Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

आदिवासी जनजाति महासंघ पर्साको तेस्रो जिल्ला अधिवेशन सम्पन्न

spot_img
spot_img

वीरगन्ज । नेपाल आदिवासी जनजाति महासंघ पर्साको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासघपर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरको अध्यक्षतामा र सघिय परिषद सचिवालय सदस्य एवं प्रदेश न,२ का सह- ईन्चार्ज राजकुमार बोटेको प्रमुख आतिथ्य भएको तेस्रो जिल्ला अधिवेशनले सोम बहादुर लामाको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ ।

जुन समितको उपाध्यक्षमा बाबू चामलिङ्ग, सपिका मगर, राम आशिष प्रसाद धानुक, सचिवमा अमय कुमार दास, सह- सचिवमा जीवन भुजेल, सुनिल श्रेष्ठ, कोषाध्यक्षमा अजित कुमार भुजेल, सदस्यहरुमा सरिता खडकी, छेदुप लामा, चेत बहादुर थापा चयन भएका छन ।

अधिवेशनमा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर, नेपाल मगर संघ पर्साका अध्यक्ष राज कुमार खपाङि, नेपाल आदिवासी जनजाति महासंघ पर्साका सस्थापक सदस्य चक्र बहादुर शाक्य, धानुक समाजका अध्यक्ष राम आशिष धानुक, थारु कल्याणकारी समितिका कार्यवाहक अध्यक्ष नन्दकिशोर पञ्जियार, नेपाल तामाङ धेतुङ सङका उपाध्यक्ष सोम बहादुर लामा, सामाजिक अभियन्ता ओमप्रकाश सरार्फ, बिनोद पटेल, भुजेल समाज पर्साका अध्यक्ष अजित भुजेल लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष राम आशिष धानुक र कार्यक्रम सन्चालन जिल्ला सचिव जगत राईले गर्नु राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...