Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026
Home Blog Page 1105

पेट्रोल र डिजेलको मूल्य बढयो, ग्यासको घटयो

0
gas_kalikatimes

काठमाडौं । नेपाल आयल निगमले  पेट्रोल तथा डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोल लिटरमा १ रुपैयाँ महंगिँदा डिजेल र मटितेलको मूल्य ५० पैसा मात्रै बढेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ ।

हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

निगमले गत वर्ष ग्यासमा करिब ६ अर्व नोक्सानी व्यहोरेको थियो । ‘यसैको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने,’ मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रतिलिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुने अवस्था रहन्छ ।’ अनलाइन खबरबाट

वीरगन्जमा दुई पक्ष बिच विवाद हुदा गोली चल्यो

0
goli chalyo_kalikatimes

वीरगन्ज । पर्खाल निर्माणको विषयमा विवाद हुँदा वीरगन्ज महानगरपालिकाको वडा नं. १८ भवानीपुरमा मङ्गलबार गोली चलेको छ । स्थानीय मोहन साहले टयाक्टर राख्ने पक्की टहरा बनाउने क्रममा छिमेकी वृजेश कुमार पटेल संग विवाद हुदा गोली चलेको हो । साहले सडकमै टहरा बनाउन लागेको भन्दै पटेलले अवरोध गर्न खोजेपछि विवाद भएको थियो । विवाद चर्केपछि मोहन साहका छोरा कुन्दन साहले गोली चलाएका हुन् ।

पटेल र साहबीच झगडा हुँदा साहका छोरा कुन्दनलले घरमा राखेको इजाजत प्राप्त १२ बोरको बन्दुक निकालेर गोली चलाएको प्रहरीले जनाएको छ । गोली चले पनि मानवीय क्षति भने नभएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए । गोली चलाउने कुन्दन र उनका बुबा मोहन साहलाई प्रहरीले पक्राउ गरिसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

घटनास्थलबाट प्रहरीले फायर भएको १ राउण्ड कार्टिज (गोलीको खोका) फेला पारेको छ । गोली चलेको खबर पाएलगत्तै घटना स्थलमा प्रहरी पुगेको थियो । प्रहरीले मोहन साहको घरमा खानतलासी गर्दा एउटा १२ बोर बन्दुक र त्यसमा लाग्ने ४ राउण्ड गोली पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

नेपाल सरकार नै श्रिसिया बासीलाई आर्थिक नाकाबन्दी लगायो : सांसद यादव

0
pradip yadav_kalikatimes

काठमाडौँ  / वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सियाको घर जग्गा रोक्का राखेर मधेशी भएकै कारण सुकुम्वासी बनाउन खोजेको सांसद प्रदिप यादवले आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले २ वर्षदेखी घर जग्गा रोका राखेर अधिग्रहणको नाममा मधेशी भएकै कारण उठिबास लगाउन खोजको आरोप लगाएका हुन् ।

मधेसी भएकै कारण विना क्षतिपुर्ति घर, घडेरी, जग्गा सबै रोक लगाएका कारण स्थानीय कुनैपनी व्यापार व्यवसाय वा छोरी बेटीको विवाहका लागी समेत ऋण लिन नसक्ने अवस्थामा बनाएको प्रति सांसद यादवले दुःख व्यक्त गरेका थए ।

बिना कुनै ठोस कदम उठाई ६२ बिघा भन्दा बढी जह्गा अधिग्रहण गरि आर्थिक नाकाबन्दि जस्तो हाल श्रीसियाका स्थानीय बासिन्दा संग सरकारले गरेको छ , अनेकौ बहाना लागे भएको जग्गा रोका का कारण त्यहाँका स्थानीयहरु आर्थिक संकटबाट जुझ्न बाध्य छन् भन्दै सांसद यादव सदनको धयान आकर्षण गराए छन् |

नेपाल सरकारले नयाँ आईसिपि संगसंगै स्मार्ट सिटी बनाउनुपर्ने अवधारण अघि सारेको थियो तर कुनै काम नै अगाडी नबढाई स्थानीयमाथि आर्थिक नाकाबन्दी गरेको उनको आरोप थियो ।

