Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

स्थानिय तहको योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

वीरगंज, १२ चैत ।
लैंगिक समानता तथा समावेशी विकासका लागि स्थानिय तहको योजना तर्जुमा सम्बन्धि एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा नेपाल ग्रामिण पुननिर्माण संस्थाद्वारा चाईलड नेपाल र संरक्षणको सहकार्यक्रम संचालित किशोरी संवाद कार्यक्रम अन्तर्गत कार्यक्रम भएको थियो ।

वडाध्यक्ष अमानत अंसारीको अध्यक्षतामा र वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ३० का सचिव नवराज थापा, वडा नं. ३१ की सचिव सोनम खड्का, स्वास्थ्य चौकी लालपर्साका प्रमुख अनिशकान्त कुशवाहा, स्वास्थ्य चौकी भेडियाहीका प्रमुख जाइद हुसेन लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको उदेश्य तथा सहजिकरण किशोरी सम्वाद कार्यक्रमकी संयोजक भागवती शर्मा भण्डारीले गरेकी थिइन भने स्वागत मन्तव्य सम्वाद अधिकृत प्रकाश पाण्डेले राखेका थिए । वीरगंज महानगरपालिकाको वडा नं. ३०, लालपर्साको वडा कार्यालयमा भएको कार्यक्रमको संचालन किशोरी सम्वाद कार्यक्रमका सपरभाईजर सुनेशवर साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...