Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Home Blog Page 1098

नयाँ पुस्ताको सहभागिता अभावमा झिझिया लोप हुदै

पर्सा – मधेशमा मनाइदै आईएको झिझिया लोप हुँदै गएको छ । प्रत्येक बर्ष दशै शुरु भएको दिन देखि दशमी सम्म मनाईने झिझिया लोप हुँदै गएको हो ।

मधेशि र थारु समुदायको पहिचान समेत बोकेको झिझिया संरक्षण अभावमा लाेप हुँदै गएकाे बताईन्छ । धेरै नै महत्व रहेको झिझिया नयाँ पुस्ताको आगमन संगै लाेप हुँदै गएकाे कालिकामाई गा.पा. २ गदियानीका रामानन्द साहले वताए ।

निकै नै प्रख्यात र लोक प्रिय रहेको झिझिया नयाँ पुस्ताले नमनाउदा लोप हुँदै गएको साहले वताए । दशै शुरू भएकाे घटस्थापनाको दिन देखि प्रत्येक राती १० दिन सम्म झिझिया मनाईन्छ ।

रातिको समयमा गाउँ घरमा सबैले खाना खाईसके पछि युतिहरुको समुहले यो पर्व मनाउने गर्दछ । पहिला हाम्रो गाउँमा ८/१० वटा समुहमा झिझिया मनाइन्थियो । जुन समुहमा १० देखि २० जना केटिहरुको सहभागिता हुन्थ्यो ।

उनले भने अहिले आएर २/३ वटा समुहमा मनाईन्छ । जुन समुहमा ५/६ जनाको मात्र सहभागिता हुन्छ । साहका अनुसार झिझिया मनाउन नयाँ पुस्ताको आक्रसण घटेको छ । आक्रसण भएका र खेल्न चाहेकाहरुको पनि अभिभावकले झिझिया मनाउन नदिएका कारण पनि लोप हुँदै गएको साहको भनाई छ ।

राती समयमा गित गाउदै गाउँको परिक्रमा गरि यो पर्व मनाउने गरिन्छ । १०० अाैं बर्ष पुर्वकाल देखि मनाइदै आईएको झिझिया प्रत्यक बर्ष दशैमा १० दिन सम्म मनाइने गरिन्छ । डाईन भतर कटनाे जवाइन गुनवा कईली लगायतकाे झिझिया गित प्रख्यात रहेको छ ।

हिन्दु र मुस्लिम दुबै समुदायका विशेष गरि बालिका र युतिहरुले झिझिया मनाउने गर्दछ्न ।  भाइको लामो उमेर र डाइन, भुतिनबाट रक्षा हुने विश्वासका साथ झिझिया मनाउने गरिन्छ ।

 

 

जनकपुधाममा ग्यास सिलिण्डर विष्फोट हुदा एक जनाको मृत्यु

जनकपुरधाम, २ कात्तिक ।  जनकपुधाममा ग्यास सिलिण्डर विष्फोट हुदा एक जनाको मृत्यु भएकाे छ भने एक जना गम्भीर घाईतेे भएका  छन ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित पुरानो बस पार्कमा ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अपरान्ह ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हो । घाइते एक जनाको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको बुझिएको छ ।

भारतको अमृतसरमा ठूलो रेल दुर्घटना, ५० जनाको मृत्यु

काठमाडौं, २ कात्तिक । भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोट देखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् ।

अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो ।

स्थानीय पत्रकार रविंदर सिंहलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो ।

त्यही वेला पछाडिबाट अाएको रेलले मानिसहरूको भिडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो । अमृतसर प्रहरीका कमिस्नर सुधांश शेखरले कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीवेर अघि ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालार्इ ह्रदयविदारक भनेका छन् ।

उनले लेखेको ट्वीटमा भनिएको छ, ‘घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदन व्यक्त गर्दछु । र, घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।’

उनले तत्काल अावश्यक सहयोगका लागि अधिकारीहरूलार्इ निर्देशन दिइएको उल्लेख गरेका छन् ।

महुवनमा अायोजित कुस्ती प्रतियोगिताकाे सांसद यादव द्वारा उद्घाटन

पर्सा, २ कात्तिक । वडा दशैंको अवसरमा पर्साको सखुवा प्रसौनी गाउँपालीकाको वडा नं. ५, महुवनमा मेला लागेकाे छ। मेलामा अाज कुस्ती प्रतियोगिताकाे समेेत अायाेेेजना गरिएकाेे थियाे ।