स्मार्ट सिटि बनाउनु परे त्यसको विस्तृत काम अगाडी बढाउनु पर्ने हैनभने किनबेच फुकुवा गर्नुपर्ने नेपाल सरकार समक्ष माग गर्नुभयो ।

वर्गीय आरक्षणको बहस

0
brijlal paswan_kalikatimes

                                                                                                                                                      – वृजलाल पासवान
समाजिक न्यायसहितको समानाता खोजिरहेका दलित समुदायविरुद्ध चौतर्फी प्रहार सुरु भएको छ । सदियौँदेखि समाजबाट प्रताडित, राजनीतिबाट वञ्चित र शिक्षाबाट टाढा राखिएका दलित समुदायले राज्यबाट पाइरहेको झिनो सेवा–सुविधा विरुद्ध प्रहार गर्ने बहस सुरु हुनाका साथै दलित अधिकार र आवश्यकतालाई संकुचन गर्न विभिन्न शक्ति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सक्रिय भइसकेका छन् । जीवन–मरणको दोसाँधमा पानी नपाएर छट्पटाइरहेको माछालाई पोखरी वा तालमा हाली दिए जस्तै दलित समुदायको केही सहजताका लागि राज्यद्वारा प्रदान गरिएको आरक्षणमा सबैका आँखा लाग्नु यो समुदायका लागि सुखद संकेत होइन । नेपालको संविधान–२०७२ मा उल्लिखित दलितसम्बन्धी सुविधा (आरक्षण) को जगमा उभिएर यो समुदायले भर्खर मात्रै आफ्नो समृद्धिको मार्गचित्र कोर्ने अग्रसरता देखाइरहेका बेला जातीय आरक्षण समाप्त पारी वर्गीय आरक्षणको बहस सुरु हुँदा यो समुदाय चिन्तामा पर्नु स्वाभाविकै हो । हुन त वर्गीय आरक्षणको बहसले यस समुदायलाई मात्र नभई विभिन्न आरक्षित कोटामा सूचीकृत जातिमा पनि चिन्ता र  चासो बढेकै छ । आरक्षण जातका अधारमा होइन, वर्ग अर्थात् आर्थिक विपन्नताका आधारमा दिनुपर्ने बहस थालनी अरू कसैले होइन, यो मुलुकको दुईतिहाइ बहुमत सांसदहरूको सर्मथनप्राप्त सरकारका कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका हुन्, सँगैसँगै हालसालै लोकसेवा आयोगले निकालेको असमावेशी विज्ञापनले पनि यो बहसको औचित्य पुष्टि गरिदिएको छ । त्यसैले यो बहसलाई गम्भीर मान्न सकिन्छ । जसको  सघन ढंगले विश्लेषण गर्न जरुरी छ।

सामान्यतया आर्थिक रूपले विपन्नलाई दलित भनिँदैन, यसलाई राज्यले पनि अंगीकार गरेको छ। यसैकारण यो मुलुकको संविधानले पनि केही निश्चित जातलाई तोकेरै दलित मानेको छ । मनुस्मृतिका सिद्धान्त अँगाल्दै पृथ्वीनारायण शाहकै पालादेखि यो मुलुकलाई ४ वर्ण ३६ जातको फूलबारी भनी वर्गीकरण गरिएको थियो । जसमध्ये शूद्र वर्णमा राखिएका जातहरूलाई नै दलित मानिएको हो, जो अन्य वर्णमा सूचीकृत जातसरह नरही विभिन्न खालका अन्याय, अत्याचार र शोषणको सिकार हँुदै सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक अधिकारबाट वञ्चित भए । यसैले विभिन्न राजनीतिक परिर्वतनपछि गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा यो समुदायले भोगेका प्रताडनाको क्षतिपूर्तिबापत राज्यले दिएको सुविधा नै आरक्षण हो, जुन न्यायोचित छ । किनभने कथित शूद्र वर्णमा जन्मिएका मानिस सबैभन्दा तल्लो स्तरको काम गर्नुपर्र्ने बाध्यतामक व्यवस्था नै थियो । मान्छे छुइने, वस्तुभाउ छुइने, खाद्यान्न छुइने, अन्य माथिलो जात भनाउँदाहरूसरह समाजमा उठबस गर्न नपाउने, आफ्नै खुन–पसिना बगाएर बनाएको मठमन्दिरमा प्रवेश गर्न नपाउने, पूजापाठ गर्न नपाउने, पाटीपौवा, धारा आदिजस्ता सार्वजनिक स्थलमा विभेद भोग्नुपर्ने भयो । यसरी तल्लो जात कहलिएकै कारण यी तमाम किसिमका अपमान बेहोर्नुपरेको इतिहास नकार्न सकिँदैन । इतिहासको लामो कालखण्डसम्म पशुसरह जीवनयापन गर्न बाध्य पारिएका जातजातिलाई क्षतिपूर्तिस्वरूप आरक्षण दिनु न्यायसंगत छ भने उनीहरूको समग्र अवस्था अन्य समुदायसरह नभएसम्म दलित आरक्षण न्यून गर्न वा यसलाई समाप्त पार्न खोज्नु समतामूलक समाज निर्माण र सम्रग मुलुकको विकासमा बाधक बन्नु हो ।

