Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Home Blog Page 1104

महोत्तरीको झाडा पखाला प्रभावित क्षेत्रमा मुख्यमन्त्री, मृतक परिवारलाई एक एक लाख क्षतिपूर्ति दिने घोषणा

जनकपुरधाम,  २२ असोज  ।

मुख्यमन्त्री लालबाबु राउतले दुई साता अघि महोत्तरीको जलेश्वर नपा १२ नैन्हीमै फैलिएका झाडा पखालाले मृत्यु भएको परिवारलाई एक एक लाख क्षतिपूर्ति दिइने घोषणा गर्नु भएको ।

झाडा पखाला प्रभावित क्षेत्रको निरीक्षण गर्न आज नैन्ही पुग्नु भएको मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा सहयोग गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मी र नगरपालिकाका पदाधिकारीहरुलाई धन्यवाद दिदै अगामी दिनमा यस्तो महामारी फैलिन नदिने रणनीति तयार गर्न नगरपालिकालाई आग्रह समेत गर्नु भयो । 

स्वच्छ खानेपानिको आभावमा झाडा पाखाला फैलिएको प्रतिवेदन आइ सकेको बताउनु हुँदै उहाँले स्वच्छ खाने पानिको लागि चापा कलको व्यवस्थापन प्रदेश सरकारले छिटै गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले स्वच्छ खानेपानिको लागि पुरै गाँउलाई पुग्ने ट्यांकी निर्माणको योजना बनाउन नगरपालिकालाई आग्रह गर्दै उहाँले त्यसमा आवश्यक सहयोग प्रदेश सरकार गर्न तैयार रहेको उहाँको कथन थियो । 

मुख्यमन्त्री राउतले अस्वच्छताका कारण यस्ता रोग हरु फैलिने गरेको उल्लेख गर्नु हुँदै सबैलाई आफनै घर बाट सरसफाईमा जुटन समेत आग्रह गर्नु भयो । 


प्रभावित क्षेत्र निरिक्षणको क्रममा जलेश्वर नपाको मेयर रामशंकर मिश्र, पूर्व मन्त्री हरिनारायण यादव, प्रदेश सभा सदस्य रानीशर्मा तिवारी, किरण कुमारी राय सहितको उपस्थिति रहेको थियो ।

बहुदरमाईको दोस्रो नगर सभा सम्पन्न, ५४ करोड ४२ लाख बराबरको अनुमानित आय प्रस्तुत

पर्सा, २२ असोज ।
पर्साको बहुदरमाई नगरपालिकाको दोस्रो नगर सभा आज सम्पन भएको छ । नगरपालिकाका मेयर नितेन्द्र साहको अध्यक्षतामा भएको नगर सभाले ५४ करोड ४२ लाख बराबारको अनुमानित आय प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७५/०७६ मा प्राप्तहुने वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, आन्तरिक आय तथा अन्य आय गरी कूल ५४ करोड ४२ लाख अनुमान गरिएको मेयर साहले वताए । आयलाई चालु तथा पूँजीगत शिर्षकमा वाँडफाँड गरी नगरपालिकाले लिएका मुख्य मुख्य नीति तथा योजनालाई बजेटले खामे सम्म समेट्ने प्रयास गरिएको साहले जानकारी गराए ।

बहुदरमाई नगरपािलकाको विकास र सम्बृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृर्षि र पुर्बाधार दोस्रो नगर सभाको नारा रहेको छ । आर्थिक बर्ष २०७५/०७६ लागी नगर सभाले शिक्षामा ११ करोड ६१ लख, कृर्षिमा ४७ लाख ३० हजार, पशुमा २८ लाख ७ हजार, वन तथा वातावरणमा २७ लाख ६ हजार, विपत ब्यवस्थापन आर्थिक सहयोग समेतमा २७ लाख, नगर क्षेत्रका सडक, सार्वजनिक सम्मपति मर्मत संम्भार ५५ लाख, खानेपानी सरसफाई ३७ लाख, धर्म संस्कृति, दिवस प्रर्बधन कार्यक्रम ४० लाख, स्वस्थ्य तर्फ ३ करोड ८५ लाख ६१ ह्जार, पुर्वाधार विकास कार्यक्रम २० करोड ५६ लाख ९७ हजार २ सय ४ रुपैया, प्रशासनिक खर्च (कर्मचारी र पद्याधिकारी समेत) ७ करोड २७ लाख, सामाजिक सुरक्षा भता वितरण ५ करोड १५ लाख, सामाजिक समावेशि विकास कार्यक्रम ३३ लाख ६१ हजार लगायतको बजेट पारित गरेको छ ।बजेट निर्माण गर्दा हामीले आर्थिक विकास तथा गरिवीनिवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक र छिटो प्रतिफल दिने, राजश्व परिचालनमा योगदान पुर्याउने, सेवाप्रवाह, संस्थागतविकास र सुशासनमा योगदान पुर्याउने, स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिताको अभिबृद्धि गर्ने, लैङ्गिक समानता, सामाजिक समावेशीकरणको अभिबृद्धि गर्ने, दीगो विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने, बहुदरमाई क्षेत्रकाकला र संस्कृतिको पहिचान र प्रबद्र्धन गर्ने, स्थानीय नागरिकको आवश्यकता र मागलाई सम्बोध नगर्ने, जनताको जीवन स्तरमा प्रत्यक्ष फाइदा हुने, आयआर्जन गर्न तथा रोजगारीमा बृद्धि हुने योजनाहरुलाई प्राथमिकता दिएको साहले वताए ।