प्रतियोगीतामा नेपाल र भारतका राष्टिय स्तरका १०० भन्दा वढि महिला तथा पुरुष कुस्ती खेलाडीहरु सहभागी भएका थिए । नेपालको पर्सा, बारा तथा काठमान्डौ र भारतको अयोध्या, गोरखपुर, मथुरा, पंजाब हरियाणा ,दिल्ली तथा जम्मुका युवा तथा युवती कुस्ती खेलाडीहरु यो प्रतियोगीतामा प्रतिस्पर्धा गरेका थिए ।

कुस्ती प्रतियोगीताको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एव् पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले उदघाटन गरेेेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै यादवले केन्द्रिय सरकारको दोधारे नितीका कारण प्रदेश नम्बर दुईमा खेलकुद र खेलाडीको विकास हुन नसकेको आरोप लगाए ।

उनले तराई मधेशको शान र पहिचानको रुपमा रहेको कुश्ती खेल र खेलाडीहरुको संरक्षणमा सरकारले गरेको उपेक्षताले कुस्ती खेलको विकास हुन नसकको बताउदै उहाले यसको संघीय संंसदमा आवाज उठाउने बताए । सांसदले यादवले यो खेलको लागि प्रदेश नम्बर दुईको प्रत्येक जिल्लामा प्रशिक्षण केन्द्र खोल्नका लागि प्रदेश सरकार समक्ष पहल गर्ने प्रतीबद्धता जनाए ।

प्रतीयोगीतामा प्रदेश नम्बर दुईका प्रदेश सभा सदस्य प्रहलाद गिरी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल ,जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पर्सागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलम , संघीय प्रेस फोरमका अध्यक्ष आर.के. पटेल लगायतको उपस्थिती रहेको थियो ।

मेला शनिबार सम्म लाग्ने र मेला भलिबल प्रतियोगिता समेत आयोजना गरिएको स्थानी शुनिल जयशवालले वताए ।

नेपाली कांग्रेसका क्षेत्रिय सचिव श्रीकान्त यादवलाई पितृ शोक

पर्सा, २ कात्तिक ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ३ का क्षेत्रिय सचिव श्रीकान्त यादवलाई पितृ शोक परेको छ । जगरनाथपुर गाउँपालिकानिवासी वडा नंं. ३, विजवनिया निवासी सचिव यादवका बुवा ७० बर्षिय राजेन्द्र प्रशाद यादवको निधन भएको छ ।

नेपाली कांग्रेसका सक्रिय सदस्य समेत रहेका यादवका बुवाको बिहिबार राती १ बजे उपचारको क्रममा निधन भएको थियो । हिन्दु धर्म अनुसार आज निजको गाउँको आर्य घाट अन्तिम अन्त्यस्टी समेत गरिएको छ ।

प्रदेश सभा सदस्य शंकर चाैधरी,  नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति रमेश पाण्डे, नेता बृहस्पति श्रेष्ठ, बशिषठ नारायण कुर्मी लगायतकाले संयुक्त रुपमा नेपाली कांग्रेसकाे झन्डा ओढाई अन्तिम बिदाई तथा श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

भाेजपुरी नेपाली स्टार नाईट कार्यक्रममा नृत्य गर्दै भोजपुरी स्टारहरु

वीरगंजकाे आदर्शनगर रंगशालामा विहिबार अायाेजित भाेजपुरी नेपाली स्टार नाईट कार्यक्रममा नृत्य गर्दै भोजपुरी स्टारहरु खेशारी लाल यादव, अम्रपालीी दुबे र काजल राधवनी । तस्बिर : प्रणय साह

हेडपी नेपालले १०० अाैं संग लाखाै रूपया ठगे, ठगिएका आक्रोसित दर्शकहरुले गरे तोडफोड

कास/वीरगंज, १ कात्तिक ।

हेडपी नेपालले अाज वीरगंजकाे अादर्शनगर रंंगशालामा अायाेजना गरेकाे भाेजपुरी नेपाली स्टार नाईट कार्यक्रममा तोडफोड भएको छ । कार्यक्रमका मुख्य कलाकार खेसारीलाल यादवले २ अाेटा गाना मात्र प्रस्तुत गरे पछि कार्यक्रम विशेष कारण बस एहि समाप्त गर्नु परेको वताए पछि आक्रोशित भएका दर्शकहरु तोडफोड गरेका थिए । कार्यक्रम १ घण्टा मै स्थगित भए पछि मंंहगाे दरमा टिकट कटाएर टाढा टाढाबाट अाएकाहरु कार्यक्रम स्थल कैै कुर्ससी  तोडफोड गरेका थिए ।