विश्वका विभिन्न विद्वान्ले समेत भनेका छन्– ‘आरक्षण केवल एतिहासिक रूपमा बहिष्करणमा पारिएका समुदायको समानता र न्यायका लागि गरिने विशेष व्यवस्था हो’। यसो भनिरहँदा जातका आधारमा आरक्षण सधैँ रहिरहनुपर्छ भन्नु पनि न्यायोचित हुँदैन । तर जसका लागि आरक्षण हो, त्यो समुदायको विकास सूचकांक कहाँसम्म पुग्यो, अन्य जातसरह पुग्न अझै कति समय लाग्ला ? त्यसतर्फ ध्यान दिन जरुरी छ । जातीय आरक्षणको आधार आर्थिक होइन, तैपनि हाम्रो मुलुकमा कूल चरम गरिब परिवार २५.२ प्रतिशतमध्ये सबैभन्दा बढी अर्थात् ४१ प्रतिशत दलितै पर्छन् । नेपालमा बाल मृत्युदर औसत हजारमा ५४ जना, तर दलितमा हजारमा ७७ जना, मातृ मृत्युदर औसत हजारमा ४६ जना, तर दलितमा हजारमा ६७ जना, परिवार नियोजनको साधनमा ब्राह्मण–क्षत्री महिलाको पहुँच ५३ प्रतिशत, तर दलित महिलाको पहँुच ४३ प्रतिशत मात्रै रहेको विभिन्न तथ्यांकले देखाइरहेका छन् । यी तथ्यांकसँगै सबैभन्दा महŒवपूर्ण राजनीतिक पहँुच र प्रतिनिधित्वको सवालमा संघीय सांसदको प्रत्यक्ष निर्वाचित कूल सिट संख्या १ सय ६५ मा बिनाआरक्षित सिटमा ३ दलितले मात्रै चुनाव जितेका छन। तसर्थ दलित र गैरदलितको विकास सुचकांकबीच तुलना गर्ने अवस्था कुनै पनि मामिलामा आइसकेको छैन।

