जिल्लामा दसैंको आगमनसँगै दुर्गा पूजा पनि सुरु भएको छ । सहर, बजार, गाउँ घरमा दुर्गा पूजाको भव्य तयारी छ । आज मधेशका जिल्लामा दुर्गा मन्दिर तथा शक्तिपिठमा घटस्थापना गर्नुको साथै कलश राखिएको छ । गाउँका कन्याकुमारी तथा महिलाद्वारा नदीबाट चोखो जल घैंटामा भरेर नरिवल, आँपाको कलशसहितको घैंटा शक्तिपीठमा राखिएका छन् ।घटस्थापनाको अवसरमा आज बारा पर्साका विभिन्न शक्तिपिठ तथा दुर्गापुजा समितिहरुले आ आफनो नगरका विभिन्न स्थानमा भव्यका शाथ कलश यात्रा निकालैका छन् ।
वीरगंज स्थित गहवा माई मन्दिरमा दुर्गा पूजाको भव्य रुपमा आयोजना गरिएको छ भने बारा जिल्लाको परवानीपुर गाँउपालिका वाड नं ३ मा भएको कलश यात्रमा पब्लिक श्रोता क्लब बाट कलश यात्रमा लागेका भक्तजनहरु लाई चिसो पानि तथा सरबत वितरण गरीएको थियो ।से कार्यको योजनकार पब्लिक श्रोताका अध्यक्ष बलराम सरार्फ,क्रिष्ण सरार्फ,सबेश यादव तथा पत्रकार प्रेम यादव रहेका थिए ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

पहमा मैनपुर गाउँपालिकाको पोखरियामा नाच हेर्नेहरुको भिड

0

पकहा मैनपुर गाउँपालिको वडा नं. ५, गदियानी पोखरियामा जितिया पर्वको अवसरमा लागेको झन्डा मेलामा नाच हेर्नेहरुको भिड

प्रहरी दिवसको अपलक्ष्यमा बाराको जैतापुरमा रक्तदान कार्यक्रम

0

वीरगंज, २३ असोज ।
६३ औं प्रहरी दिवस २०७५ को अपलक्ष्यमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जितपुर सिमरा उपमहानगपालिकाको वडा नं. १७ स्थित रहेको प्रहरी चौकी जैतापुरमा भएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।

जिल्ला प्रहरी कार्यालय बारा, सामुदायिक प्रहरी सेवा केन्द्र कलैयाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको थियो ।

कार्यक्रम बाराका प्रमुख जिल्ला अधिकारी गाणेश भट्टराई, प्रहरी उपरिक्षक मिरा चौधरी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष महमद सागिर, सचिव जंगबहादुर यादव, जितपुर सिमरा १७ का वडा अध्यक्ष नवराज खतिवडा, प्रहरी चौकी जैतापुरका प्रहरी सहायक निरिक्षक भरत सिलवाल लगायतकाको उपस्थिती रहेको थियो ।

बालबालिका फोहर ठाउँमा विवाहमा लगाइने बेहुलाको टोपी लगाएर रमाउदै

0
बाराको सोवर्ण गाउँपालिकाको एक टोलमा दलित समुदायका बालबालिका फोहर ठाउँमा विवाहमा लगाइने बेहुलाको टोपी लगाएर रमाउदै । तस्विर : प्रणय साह

कालिकामाई गाउँपालिका बिहिबार घेराउ गर्ने संघर्ष समितिको निर्णय

0

वीरगंज, २४ असोज ।
कालिकामाई गाउँपालिकाको वडा नं. २,  भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक विद्यालयलाई प्लस २ बनाउन गठन भएको संघर्ष समितिको बैठक आज सम्पन्न भएको छ । भेडिहारी बजारमा बसेको बैठकले भोली बिहिबार गाउँ कार्यपालिको कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाले श्री सुकई साह माध्यमिक विद्यालयलाई १० प्लस २ संचालनको लागि अनुमति नदिएकोले गाउँ कार्यपालिको कार्यालय घेराउ गर्ने निर्णय गरिएको संघर्ष समितिका अजय कुशवाहाले वताए । विद्यालयलाई प्लस २ बनाउन अनुमति दिन गाउँपालिकालाई मौखिक र लिखित रुपमा आग्रह गर्दा पनि अनुमति नदिएकोले दबाव स्वरुप गाउँ कार्यपालिको कार्यालय घेराउ गर्न निर्णय गरिएको कुशवाहाले वताए ।

