Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पटेर्वा सुगौलीमा एक महिने व्युटिसियन तालिम सुरु

spot_img
spot_img

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा सोमबार देखी एक महिने व्युटिसियन तालिम सुरु भएको छ । तालिमको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले गाउँपालिका महिला, पुरुष बिचको भिन्ता अन्त गर्न चाहेको वताए । त्यसको लागि महिलाहरुले आत्म निर्भर हुन जरुरी रहेको वताउदै अध्यक्ष चौधरीले त्यसैले गाउँपालिकाले महिलाहरुको लागि सिप मुलक व्युटिसियन तालिम संचालन गरेको वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेको अध्यक्ष चौधरीले तालिमबाट सिप सिखेर महिलाहरु आयआर्जन गर्दै आत्म निर्भर बनने वताए । गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले सिपले महिलाको पहिचान स्थापित गर्ने वताइन । महिलाहरु घरमा मात्र सिमित नभई तालिमबाट सिप सिखी आर्थिक विकास गरी गर्नु पर्नेमा उनको जोड थियो । गाउँपालिका भित्र रहेका बेरोजगार नागरिकहरुलाई व्यवस्थापन गर्न पनि सिप मुलक तालिम संचालन गरिएको उनले वताइन । कार्यक्रमकी बिशिष्ट अतिथी समेत रहेकी उपाध्यक्ष महतोले महिला संग सिप भए अपहेलित नहुने समेत वताइन ।

आयोजक संस्थाका अध्यक्ष एवं गैसस महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको उदघाटन समारोहमा वडाध्यक्ष फरमान मियाँ अंसारी, मोतिलाल साह, राजेशवर महतो, समाजिक विकास शाखा प्रमुख राज कुमार महतो लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रको संचालन ब्रिलिएन्ट युवा क्लबका कार्य समिति सदस्य समेत रहेका पत्रकार शम्भु कुमार सुमनले गरेका थिए भने स्वागत मन्तव्य समाजिक परिचालिका बिन्दा गैरोले गरेकी थिइन ।

गाउँपालिका अन्तर्गतका सबै वडाका २५ जना सहभागिता रहेको तालिममा विना दहाल र निलम कुमारीले प्रशिक्षण दिइरहेका छन । पटेर्वा सुगौली गाउँपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको आयोजनामा श्री ने.रा.मा.वि. सुगौलीमा सिप मुलक व्युटिसियन तालिम सुरु भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...