Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

स्थानिय तहको योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

वीरगंज, १२ चैत ।
लैंगिक समानता तथा समावेशी विकासका लागि स्थानिय तहको योजना तर्जुमा सम्बन्धि एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा नेपाल ग्रामिण पुननिर्माण संस्थाद्वारा चाईलड नेपाल र संरक्षणको सहकार्यक्रम संचालित किशोरी संवाद कार्यक्रम अन्तर्गत कार्यक्रम भएको थियो ।

वडाध्यक्ष अमानत अंसारीको अध्यक्षतामा र वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ३० का सचिव नवराज थापा, वडा नं. ३१ की सचिव सोनम खड्का, स्वास्थ्य चौकी लालपर्साका प्रमुख अनिशकान्त कुशवाहा, स्वास्थ्य चौकी भेडियाहीका प्रमुख जाइद हुसेन लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको उदेश्य तथा सहजिकरण किशोरी सम्वाद कार्यक्रमकी संयोजक भागवती शर्मा भण्डारीले गरेकी थिइन भने स्वागत मन्तव्य सम्वाद अधिकृत प्रकाश पाण्डेले राखेका थिए । वीरगंज महानगरपालिकाको वडा नं. ३०, लालपर्साको वडा कार्यालयमा भएको कार्यक्रमको संचालन किशोरी सम्वाद कार्यक्रमका सपरभाईजर सुनेशवर साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...