Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

बिन्दवासिनी अपहरण काण्डका उत्तम तिवारी प्रकाउ, प्ररीले सार्वजनिक गरेन

spot_img
spot_img

वीरगन्ज । बिन्दवासिनी अपहरण काण्डमा संलग्न पर्साको विन्दवासीनी गाउँपालिका–४ मधवलका उत्तम तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । ४ दिन पहिला नै प्रहरीले उत्तम तिवारी भनिने निरन्जन तिवारीलाई पक्राउ गरे पनि सार्वजनिक गरेको छैन ।

साउन १८ गते तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौंरले वताए । प्रकाउ परेका तिवारी माथी पनि सार्वजनिक अपराध मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अगाडी बढाइएको राठौरले जानकारी गराए ।

तिवारी प्रकाउ परे पनि अपहरण काण्डामा अर्का संलग्न मानिएका पर्साको बहुदरमाई नपाको डकैला बहुअरी घर भई मधवलमा बस्दै आएका एजाजुल मियाँ फरार नै रहेको उनले वताए ।

श्रावण १८ गते उपनेश चौरसियाका परिवारजनले पत्रकार सम्मेल गर्दै उपनेशको अपहरण भएको वताएका थिए । चौरसियाका पिता जंगबहादुर चौरसिया र आमा सौखरानी देवीसहितको परिवाजनले वीरगन्जमा पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्न व्यक्तिलाई पर्सा प्रहरीले उन्मुक्ती दिएर छोरालाई फसाएको आरोप समेत लगाएका थिए ।

स्थानीय उत्तम तिवारी भनिने निरन्जन तिवारी र पर्साको डकैला बहुअरी घर भई मधवलमा बस्दै आएका एजाजुल मियाँले चौरसियालाई वीरगन्जबाट अपहरण गरेको चौरसियाको परिवाजनको आरोप थियो । तर प्रहरीको चौरसियाले अपहरणको नाटक गरेको जनाएको थियो ।

परिवारको सम्पर्कमा आएका उपनेशले घटनाबारे विस्तृत जानकारी गराएपछि विन्दवासनी गाउँपालिका –४ का वडाध्यक्ष अनोज कुमार चौरसिया लगायतको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय पर्सामा उपनेश हाजिर भएका थिए ।

प्रहरी कार्यालयमा उपस्थित हुनसाथ प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौंरले अपहरणको झुठो अफवाहा फैलाई राज्यको श्रोत साधनको दुरुपयोग गरेको भन्दै चौरसिया र सोनु दास माथि सार्वजनिक मुद्दा दर्ता गरेका थिए ।

उक्त घटनामा संलग्न चार जना मध्ये २ जना फरार भएका थिए । ति २ जना मध्ये एक जनालाई प्रहरीले पक्राउ गरे पनि सार्वजनिक नगर्नुले प्रहरीको नियत माथी संका उत्पन्न भएको स्थानियहरुले वताएका छन । राजनितीक दबावका कारण प्रहरी घटना बारे सही अनुसन्धान नगरी दबाउन खोजेको स्थानियहरुले आरोप समेत लगाएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...