तलबको मांग गर्दै कालिकामाईका शिक्षकहरु द्वारा गाउँ कार्यपालिकाको कार्यालय घेराउ

पर्सा, २२ असोज ।
तलब नपाएका शिक्षकहरु कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय आज घेराउ गरेका छन । गाउँपालिकाका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले तलब भताको माग गर्दै गाउँ कार्यपालिकाको कार्यालय मुडली घेराउ गरेका हुन ।

दशैं नजिकदै जादा पनि २०७५ साउन महिना देखी हाल सम्मका तलब नपाएका शिक्षकहरु आन्दोलित भएका हुन । बिगत केही दिन देखी पटक पटक गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई मौखिक तथा लिखित रुपमा तलब भताको माग गर्दै आएका शिक्षकहरु तलब नपाए पछि गाउँपालिकाका कार्यालय घेराउ गरेका हुन ।

यस अघि गाउँपालिका अन्तर्गतका १० वटा सामुदायिक बिधालयका सम्मपुर्ण प्रध्यनाध्यापकहरुले गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुश्वाहालाई तलब भताको मांग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

अध्यक्ष कुश्वाहाले असोज २१ गते, आइतबार सम्म तलबभता पठाउने वताए पनि तलब नपाएका कारण गाउँ कार्यपालिकाको कार्यालय घेराउ गरिएको प्रध्यानाध्यापक आबास मियाँले बताए ।

आन्दोलित शिक्षकहरु संग प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले असोज २५ गते सम्म तलब भता बिधालयको खातामा गई हाल्ने आश्वासन दिए पछि शिक्षकहरु हालको लागि आन्दोलन स्थगित गरेका छन । २५ गते सम्म पनि विद्यालयको खातामा तलब गएन भने फेरी २६ गते देखी कडा आन्दोलन गर्ने चेतावनी शिक्षकहरुले दिएका छन ।

२ महिला सहित १ सय ४ जनाले गरे रक्तदान

वीरगंज, २२ असोज ।
विर्तामाई संरक्षण समिति, वीरगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा  विर्ताले  आज संयुक्त रुपमा  आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिला सहित १ सय ४ जनाले रक्तदान गरेका छन ।

सानो पाइला द्वारा वीरगंजमा सञ्चालनमा रहेको सानो घरको डाएन बरोज सानो घरले नामाकरण

वीरगंज, २२ असोज ।

सानो पाइला द्वारा वीरगंजमा सञ्चालनमा रहेको सानो घरको डाएन बरोज सानो घरले नामाकरण गरिएको छ ।

वीरगंज महानगरपालिका विर्ता स्थित रहेको सानोघरको उपमेयर शान्ति कार्की, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया र वियोन्ड द ओरफान्ज फाउण्डेशनका सिईओ गियोफ हुकर लगायतले संयुक्त रुपमा नामाकरण गरेका हुन् ।

घरवार विहिन रहेका बालबालिकाहरुलाई सानो पाईलाले अस्ट्रेलियाको वियोन्ड द ओरफान्ज फाउण्डेशनको सहयोगमा सञ्चालित सानो घरलाई फाउण्डेशनका सदस्य स्वर्गिय डाएन बरोजको सम्झनामा नामाकरण गरिएको सानो पाइलाका जय साहले वताए  ।

सोना पाईलाका अध्यक्ष सुदिप लामाको सभापतित्वमा समपन्न कार्यक्रममा  वियोन्ड द ओरफान्ज फाउण्डेशन अस्ट्रेलियाका रे क्रिक,  केररी,  जोन यस्तै अमेरिकाका क्याथरेनी, रिचेल, सानो पाइलाका सिईओ कञ्चन झा,  सचिव सुष्मा तिवारी  लगायतको उपस्थिति रहेको थियो ।