साथै अवस्था अझै यस्तो छ कि दलितलाई कहीँ चुलो छोएको निहँुमा निर्घात कुटपिट गरी जुत्ता– चप्पलको माला लगाइ गाँउ घुमाइन्छ त कहीँ दलित महिलालाई बोक्सीको आरोपमा  दिसा–पिसाब खुवाइ गाँउ निकाला गरिन्छ। अनि कतै दलितलाई जातीय छुवाछुतविरुद्ध मुद्दा हालैकै रिसमा आत्महत्या गर्न बाध्य बनाइन्छ । यी कुरा उल्लेख गर्नुको तात्पर्य के हो भने विभेद जातका अधारमा गर्ने अनि आरक्षणचाहिँ वर्गका आधारमा दिने जस्ता बकम्फुसे बहसको अहिले औचित्य छैन । छिमेकी मुलुक भारत सन् १९४७ मा अंग्रेज शासनको उपनिवेशबाट स्वतन्त्र भएपछि त्यहाँ सन् १९५० मा बनेको संविधानमा राखिएका आरक्षणका तीन आधार सामाजिक, राजनीतिक र शैक्षिक व्यवस्था अहिले ७० वर्ष हुँदासम्म जारी छ । संविधान निर्माण हँुदाका बखत आरक्षण १० वर्षका लागि मात्र हुने लेखिए पनि हालसम्म हटेको छैन । हरेक १० वर्षपछि आरक्षणको म्याद थपिन्छ । यसको मतलब के हो भने दलित र गैरदलितबीच सबै कुरामा समानता नआएसम्म आरक्षण हटाउनु उपयुक्त हुँदैन । त्यहाँ पनि आरक्षण जातीय नै हो, वर्गीय होइन । तसर्थ जातीय विभेद रहेसम्म वर्गीय आरक्षणको बहस चलाउनुको अर्थ छैन । त्यसकारण सक्छौँ भने जातीय व्यवस्था अन्त्यका लागि ऊर्जा खर्च गरौँ, छुवाछूत अन्त्य गरौँ । किनभने जातीय व्यवस्थाले मानव समाजलाई एकताबद्ध हुन दिँदैन, समाजभित्र असमानता राखिरहन्छ। त्यसैले महŒवपूर्ण समय खर्चेर जातीय आरक्षणविरुद्ध सत्तोसराप गर्नुभन्दा जातीय विभेद, छुवाछूत र असमानता अन्त्यतर्फ आफ्नो सम्पूर्ण शक्ति लगाइयोस् सरकार !

संघीय सरकारलाई आवश्यक्ता महसुस नभएसम्म संविधान संशोधन हुँदैन : मन्त्री बास्कोटा

0

जनकपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संघीय सरकारलाई आवश्यक्ता महसुस नभएसम्म संविधान संशोधन नहुने बताएका छन् ।

मंगलबर जनकपुर स्थित नेपाल पत्रकार महासंघ धनुषाको कार्यालयमा आयोजित पत्रकार भेटघाटको क्रममा उनले सत्तारुढ दल समाजवादी पार्टीसङ्ग भएको संविधान संशोधनको बारेमा औचित्य पुष्टी भए मात्रै संविधान संशोधन हुने मन्त्री बास्कोटाले स्पष्ट पारे ।

मन्त्री बास्कोटाले भने ‘सरकारलाई जबसम्म संविधान संशोधनको आवश्यक्ता महसुस हुँदैन, तबसम्म संविधान संशोधन हुँदैन ।’

अर्को प्रसंगमा उनले संघीय सरकार प्रदेश २ को विकासका लागि सबै भन्दा बढी लगानी गरेको बताएका छन् । मन्त्री बसकोटाले प्रदेश २ को विकासको लागि संघीय सरकार सबभन्दा बढी परियोजनाहरु संचालनमा ल्याएको दावी गरे ।

प्रदेश २ मा नेपालको एकमात्र रेल्वे सेवा, निजगढमा अन्तराष्ट्रिय विमान स्थल, कमला मरिन डाइभर्सन, मदन भण्डारी राज्यमार्ग, कोशी करिडोर, नारायणी करिडोर लगायतका गौरबा परियोजनाहरु संचालनमा ल्याएको उदाहरणको रुपमा उनले देखाए ।

सञ्चारकर्मीलाई पूर्वाग्रही भएर कलम नचलाउन आग्रह गर्दै उनले भने भने, ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुस् । तर, तथ्यपरक हिसाबले मात्रै समाचार सम्प्रेषण गर्नुस् ।’
मन्त्री बास्कोटोले बर्तमान नेकपाको संघीय सरकार ५ वर्षसम्म परिवर्तण नहुने समेत ठोकुवा गरेका छन् ।

लाेक सेवा विरुद्ध आन्दोलन जारी

0

काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको विज्ञापन प्रकाशित गर्दा सङ्घीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत खुलाएको भन्दै आदिवासी जनजाति, मधेसी, पिछडिएका समुदायले विरोध जारी राखेको छ ।

आरक्षण बचाऔँ आन्दोलनका लागि सोमबार सामाखुसी रानीबारीमा नेपाल तामाङ घेदुङको नेतृत्वमा आन्दोलन परिचालन समिति बनेको छ ।

