Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

स्वास्थ्य तथा आँखा जाच शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नं.०७ जितपुरमा आज स्वास्थ्य तथा आँखा जाच शिविर सम्पन्न भएको छ ।

हेल्प युवा क्लब जितपुर सिमरा, नारायणी बयोधा अस्पताल तथा मात्रिका फाउन्डेसनको संयुक्त आयोजनामा जीवन ज्योति माध्यमिक बिद्यालय जितपुरमा शिविर सम्पन्न भएको हो ।

बयोधा अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टरहरुको टोलीद्वारा बाल रोग, जेनरल स्वास्थ्य तथा मात्रिका फ़ाउन्डेसनका आँखा रोग बिशेसज्ञद्वारा आँखा रोग सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको आयोजक क्लबका अध्यक्ष फ़ैयाजुल हक़ अंसारीले जानकारी गराए ।

शिविरमा साधारण चेकजाचमा २३५ जना बिधार्थी र आँखा चेकजाच तर्फ २०५ जना बिद्यार्थीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा ५ जना बिधार्थी मोतिया बिन्दका सिकार भएका र तिनका जाँच पनि निःशुल्क सेवा उपलब्ध गराउने अस्पतालका चिकित्सकहरुले वताएका छन ।

शिविरमा ४४० जनाले आफ्नो स्वास्थ्य जांच गराई लाभान्वित भएको क्लबका संयोजक दीपेन्द्र यादवले जानकारी गराए । कार्यक्रम बकुलिया क्याम्पसका अध्यक्ष तथा नेकपा नेता देवनारायण चौधरीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

जसमा बिसिस्ट अतिथिहरु व्यापार संघ जितपुरका अध्यक्ष संजय साह तथा भूपू ब्यपार संघ अध्यक्ष घनश्याम गिरि, महासचिव शिवजी गुप्ता लगायतकाको उपस्तिथि रहेको थियो ।

शिविर जीवन ज्योति स्कुलका प्रधानाध्यप्क जोनसोन, इलाका प्रहरी कार्यालय जितपुर ७ बारा जीवन ज्योति इ।बोर्डिंग स्कुल, नारायणी ब्योधा अस्पताल, मातरिका आइ फ़ाउन्देस्न तथा स्थानीयको सहयोगमा सम्पन्न भएको थियो ।

कार्यक्रममा क्लबका सन्तोष झा, बिकाश गुप्ता, अयुब आलम, गणेश गुप्ता, प्रेम कुमार, अरुण गुप्ता, मुकेश गुप्ता लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...