राजन कुमार बानिया ।
पाेखरिया, ३१ असाेज ।
भारतको सिमावर्ती पुरैनिया गाउँको नजिक बाट सिकटा एसएसबी का जवानहरुले मोटरसाइकल चेक जाँचको क्रम मा चार केजी चरस सहित एक जनालाई पक्राउ गरेको छ।
एसएसबीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बिहार सिकटा थाना क्षेत्रको शिकारपुर गाउँ निवासी रामबाबु प्रसादको ३०वर्षिय छोरा चन्दन कुमार रहेका छन । निजलाई भारतिय नं. बि अार २२ ए ४४७९ मोटरसाइकल र चरस सहित पक्राउ गरिएको भारतिय एस.एस.बि.ले जनाएको छ ।
चन्दन कुमारले पटेर्वासुगौली गाउँबाट मोटरसाइकलमा चार केजी चरस सेटिंग गरी लक्षमीपुर सबैठवा नाका भएर भारत तर्फ लगि रहेको अवस्थामा सोमबार रातीमा एसएसबीका कमाण्डर सुमित कुमारको नेतृत्वमा रहेको टोलीले चेकजाच गरेपछी सो मोटरसाइकलमा रहेको चरस पक्रउ गरेकोको हो ।
मोटर साईकल पछाडि बसेका एकजना एसएसबी जवान लाई हेरी नेपाल तरफ भागन सफल भएको र पक्राउ परेका मान्छे, चरस र मोबाइललाई अावश्यक कार्वाहीको लागि सिकटा थानामा बुझाएको पंटोका एसएसबी कमाण्डेड पिर्यबर्थ शर्माले बताए ।












जनकपुर असहाय मंचका अध्यक्ष तथा बरिष्ठ समाजसेवी बैधनाथ साह र सामाजिक अभियान्ता प्रकाश थारुको पहलमा संघले सहयोग गरेको ह्युल चेयर पटेलको घर मै पुगी हस्ताक्षरण गरिएको हो । स्थानिय ज्ञानालाल राउत, कृष्ण पटेल, कलाकार अजमत अली र पत्रकार विपिन साहको उपस्थितीमा सामाजिक अभियान्ता थारुले घाइते पटेलाई ह्युल चेयर हस्तान्तरण गर्नु भयो ।