हाल डाएन बरोज सानो घरमा १२ जना बालबालिकाहरु रहेका छन्  ।

नेकपा सचिवालय बैठक : स्थाायी समिति बैठक बोलाउने निर्णय

काठमाडौं , २२ असोज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थाायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । तर, बैठकको मिति भने तय भएको छैन ।

स्थायी कमिटी बैठकका एजेन्डा तय गर्नका लागि आगामी बुधार पनः सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ ।

सोमबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणका बारेमा जानकारी समेत गराएका थिए ।

म देश विखन्डनको पक्षमा छैन तर…..

म देश विखन्डनको पक्षमा छैन तर कसैले बिचार ब्यक्त गरेको आधारमा दमन, हत्या र अत्याचार गरेर राष्ट्रीय अखन्डता जोगाउन सकिन्छ भन्ने पक्षमा पनि छैन ।

नेपाल सरकारले डा. सि के राउत र उहाँका समर्थकहरुलाई हत्या, दमन, यातना दिएर यदि शान्ती कायम गर्न चाहन्छ भने त्यो उसको महाभूल हो ।

अाज १ जना सिके राउतलाई मार्छ भने भोलि हजारौ, लाखौं सिके राउत नेपालमा जन्मिन्छन, जसलाई नियन्त्रण गर्न असम्भव हुनेछ, त्यसकारण शान्ती कायम गर्न शान्तिपुर्ण समाधान नै चाहिन्छ, हिंसात्मक समाधान खोज्नु देशलाई भयंकर द्वन्दको आगोमा धकेल्नु हो ।

बरु त्यसको साटो मधेस मुद्दा सम्बोधन गरियो र प्रचलित विभेद हटाइयो भने मात्र स्थायी समाधान निस्कन सक्छ । नत्र “जबतक शोसित इन्सान रहेगा, धरती पर तूफान रहेगा ।”

कन्हैया चौरसिया
 बिरगंज, पर्सा
नेशनल ल क्लेज, काठमाडौं
(बि.ए.एलएल.बि 4th सेमेस्तर)

डाक्टर सिके राउत रौतहटको गाैरबाट फेरी पक्राउ

राैतहट, २१ असाेज ।

देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका डाक्टर सिके राउतलाई प्रहरीले रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको छ ।

अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीसँगै अन्य दुईजना पनि पक्राउ परेका छन् । उनका सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराजलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न आवाञ्च्छित गतिविधि गर्दै नाराबाजी गरेर अदालतबाट निस्केका राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध अदालतमा मुद्धा परेकाले उनी त्यही मुद्धाको तारेखमा अदालतमा उपस्थित भएका थिए । उनलाई देश द्रोहको मुद्धा चलाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय रौतहटका डीएसपी  महेन्द्रप्रसाद मरासयनीले जानकारी दिए ।

राउतलाई छुटाउन उनका समर्थक जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना समेत दिएका थिए । राउत केही दिनअघि स्वतन्त्र मधेशको नारा दिँदै प्रहरी अगाडि नै भाषण गरेर भूमिगत भएका थिए ।

गएको असोज ३ गते प्रशासनलाई चुनौती दिँदै सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा  संविधान दिवस विरोधी कार्यक्रम गरेका थिए ।

स्वतन्त्र मधेसको अभियानमा लागेका डाक्टर सिके राउत नेतृत्वको मधेस गठबन्धको पूर्व घोषित कार्यक्रमलाई असफल पार्न प्रहरीले दुई दिन अघिदेखि नै कार्यकर्तालाई धडपकड सुरु गरेको थियो ।

कडा सुरक्षाका बाबजूद मधेस गठबन्धनका सयौँ कार्यकर्ताले  जनकपुरमा प्रदर्शन गरेका थिए भने प्रहरीको विशेष खोजी सूचीमा रहेका गठबन्धका संयोजक सिके राउत रामानन्दचोकमा प्रहरी प्रशासनकै अगाडि कोणसभालाई झण्डै २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका थिए ।

राउतको त्यो अभिव्यक्ति असामान्य भएको र सरकारले राउतलार्इ पक्राउ नगरेको भन्दै सरकारको आलोचना भएको थियो । प्रहरीले पक्राउ गरेको राउतकाे साथमा उनकाे ४ वर्षिय छोरी पनि रहेको बताईएको छ ।