Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

पर्सामा एक दर्जन भन्दा बढी स्वास्थ्य संस्थाको भवन निर्माण अधुरो

वीरगञ्ज, १४ चैत ।

- Advertisement -

पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा रहेको एक स्वास्थ्य चौकीको भवन ८ बर्षमा पनि निर्माण हुन सकेको छैन । भेडिहारी स्वास्थ्य चौकीलाई स्तोरोन्नती गरी स्वास्थ्य चौकी भवन निर्माण हाल अलपत्र रहेको छ । २०६८ असार १७ गते भवन निर्माण गर्न जिम्मा स्वस्तिक श्री विनायक कन्स्ट्रक्सनले लिएको थियो ।

सघन शहरी तथा भवन निर्माण आयोजना, पर्साले स्वस्तिक श्री विनायक निर्माण कम्पनी संग भवन निर्माण गर्न गरेको समझौता अनुसार भवन निर्माण कार्य २०६९ फागुन १६ गते सम्पन्न गर्नु पर्ने थियो । तर हाल सम्म भवन निर्माण कार्य सम्पन्न हुन सकेको छैन । सुरुमा सम्झौता अवधि एक बर्ष २ महिना भए पनि त्यस पछि ६ महिला म्याद थप गरिएको थियो ।

सम्झौताको म्याद सके पनि त्यस पछि ना त निर्माण कम्पनीको म्याद थप भएको छ ना त ठेक्का नै रद भएको छ । सम्झौताको ६ बर्ष बितिसकेको छ । निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरे समझौता रद लगायत कर्वाही गर्न भवन निर्माण कम्पनीलाई अधिकार हुदा पनि केही गर्न सकेको छैन । निर्माण कम्पनीले काम सुरु गरेको बर्ष नै गरेको भवन निर्माणको कार्य २५ मात्र भएको छ ।

भवन निर्माण नहुदा भेडिहारी स्वास्थ्य चौकी एउटा कोठामा हाल संचालन भइरहेको छ । कोठा अभावका कारण स्वास्थ्य संस्थाको चिकित्सक र कर्मचारी बस्ने पनि प्रयाप्त ठाउँ छैन तर पनि सम्बन्धित निकायको धयान पुग्न सकेको छैन । भवन निर्माण नहुदा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर पनि संचालन हुन सकेको छैन ।

पर्सामा विगत लामो समय देखी अलपत्र रहेका स्वास्थ्य चौकीहरुको भवन निर्माणको तथ्यांक लिन सघन शहरी तथा भवन निर्माण कार्यालय, पर्सामा पांच पटक सम्म पुग्दा पनि उपलब्ध हुन सकेन । सुरुको दिन कार्यालयको सुचना अधिकारी समक्ष पुग्दा अक्रो दिन आउनुस आज योजना संग सम्बन्धित व्यक्ति हुनु सुनि फर्कियो ।

त्यसको एक सत्ता पछि पुग्दा कार्यालयमा सुचना अधिकारी नै भेटनु भएन, फोनमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । त्यसको १५ दिन पछि पुनः भवन निर्माण कार्यालय पुग्दा सुचना अधिकारीले आयोजना प्रमुख संग सम्पर्क गर्न भने । आयोजना प्रमुख राजेन्द्र खतिवडा समक्ष पुग्दा उनले मौखिक योजनाको अवस्थाको बारेमा वताए ।

लिखित तथ्यांकीय रुपमा सुचना उपलब्ध गराउन भन्दा मलाई समय दिनुस पछि आउनुस भनेर उनले पनि त्यो दिन फर्काए । कहिले आउ सर सोधदा आइतबार आउनुस भनेर त्यस दिन पुग्गदा प्रमुख सर कार्यालयमा भेटनु भएन । कार्यालयका अन्य कर्मचारीहरु संग प्रमुख सरको नम्बर मांग्दा पनि उपलब्ध गराएन र सुचना अधिकारी पनि कार्यालयमा भेटिएनन ।

त्यसको एक सत्ता पछि पुन भवन निर्माण कार्यालय पुग्दा सुचना अधिकारी र आयोजना प्रमुख संग भेट नभए पछि पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई समक्ष गुनासो गर्न पुगियो ।

अधिकारी भट्टराईले उपलब्ध गराएको तथ्यांक अनुसार पर्सामा भेडिहारी जस्तै १३ वटा स्वास्थ्य संस्थाहरुको भवन निर्माण अधुरा रहेको छ । सम्झौताको लामो समय बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

अधिकारी भट्टराई मार्फत उपलब्ध भएको शघन सहरी तथा भवन निर्माणको तथ्यांक अनुसार औंराहा, लालपर्सा, सुपौली, जितपुर सिमिरा, पटेर्वा सुगौली, शंकर सरैया र देउरवाना स्वास्थ्य चौकीको भवन निर्माण अधुरो रहेको छ ।

यस्तै भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्र, पोखरिया अस्पताल, निचुटा स्वास्थ्य चौकीमा निर्माण गर्नु पर्ने परिवार स्टाफ क्वार्टर भवन निर्माण पनि अधुरो रहेको छ ।

अन्य जिल्ला जस्तै पर्सामा पनि निर्माण कम्पनीहरुको लपर्वाहीका कारण धेरै आयोजनाहरु अधुरो रहेको अधिकारी भट्टाराईले वताए । केही दिन अगाडी मात्र अधुरा आयोजनाहरुको सम्बन्धमा पर्साका सरोकारवालाहरुको बैठक बसी छलफल गर्दा सहमती भए अनुसार निर्माण कार्य समय आयोजनाको काम सम्पन्न नगरेका निर्माण कम्पनीहरुलाई कर्वाही गरिने वताए ।

नयाँ मुलकी एन अनुसार समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुलाई समझौता रद गर्ने, कालो सुचीमा राख्ने जस्ता कर्वाही गरिने उनले वताए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...