६०० देखी २५०० सम्मको टिकट कटाएर आएका पर्सा, बारा, रौतहट र भारत बिहारका १०० अाैं जनताहरू आयाेजकलाई गाली गलाैज गर्दै घर फरकेका छ्न । ३ बजे देखि हुने भनिएको कार्यक्रम ६ बजे देखि सुरु भएको थियो ।

कार्यक्रमका मुख्य कलाकार खेशारी लाल यादव, अम्रपाली दुबे र काजल राघवनी नआउने बिहिबार दिन भरी हल्ला चल्ले पनि राती ६ बजे कार्यक्रम स्थल पुगेका थिए । रु २५ सय तिरी रौतहटबाट कार्यक्रम हेर्न वीरगंज पुगेका राजिव कुमारकुमारले भने ३ बजे देखि ९ बजे सम्म कार्यक्रम हुने हामीलाई भनिएको थियो तर यो त एक घन्टा मै कार्यकम समाप्त गरेर हामीहामीलाई आयोजकले ठगेकाे छ ।

यस्तै अर्का एक दर्शक रु १५०० को टिकट किनेर कार्यक्रम हेर्न आएका बारा जिल्लाका सुरेन्द्र यादवले आयोजक प्रती आक्रोश पोख्दै भने हामी ठगिएका छौ । हामी संग धाेका भएकाे छ ।

ई त मत्र उधारण हुन यस्तै १५०० देखि २००० जनताहरु टिकट किनेका थिए ती सबै निराश भएर घर फर्केका छ्न । यता कार्यक्रम आयोजनाहरु गरेकाहरु हेडपी नेपालका पदाधिकारीहरु लाखौं रुपया कमाई बिदेश भ्रमणमा जान लागेको बुझिएको छ । उनिहरु कात्तिक ५ गते नै कनेडा भ्रमणमा जान लागेको बुझिएको छ ।

 

माछा मार्न पानी खन्याउदै

कालिकामाई गाउँपालिकाको वडा नं. २, गदियानीमा माछा मार्न खाल्डोखाल्डोको पानी खन्याउदै । तस्बिर : कालिका टाइम्स

वीरगंजकाे माईस्थान मन्दिरमा पुजा गर्दै भक्तजनहरु

वीरगंजकाे माईस्थान मन्दिरमा फुलपातिको दिन पुजापाठ गर्दै महिला भक्तजनहरु । तस्बिर : प्रणय साह

भारतिय एस.एस.बि. द्वारा चार केजी चरस सहित युवक पक्राउ

राजन कुमार बानिया  ।

पाेखरिया, ३१ असाेज ।

भारतको सिमावर्ती पुरैनिया गाउँको नजिक बाट सिकटा एसएसबी का जवानहरुले मोटरसाइकल चेक जाँचको क्रम मा चार केजी चरस सहित एक जनालाई पक्राउ गरेको छ।

एसएसबीले दिएको जानकारी अनुसार पक्राउ  पर्नेमा बिहार सिकटा थाना क्षेत्रको शिकारपुर गाउँ निवासी रामबाबु प्रसादको ३०वर्षिय छोरा चन्दन कुमार रहेका छन । निजलाई भारतिय नं. बि अार २२ ए ४४७९ मोटरसाइकल र  चरस सहित  पक्राउ गरिएको भारतिय एस.एस.बि.ले जनाएको छ ।

चन्दन कुमारले पटेर्वासुगौली गाउँबाट मोटरसाइकलमा चार केजी चरस सेटिंग गरी लक्षमीपुर सबैठवा नाका भएर भारत तर्फ लगि रहेको अवस्थामा सोमबार रातीमा एसएसबीका कमाण्डर सुमित कुमारको नेतृत्वमा रहेको टोलीले चेकजाच गरेपछी सो मोटरसाइकलमा रहेको चरस पक्रउ गरेकोको हो ।

मोटर साईकल पछाडि बसेका एकजना एसएसबी जवान लाई हेरी नेपाल तरफ भागन सफल भएको र पक्राउ परेका मान्छे, चरस र मोबाइललाई अावश्यक कार्वाहीको लागि सिकटा थानामा बुझाएको पंटोका एसएसबी कमाण्डेड पिर्यबर्थ शर्माले बताए ।