Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

वीरगंज महानगरको लामखुट्टे र धुलो नियन्त्रण गर्न नेवि संघ, पर्साको मांग

spot_img
spot_img

वीरगंज, १३ चैत ।
नेपाल विद्यार्थी (नेवि) संघ, पर्साले आज वीरगंज महानगरपालिकालाई लामखुट्टे नियन्त्रण गर्ने लगायतको मांग गर्दै ज्ञापन पत्र बुझाएको छ । नेवि संघ पर्साका अध्यक्ष विश्वास रंजन द्विवेदीको नेतृत्वमा महानगर कार्यपालिकाको कार्यालय, वीरगंज पुगेका नेवि संघका नेता तथा कार्यकर्ताहरुले उप मेयर शान्ति कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन ।

प्रदेश नं. २ का एक मात्र वीरगंज महानगरपालिका लामखुट्टे आंतक ग्रस्त भएका कारण चन्दै गरेको एस.ई.ई परिक्षार्थी समेतलाई असर पारेकोले यथासिघ्र नियन्त्रण गर्नु पर्ने नेवि संघले मांग गरेको छ । यसका साथै वीरगंज महानगरपालिकामा भइरहेको सडक निर्माण कार्य यथा सिघ्र सम्पन्न गराउन र धुलो नियन्त्रणको लागि नियमित रुपमा दिनमा दुई पटक पानी छर्ने व्यवस्था महानगरलाई गर्न आग्रह गरेको छ ।

ज्ञापन पत्र मार्फत नेवि संघले महानगरपालिकाले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरेर लामखुट्टे तथा धुलो नियन्त्रण अपिल गर्दै यो काम यथा सिघ्र नभए नभए नेवि संघ पर्साले कुनै पनि कदम चाल्न पछि नहटने अवगत समेत गराएको छ । ज्ञापन पज्ञ बुझदै उप मेयर कार्कीले बिहिबार देखी तत्काल लामखुट्टेको औषधी छर्न निर्देशन दिनु भएको नेवि संघ पर्साका अध्यक्ष द्विवेदीले वताए ।

ज्ञापन पत्र बुझाउन महानगर पुगेको समुहमा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल, बद्रीनाथ तिवारी, विदार्थी नेता बिकेश पटेल, रुद्र हल्दर, विवेक गुप्ता, अब्दुल कयुम, मन्जिव मिश्रा, बिकास पटेल, रन्जन चौरसिया, बिकास मण्डल, ओमेशवर साह लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...