बैठकले विद्यालयलाई प्लस २ बनाउन गाउँपालिकाको शिक्षा समितिले गाउँ कार्यापालिकालाई सिफारिस गरिसके पनि सम्बन्धीत वडा नं. २ को वडा अध्यक्षले सिफारिस नगरेका कारण सिफारिस गराउने जिम्मा वडा सदस्य रामजी साह कानुलाई दिएको छ ।

स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबको अगुवाईमा विद्यालयलाई प्लस २ बनाउन अन्तरक्रिया कार्यक्रम,  हस्ताक्षर अभियान संचालन गरिएको थियो । यस्तै गाउँपालिकालाई ज्ञापन पत्र बुझाइए पनि विद्यालय प्लस २ संचालनको लागि अनुमति पाउन सकेको छैन ।

२ महना देखी विद्यालयलाई प्लस २ बनाउन विभिन्न किसिमको दबावको कार्यक्रम हुदै आएको छ ।  गाउँपालिको वोर्डको बैठक बसे पनि विद्यालयलाई प्लस २ बनाउन चुनावी घोषणा पत्रमा समेत प्रतिवद्धता जनाएका गाउँपालिका अध्यक्षका कारण अनुमति दिन निर्णय हुन नसकेको गाउँ कार्यपालिका स्रोतले जनाएको छ ।

बैठकमा ब्रिलिएन्ट युवा क्लबका कार्यक्रम प्रमुख छठु साह,  स्थानिय अगुवा जमुना चौरसिया,  लालबाबु चौरसिया,  रामाधार साह तेली,  राधाकिशुन प्रसाद चौरसिया,  सुबाष कुशवाहा लगायतकाको उपस्थिती रहेको थियो ।

जगदम्बा स्टिल उद्योगमा विस्फोट, ५ मजदुर घाइते

0

सिमरा, २४ असोज ।

बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ जना भारतीय मजदुर घाइते भएका छन् ।

कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक पड्केको फलामको टुक्राले लागेर उनीहरु घाइते भएको ईलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।

घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह घाइते छन् ।

घाइतेमध्ये कमलेश, नरेश, सन्दीप र पञ्कज कुमारको अवस्था गम्भीर छ । उनीहरुको अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पर्साको पटेर्वासुगौलीबाट स्वचलित पेस्तोल र म्यागजिन सहित एक जना पक्राउ

0

वीरगंज, २४ असोज ।
पर्साको पटेर्वासुगौलीबाट स्वचलित पेस्तोल सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिकाको वडा नं. १ बस्ने जुरजोधन हजाराको छोरा अन्दाजी बर्ष २५ को मनोज पासवान रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको सादापोशाक प्रहरी टोलीले मंगलबार दिउसो ४ बजे पासवानलाई मेड इन युएसए लेखिएको एक थान स्वचालित पेस्तवल र एक थान खालि म्यागजिन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नजिकदै गरेको चाडपर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना अनुसार खटिएको प्रहरीले पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. ४, फरदवा भुलवाही खोलाको बगरमा चेकजांच गर्ने क्रममा संकास्पद तवरले सुगौली गाउँ देखी निचुटा तर्फ पैदल हिडिरहेको देखि निजलाई रोकी शरिर खानतलासी गर्दा निजको साथबाट लुकाईछिपाई बोकी ल्याएको अवस्थामा पेस्तोल बरामद भए पछि नियन्त्रणमा लिई अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।