सामाखुसी तामाङ परिवार कोषको सदस्यहरूसँग आयोजित छलफलपछि समितिको संयोजक रामकृष्ण ब्लोन, सचिवालय सदस्य रामभक्त बोम्जन तोकिएको घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिनुभयो ।

आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्र तथा पहिचानमा आधारित सङ्घ संस्थाहरूले ‘आरक्षण बचाऔँ आन्दोलन’का लागि ऐक्यबद्ध भई विरोध गरिरहेका छन् ।

बजेटको बिषयलाई लिएर बिन्दवासिनीमा झडप, ४ घाइते

0
jhadap_kalikatimes

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवामा सोमबार दुई पक्ष विच झडप भएको छ । स्थानिय हनिफ अंसारी र मकमुल राउत गद्दी बिच बजेटको बिषयमा विवाद हुदा झडप भएको प्रहरीले जनाएको छ । हनिफ वडाध्यक्ष सलमा खातुनको श्रीमान हुन ।

झडपमा परी हनिफ सहित ४ जना घाइते भएका छन । घाइते मध्ये समिम र नगिना खातुनको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । अर्का घाइते हनिफको टाउकोमा र सहरुम राउत गद्दीको खुट्टामा चोट लागेको प्रहरी चौकी प्रसौनी भाठाले जनाएको छ ।

इद्रगाह निर्माणमा भएको खर्चको बिषयलाई लिएर विवाद हुदा झडप भएको स्थानियहरुले वताएका छन । स्थानियका अनुसार इद्रगाह निर्माणको लागि चुनावको समयमा निलम्बीत सांसद हरिनारायण रौनियारले चार हजार इन्टा र ४० वटा पिलहर दिएका थिए ।

यसका साथै इद्रगाह नजिकै रहेको रुख बिक्री गरी रु ६० हजार आम्दनी भएको थियो । तर पछि वडाध्यक्ष सलमाका श्रीमान हनिफले गाउँपालिकाबाट पनि इद्रगाह निर्माणका लागि रु ८ लाख निकास गराएका छन ।

स्थानिय एक जना युवा नाम नलेख्ने शर्तमा भने रौनियारले दिएको इन्टा, पिलर र रुख बिक्री गरेको रकम पनि इद्रगाह निर्माणमा लागेको छ र गाउँपालिकाको बजेट पनि लागेको छ । त्यसैको हिसाब किताब माग्दा हनिफ र मकमुल बिच विवाद भई झडप भएको हो ।

भाथामा मान्छे मरेको हल्ला मात्र, भर्र्याङ्को रेलिङ्ग भाचेर १२ घाइते

0

वीरगन्ज । पर्साको प्रसिद्ध दुधेश्वरनाथ (भाथा) मा एक जना पनि मृत्यु भएको छैन । मन्दिर जाने भर्र्याङ्को रेलिङ्ग भाचेर १२ जना जति घाइते मात्र भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको ।

जस मध्ये समान्य घाइते १० जनाको भाथाको स्वास्थ्य सिबिर मै उपचार गराई घर फर्केका छन भने गम्भी घाइते २ जनालाई उपचारका लागि वीरगन्ज लगिएको छ । साउनको तेस्रो सोमारी आज तेरस र पन्चमी परेका कारण भक्तजनहरु भिड बढेको थियो भने भिडका कारण नै भर्र्याङ्को रेलिङ्ग भाचेर दुर्घटना भएको प्रत्यक्षदर्शी शत्रुधन गिरिले वताए ।

बिहान ६:३० बजे दुर्घटना भए पछि केही बेर जल्ल चढाउन जाने भक्तजनहरुलाई रोकिएको थियो र पछि पुन सुचारु भएको उनले जानकारी गराए । बिहानै देखि भाथामा भर्र्याङ भत्किएर ठूलो दुर्घटना भएको र केहिको मृत्यु भएको हल्ला चले पनि त्यसो केही नभएको हो ।

मिनी संसदकाे बैठकमा यश कारण राेए नेपाल र भट्टराई

0

काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखेको थियो । कार्यक्रममा नेकपाका वरिष्ठ नेता पूर्व प्रधामन्त्री माधवकुमार नेपाल पनि उपस्थित थिए ।

