Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

आदिवासी दिवस लोक सेवाको विरोध गरी मनाइयो, बाबुरामले जनाए सहभागिता

spot_img
spot_img

काठमाण्डौ । विश्वभरि २५ औं विश्व आदिवासी दिवस भव्यताको साथ मनाइएको छ तर नेपालमा आन्दोलनको रुपमा मनाइएको छ ।

विगत दुई महिना देखि लोक सेवा आयोगको असंवैधानिक विज्ञापनको विरुद्ध मधेशी, आदिवासी जनजाती, दलित, मुश्लिम, महिला, अपांग, पिछिडिएको क्षेत्र आदिको साझा फोरम आरक्षण बचाऔं आन्दोलन मार्फत विभिन्न चरणको आन्दोलन हुँदै आएकोले शुक्रबार आदिवासी दिवस पनि सोहि समुहहरुले आन्दोलनको रुपमा मनाएका हुन् ।

भृकुटीमण्डपबाट विशाल निस्केको जुलुस त्रिपुशेवर थापथली हुँदै माइतिघर मण्डला पुगी विशाल सभामा परिणत भएका थियो । आदिवासी दिवसमा तराई मधेश राष्ट्रिय परिषदको सहकार्य र मधेशी समन्वय समितिको आयोजनमा मधेशी समुदाय धोती र्याली निकालेर सहभागिता देखाएका छन ।

सभालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सिमान्कृत वर्ग अझ पनि एक भएर आफ्नो अधिकारको लागि संघर्ष गरेन भन्ने संविधानमा दिएको अधिकार पनि खोसिने बताए । राजनीतिक विश्लेषक सिकेलालले आदिवासी जनजातीलाई मात्र नाचगान गरेर अधिकार प्राप्ति नहुने नसिहत दिए । अगाडी उनले सम्पूर्ण उत्पीडित समुदाय एक भएर संघर्षको तयारीमा लाग्न सुझाव दिए ।

मधेशी समन्वय समितिको संयोजक सामाजिक अभियन्ता सरोज रायले आजको धोती र्यालीमा मधेशीको उपस्थिति थोरै भएको प्रति दुःख प्रकट गर्दै उनले भने “हामी मधेशी समुदायको सहभागिता बढाउन गृहकार्य गरेका थिए तर पनि भनेको जस्तो उपस्थिति देखिएन ।

विगत दुई महिना देखि सबै काम छोडी हामी निरन्तर सडक प्रदर्शनमा छौँ, कसको लागि ? हामीमा केहि प्रहरीको लठ्ठी प्रहारबाट घाइते समेत भएका छौँ, कसको लागि ? मधेशी समुदाय फेसबुकमा टिक्का टिप्पणी बाट बाहिर निस्केर सडक आन्दोलनमा आउने बेला आएको छ” ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...