Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगन्जमा नेकपा अध्यक्ष प्रचण्डको पुतला दहन

spot_img
spot_img

बीरगंज । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को वीरगंजमा पुतला जलाएको छ ।

केही दिन अघी प्रचण्डले पुर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट बाहिर निकाल्ने भनेर दिएको अभिव्यक्तिको बिरोधमा वीरगंजको घण्टाघरमा बुधबार साझ प्रचण्डको पुतला जलाइएको हो I

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको बिरोध कार्यक्रममा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हत्यारा प्रचण्ड मुर्दावाद’ जस्ता नारा समेत लगाईएको थियो ।

बिरोध कार्यक्रममा सहभागी राष्ट्रिय नागरिक संघर्ष समिती बाराका अध्यक्ष महमद सतार अंसारी, नेपाल राष्ट्रबाद संघका अध्यक्ष जनकलाल शाह, मंचका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरही, मंचका नगरअध्यक्ष उपेन्द्र बरई, रामअयोध्या राउत कुर्मी, अन्नु राणा, अर्जुन घिमिरे लगायतले १७ हजार निर्दोष एवम् निमुखाको हत्यारा, जनधनको लुटेरा प्रचण्डलाई जनअदालतमा उभ्याउनु पर्ने वताएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...