नेता नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य हुन् । कार्यक्रमको सुरुमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले मन्त्री भट्टराईलाई बधाईसँगै सुझावहरु पनि दिए । वरिष्ठ नेता नेपालले पनि बधाईसँगै भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा गर्नुपर्ने कामको बारेमा सुझाव दिए । बधाई तथा शुभकामना ग्रहणपछि मन्त्री भट्टराई बोले । उनले नेता नेपालसँगको सम्झना गरे । भट्टराईले नेपालसँगको सम्बन्ध गुरु–चेलाको सम्बन्ध रहेको बताए ।

भट्टराईले २०४३ सालको घटना सम्झिदै भने, ‘२०४३ सालमा पार्टीले पञ्चायत निर्वाचनलाई जनपक्षीय उम्मेदवारमार्फत उपयोग गर्ने नीति अनुसार म काठमाडौंमा खटिएको थिएँ । रात–दिन नभनी, खाइ–नखाई खटिइएछ । त्यसैको असरले होला, म निकै बिरामी परें । शिक्षण अस्पतालमा ६० दिन बसें । डाक्टरले आशा मारिसकेका थिए । ६० दिनको बसाईको क्रममा माधव नेपाल मलाई भेट्न आउनु भयो । त्यतिबेला उहाँको नाम माधव नेपाल थिएन । जब उहाँले मलाई स्पर्श गर्नुभयो, मलाई जीवनप्रति आशा पलायो । सायद त्यो बाँच्ने आधार थियो ।’

भट्टराई विगतको कुरा गर्दा गर्दै भावुक भए । उनको बोली रोकियो । केही छिन भक्कानिएर पुराना सम्झनाहरु सुनाए । भट्टराईले नेता नेपाल राजनीतिमा आफ्नो अभिभावक रहेको बताए । भट्टराई रोक्किएपछि नेता नेपाल पनि भावुक भए । नेपालको आँखा रसायो । नेता नेपालले आफ्नोे अगाडि रहेको ‘टिस्यु’ पेपरले आँखा पुछे ।

सार्वजनिक स्थानमा यौन सम्पर्क गर्न सरकार कै अनुमति

0

एजेन्सी : मेक्सिकोको एउटा सहरले खुल्ला स्थानमा यौनसम्पर्क गर्न पाइने व्यवस्था गरेको छ। डेटिंग गएका युवायुवतीहरुले यौनसम्पर्क राखेको स्थानमा पुगेर प्रहरीले पैसा असुल्नथालेपछि सहरमा यस्तो नियम लागू गरिएको बताइएको छ।

यस्तो नियमपछि प्रहरीले सार्वजनिक स्थान, गाडीभित्र सेक्स गर्ने जोडीलाई यत्तिकै समाउन सक्नेछैनन् तर कसैले औपचारिक रुपमा उजुरी गरेमा भने त्यस्ता जोडीलाई कानुन लाग्नेछ। कसैले आफूलाई केही फरक नपर्ने अवस्थामा भने खुल्ला स्थानमै जोडीहरुले यौनलिला गर्न पाउनेछन्।

मेक्सिकोको दोस्रो ठूलो सहर गुआडालाजाराले यस्तो कानुन लगाएपछि विश्वको ध्यान तानेको हो। अगष्टदेखि यस्तो अनौठो नियम सहरमा लागू भएको हो। उक्त नियम सिटिजन मुभमेन्ट काउन्सिलर गुआडालुपे मोर्फिन ओटेरोले प्रस्तुत गरेका थिए।

सेक्सलाई माया साटासाटको रुपमा हेर्नुपर्ने उनको भनाइ छ। सार्वजनिक र निजी विश्वविद्यालयका ९० प्रतिशतभन्दा बढी विद्यार्थीले आफूहरुले सेक्स गरेको थाहा पाएपछि प्रहरीले बार्गेनिंग गरेर पैसा असुल्ने गरेको भन्दै सेक्सलाई अनुमति दिन माग गरेका थिए।

तर यस्तो नियमको मेक्सिकोकै कतिपय पार्टीहरुले भने विरोध गरेका छन्। अन्य उपाय अपनाइनुको साटो यस्तो नियम लागू भएको भन्दै आलोचकहरु आक्रोशित भएका छन्।