Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

spot_img
spot_img
एजेन्सी । भारतकी पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। स्वारजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो।
भारतीय संचारमाध्यमका अनुसार सुषमा स्वराजको हृदयघातका कारण निधन भएको हो। हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो।
सुषमा स्वराजको निधन भएको अस्पतालमा भारतीय रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन र केन्द्रीयमन्त्री नितिन गडकरी पनि अस्पताल पुगेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी अबको केहीबेरमा एम्स अस्पताल जाने बताइएको छ । ६७ वर्षीया स्वाराज लामो समयदेखि बिरामी थिइन्।
उनले स्वास्थ्य अवस्था कमजोर रहेको अवस्था दर्शाउँदै प्रधानमन्त्री मोदीलाई पछिल्लो समय मन्त्री नबनाउन पनि आग्रह गरेकी थिइन् भने उनी लोकसभा निर्वाचनमा उम्मेदवार पनि बनेकी थिइनन्। मोदीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा उनी विदेशमन्त्री भएकी थिइन् ।
सुषमा स्वाराज भारतकी सबैभन्दा कम उमेरकी क्याबिनेट मन्त्री बनेकी थिइन् भने पहिलो मुख्यमन्त्री रहेकी पनि भारतीय संचारमाध्यमले जनाएका छन्। उनी पहिलो महिला मुख्यमन्त्री पनि थिइन् ।
सन् १९९८ मा उनी दिल्लीकी मुख्यमन्त्री बनेकी थिइन्। इन्दिरा गान्धीपछि दोस्रो महिला विदेशमन्त्री स्वारज थिइन् । शुष्माको सन् २०१६ मा मन्त्री रहेका बेला नै किड्नी ट्रान्सप्लान्ट गरिएको थियो।
सत्ताधारी भारतीय जनता पार्टीकी नेतृ स्वराज यसअघी भाजपाकी प्रमुख प्रतिपक्ष दलकी नेतृसमेत रहेकी थिइन् ।
स्वराजलाई सन् २०१४ मा प्रधानमन्त्रीको रूपमा पनि हेरिएको थियो ।
भारतीय राजनीतिमा सुषमा स्वाराजलाई रोल मोडलका रूपमा लिइन्छ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान...

धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद

वीरगंज । धनुषाको मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय धनुषाले विशेष सूचनाका आधारमा सोमबार साँझ...

निचुटामा ‘समावेशी शिक्षाको महत्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको निचुटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक...