Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नियमित विद्युत सञ्चालनको माग राख्दै नेवि संघद्वारा ज्ञापन

spot_img
spot_img

वीरगन्ज : नेपाली कांग्रेससँग आवद्ध नेपाल विद्यार्थी संघ पर्साले नियमित रुपमा विद्युत सञ्चालन हुनुपर्ने माग राख्दै नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएको छ ।

नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारीको नेतृत्वमा रहेका संघका नेताहरुले शुक्रबार प्राविधिकरणका प्रमुख मुनिन्द्र ठाकुरलाई ज्ञापनपत्र बुझाउदै जिल्लाको विद्युत नियमित रुपमा सुचारु गर्न माग गरेका हुन् ।

ज्ञापन पत्र बुझाउदै संघका जिल्ला अध्यक्ष तिवारीले मुलुक लोडसेटिङ्ग मुक्त घोषणा भइसकेको सरकारले दाबी गरेपनि यस जिल्लामा बारम्बार विद्युत कटौतीले जिल्लावासी आजित भएकोले यसमा सुधार नल्याए कडा संघर्षमा उत्रिने चेतावनी दिए ।

उनले भने, ‘पर्सा जिल्ला बाहेक अन्य जिल्लामा लोडसेटिङ्ग छैन । तर, केहि साता यता यस क्षेत्रमा अघोषित लोडसेटिङ्ग गरेका कारण जिल्लावासी कष्टकर जिवन बिताउन बाध्य भएका छन् ।’

व्यवसायीहरुसँग मिलेर इन्र्भटर पद्धतीलाई पुन स्थापना गर्न विद्युत कार्यालयबाट कही चलखेल त भएको छैन, उनले भने जनमानमा धेरैनै गुनासो आइरहेको छ । त्यसैले के कारणले प्रचण्ड गर्मीमा समेत नियमित विद्युत कटौती भएको छ यसमा गम्भीर हुन प्राधिकरणका प्रमुख ठाकुरलाई आग्रह समेत गरेका छन् ।

अघोषित लोडसेटिङ्गको समस्या समाधान गरी नियमित विद्युत सुचारु गरी जनतामा सर्वशुलभ तरिकाले सेवा उपलब्ध गराइदिन ज्ञापन पत्र मार्फत जोडदार माग समेत गरेका छन् । जनताको मर्कालाई बुझी तत्काल समस्या समाधान नभए चरणबद्ध रुपमा आन्दोलनमा जान बाध्य ज्ञापनमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझदै प्राधिकरणका प्रमुख ठाकुरले नियमित विद्युत कटौतीमा समस्या भएको स्वीकार्य गर्दै यसलाई सच्याउन माथिल्लो निकायमा पहल गर्ने बताए । उनले भने, ‘नेपालमा ४० प्रतिशत विद्युत छिमेकी मुलुक भारतबाट आयात गरिएको छ, भारतमै नियमित विद्युतमा समस्या आउने गरेका कारण यस क्षेत्रमा पनि समस्या आउने गरेको हो ।’

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेविसंघका उपाध्यक्षद्वय शेष हजरा, साबिर हसैन, सचिव समिर मन्सुरी, सह सचिवद्वय राजेश पटेल, रमेश यादव, सदस्यहरुमा प्रभु साह, नेजार हासमी लगायत नेविसंघका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...