Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

भोजपुरी टाइम्सको पाचौं बार्षिकोत्सव सम्पन्न

spot_img
spot_img

वीरगन्ज । वीरगंजबाट प्रकाशित नेपालको एक मात्र भोजपुरी भाषामा प्रकाशित हुदै आएको भोजपुरी टाइम्स दैनिकको पाचौं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । पत्रिकाका प्रकाशक अजय चौरसियाको अध्यक्षतामा कलैया स्थित रहेको दास गेष्ट हाउसमा भएको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद महमद समिरले भोजपुरी भाषामा प्रकाशित भोजपुरी टाइम्सले हाम्रो पहिचान बढाएको वताए । पत्रिकाको प्रगतिको लागि सुभकामना दिदै सांसद समिरले पत्रिकाले भोजपुरी भाषको बिकास र जर्गेना हेतु पनि भुमिका खेलेको वताए ।

भोजपुरी भाषाको विकासको लागि प्रदेश सरकार गम्भीर नरहेको वताउदै सांसद समिरले संसदमा आफुले अवाज उठाउने समेत वताए । भाषाको बिकासको लागि प्रदेश सरकारको भुमिका महत्वपूर्ण हुनु पर्नेमा केही गर्न नसकेको उनको गुनासो थियो । रेडियो नेपालबाट प्रसारण हुदै आएको मैथली र भोजपुरी भाषाको कार्यक्रम बन्द गर्नु कार्य प्रति आपति जनाउदै उनले तत्काल संचालन गर्नु पर्ने माग समेत गरे ।

मुलुक संघियतामा गइसकेकोले झन कार्यक्रमको अवधी बढाउनु पर्ने बन्द गर्नु कार्य संघियता माथीको नै प्रहार भएको उनको कथन थियो । तत्काल कार्यक्रम संचालन गर्नुको साथै कार्यक्रमको अवधि बढाउनु पर्ने उनको माग थियो । नेकपा नेता समेत रहेका सांसद समिरले पत्रकारहरुले तिनै तहको सरकारको बिकास निर्माणको कार्यको अनुगमन गर्नु पर्ने वताए ।

उनले भने ‘पत्रकारहरुले तिनै तहको विकास निर्माणको कामको अनुगन गरी सहिको सहि र गलतको गलत बाहिर ल्याउनु पर्छ’ । हाल सम्मको बदलाव पत्रकारहरुको सहयोगले नै आएको बताउदै उनले पत्रकारको सहयोग विना समृद्धि असम्भव रहेको वताए ।

कार्यक्रमका बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले अहिले ठूलो पत्रिकाहरु भन्दा सानो पत्रिकाहरुले यर्थात सुचना प्रभाव गरेको वताए । ठूलो पत्रिकाहरु केन्द्रममा बढी केन्द्रित हुने गरेको वताउदै उनले सानो पत्रिकाहरुले स्थानिय स्तरको यार्थत सुचना सार्ने काम गरेको वताए । उनले हाम्रो समाजमा केही हिन्दी भाषाको सामन्तीहरु रहेका कारण भोजपुरी भाषा ओलझेलमा परेको वताए ।

भारतको लखनउबाट प्रकासित भोजपुरीया अमनका सम्पादक डा. जनाद्र्धन सिंहले भोजपुरी भाषामा प्रकासित पत्रपत्रिकाले भोजपुरिया सामाजलाई जोडन पनि काम गरेको वताए ।

बिश्व भोजपुरी परिषदका महासचिव डा. मनु रायले पत्रकारिता समाजको यर्थात चित्ररण गर्ने माध्य भएकोले भोजपुरी भाषाबाट प्रकासित पत्रिकाले भोजपुरी भाषाको बिकासमा भुमिका खेलेको वताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराका उप प्रमुख पवन व्याहुत, नेकपाका युवा नेता मुकेश साह, भोजपुरी समाज शिवान भारतका जिल्ला अध्यक्ष विकास कुशवाहा, नेपाल पत्रकार महासंघका प्रदेश नं. २ का सदस्य सिकेन्द्र पासवान, पर्साका सचिव युवराज खड्का, बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डे, गोपाल सेवा समिति बाराका अध्यक्ष जंग बहादुर यादव लगायतका मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य पत्रिकाका बारा प्रतिनिधि प्रभु यादवले गरेका थिए ।

कार्यक्रमका सहभागि तथा अतिथीहरुलाई पत्रिकाका सम्पादक श्रवण साहले स्वागत गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पत्रकारिता तर्फ बाराका बशिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठ, ग्रामिण पत्रकार रामेश्वर मेहता र भोजपुरी साहित्यकार रामप्रसाद साहलाई सम्मान गरिएको थियो ।

पत्रिकाको बार्षिकोत्सवको अवसरमा पत्रिका संग आवद्ध व्यक्तिहरुलाई कदर पत्र समेत प्र्रदान गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...