Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

मन्त्री सोनलले धर्मशाला उदघाटन गर्ने कार्यक्रम वडाध्यक्षको बिरोधका कारण स्थगित

spot_img
spot_img

बारा । परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित नव निर्मित रामजानकी धर्मशाला उद्घाटन कार्यक्रम स्थगित भएको छ ।

गाउँपालिकाको सहयोगमा वडा नं. ५ नौतन बहुअरी स्थित निर्माण गरिएको धर्मशाला उद्घाटन कार्यक्रममा वडाध्यक्षलाई वेवास्ता गरिएको भन्दै वडाध्यक्षले कार्यक्रम बहिस्कार गर्दै विरोध जनाएपछि उद्घाटन कार्यक्रम स्थगित भएको हो ।

वडामा कुनै किसिमको कार्य गर्दा वडाध्यक्षलाई जानकारी गराउनुपर्नेमा गाउँपालिका अध्यक्ष हरिनारायण साह कानुले आफ्नो मनमौजी तरिकाले धर्मशाला निर्माणको श्रेय आफूले पाउनका लागि वडाध्यक्षलाई वेवास्ता गरि उद्घाटन गर्न लागे पश्चात वडाध्यक्ष रामेश्वर साह कलवारले विरोध जनाएपछि कार्यक्रम स्थगित भएको हो ।

धर्मशाला निर्माण पश्चात उद्घाटन कार्यक्रम वडाध्यक्ष रामेश्वर साहको अध्यक्षतामा गरिने सहमति हुँदै आएकोमा हाल आएर गाउँपालिका अध्यक्षकै अध्यक्षतामा हुने भनि गाउँपालिका अध्यक्षले आफ्नो प्रचारवाजी गराउन खोजेपछि वडाध्यक्षले विरोध जनाएका हुन् ।

उद्घाटन कार्यक्रम यही साउन २५ गते प्रदेश सरकार, प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा हुने भनिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...