Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पर्सामा एक दर्जन भन्दा बढी स्वास्थ्य संस्थाको भवन निर्माण अधुरो

spot_img
spot_img

वीरगञ्ज, १४ चैत ।

पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा रहेको एक स्वास्थ्य चौकीको भवन ८ बर्षमा पनि निर्माण हुन सकेको छैन । भेडिहारी स्वास्थ्य चौकीलाई स्तोरोन्नती गरी स्वास्थ्य चौकी भवन निर्माण हाल अलपत्र रहेको छ । २०६८ असार १७ गते भवन निर्माण गर्न जिम्मा स्वस्तिक श्री विनायक कन्स्ट्रक्सनले लिएको थियो ।

सघन शहरी तथा भवन निर्माण आयोजना, पर्साले स्वस्तिक श्री विनायक निर्माण कम्पनी संग भवन निर्माण गर्न गरेको समझौता अनुसार भवन निर्माण कार्य २०६९ फागुन १६ गते सम्पन्न गर्नु पर्ने थियो । तर हाल सम्म भवन निर्माण कार्य सम्पन्न हुन सकेको छैन । सुरुमा सम्झौता अवधि एक बर्ष २ महिना भए पनि त्यस पछि ६ महिला म्याद थप गरिएको थियो ।

सम्झौताको म्याद सके पनि त्यस पछि ना त निर्माण कम्पनीको म्याद थप भएको छ ना त ठेक्का नै रद भएको छ । सम्झौताको ६ बर्ष बितिसकेको छ । निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरे समझौता रद लगायत कर्वाही गर्न भवन निर्माण कम्पनीलाई अधिकार हुदा पनि केही गर्न सकेको छैन । निर्माण कम्पनीले काम सुरु गरेको बर्ष नै गरेको भवन निर्माणको कार्य २५ मात्र भएको छ ।

भवन निर्माण नहुदा भेडिहारी स्वास्थ्य चौकी एउटा कोठामा हाल संचालन भइरहेको छ । कोठा अभावका कारण स्वास्थ्य संस्थाको चिकित्सक र कर्मचारी बस्ने पनि प्रयाप्त ठाउँ छैन तर पनि सम्बन्धित निकायको धयान पुग्न सकेको छैन । भवन निर्माण नहुदा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर पनि संचालन हुन सकेको छैन ।

पर्सामा विगत लामो समय देखी अलपत्र रहेका स्वास्थ्य चौकीहरुको भवन निर्माणको तथ्यांक लिन सघन शहरी तथा भवन निर्माण कार्यालय, पर्सामा पांच पटक सम्म पुग्दा पनि उपलब्ध हुन सकेन । सुरुको दिन कार्यालयको सुचना अधिकारी समक्ष पुग्दा अक्रो दिन आउनुस आज योजना संग सम्बन्धित व्यक्ति हुनु सुनि फर्कियो ।

त्यसको एक सत्ता पछि पुग्दा कार्यालयमा सुचना अधिकारी नै भेटनु भएन, फोनमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । त्यसको १५ दिन पछि पुनः भवन निर्माण कार्यालय पुग्दा सुचना अधिकारीले आयोजना प्रमुख संग सम्पर्क गर्न भने । आयोजना प्रमुख राजेन्द्र खतिवडा समक्ष पुग्दा उनले मौखिक योजनाको अवस्थाको बारेमा वताए ।

लिखित तथ्यांकीय रुपमा सुचना उपलब्ध गराउन भन्दा मलाई समय दिनुस पछि आउनुस भनेर उनले पनि त्यो दिन फर्काए । कहिले आउ सर सोधदा आइतबार आउनुस भनेर त्यस दिन पुग्गदा प्रमुख सर कार्यालयमा भेटनु भएन । कार्यालयका अन्य कर्मचारीहरु संग प्रमुख सरको नम्बर मांग्दा पनि उपलब्ध गराएन र सुचना अधिकारी पनि कार्यालयमा भेटिएनन ।

त्यसको एक सत्ता पछि पुन भवन निर्माण कार्यालय पुग्दा सुचना अधिकारी र आयोजना प्रमुख संग भेट नभए पछि पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई समक्ष गुनासो गर्न पुगियो ।

अधिकारी भट्टराईले उपलब्ध गराएको तथ्यांक अनुसार पर्सामा भेडिहारी जस्तै १३ वटा स्वास्थ्य संस्थाहरुको भवन निर्माण अधुरा रहेको छ । सम्झौताको लामो समय बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

अधिकारी भट्टराई मार्फत उपलब्ध भएको शघन सहरी तथा भवन निर्माणको तथ्यांक अनुसार औंराहा, लालपर्सा, सुपौली, जितपुर सिमिरा, पटेर्वा सुगौली, शंकर सरैया र देउरवाना स्वास्थ्य चौकीको भवन निर्माण अधुरो रहेको छ ।

यस्तै भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्र, पोखरिया अस्पताल, निचुटा स्वास्थ्य चौकीमा निर्माण गर्नु पर्ने परिवार स्टाफ क्वार्टर भवन निर्माण पनि अधुरो रहेको छ ।

अन्य जिल्ला जस्तै पर्सामा पनि निर्माण कम्पनीहरुको लपर्वाहीका कारण धेरै आयोजनाहरु अधुरो रहेको अधिकारी भट्टाराईले वताए । केही दिन अगाडी मात्र अधुरा आयोजनाहरुको सम्बन्धमा पर्साका सरोकारवालाहरुको बैठक बसी छलफल गर्दा सहमती भए अनुसार निर्माण कार्य समय आयोजनाको काम सम्पन्न नगरेका निर्माण कम्पनीहरुलाई कर्वाही गरिने वताए ।

नयाँ मुलकी एन अनुसार समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुलाई समझौता रद गर्ने, कालो सुचीमा राख्ने जस्ता कर्वाही गरिने उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...