Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

बिन्दवासिनी अपहरण काण्डका उत्तम तिवारी प्रकाउ, प्ररीले सार्वजनिक गरेन

spot_img
spot_img

वीरगन्ज । बिन्दवासिनी अपहरण काण्डमा संलग्न पर्साको विन्दवासीनी गाउँपालिका–४ मधवलका उत्तम तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । ४ दिन पहिला नै प्रहरीले उत्तम तिवारी भनिने निरन्जन तिवारीलाई पक्राउ गरे पनि सार्वजनिक गरेको छैन ।

साउन १८ गते तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौंरले वताए । प्रकाउ परेका तिवारी माथी पनि सार्वजनिक अपराध मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अगाडी बढाइएको राठौरले जानकारी गराए ।

तिवारी प्रकाउ परे पनि अपहरण काण्डामा अर्का संलग्न मानिएका पर्साको बहुदरमाई नपाको डकैला बहुअरी घर भई मधवलमा बस्दै आएका एजाजुल मियाँ फरार नै रहेको उनले वताए ।

श्रावण १८ गते उपनेश चौरसियाका परिवारजनले पत्रकार सम्मेल गर्दै उपनेशको अपहरण भएको वताएका थिए । चौरसियाका पिता जंगबहादुर चौरसिया र आमा सौखरानी देवीसहितको परिवाजनले वीरगन्जमा पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्न व्यक्तिलाई पर्सा प्रहरीले उन्मुक्ती दिएर छोरालाई फसाएको आरोप समेत लगाएका थिए ।

स्थानीय उत्तम तिवारी भनिने निरन्जन तिवारी र पर्साको डकैला बहुअरी घर भई मधवलमा बस्दै आएका एजाजुल मियाँले चौरसियालाई वीरगन्जबाट अपहरण गरेको चौरसियाको परिवाजनको आरोप थियो । तर प्रहरीको चौरसियाले अपहरणको नाटक गरेको जनाएको थियो ।

परिवारको सम्पर्कमा आएका उपनेशले घटनाबारे विस्तृत जानकारी गराएपछि विन्दवासनी गाउँपालिका –४ का वडाध्यक्ष अनोज कुमार चौरसिया लगायतको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय पर्सामा उपनेश हाजिर भएका थिए ।

प्रहरी कार्यालयमा उपस्थित हुनसाथ प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौंरले अपहरणको झुठो अफवाहा फैलाई राज्यको श्रोत साधनको दुरुपयोग गरेको भन्दै चौरसिया र सोनु दास माथि सार्वजनिक मुद्दा दर्ता गरेका थिए ।

उक्त घटनामा संलग्न चार जना मध्ये २ जना फरार भएका थिए । ति २ जना मध्ये एक जनालाई प्रहरीले पक्राउ गरे पनि सार्वजनिक नगर्नुले प्रहरीको नियत माथी संका उत्पन्न भएको स्थानियहरुले वताएका छन । राजनितीक दबावका कारण प्रहरी घटना बारे सही अनुसन्धान नगरी दबाउन खोजेको स्थानियहरुले आरोप समेत लगाएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...