Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

बिधालय ब्यवस्थापन समिती गठन

spot_img
spot_img

१९ भदौ

युरिपयन युनियनको सहयोगमा नेपाल गा्रमिण पुर्ननिमार्ण संस्थाको आयोजनामा र सरक्षण नेपाल र चाईल्ड नेपालको सहकार्यमा किशोरी सम्बाद कार्यक्रम अन्तर्गत पर्साको बिरगंज महानगरपालिका वडा नम्बर ३० को श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयमा बिधालय ब्यवस्थापन समितीका पदाधिकारी तथा शिक्षक अभिभावक संघ बिच बिधालय सुधार आयोजना सम्बन्धी आज बिभिन्न समितीहरु गठन भएको ।

कार्यक्रममा बिधालय स्तरिय बालक्लब पुर्नगठन गरिएको छ । अन्जली कुमारी कानुको अध्यक्षतामा ९ सदस्यी बालक्लब गठन गरिएको हो । उपाध्यक्षमा दिनानाथ प्रसाद यादव, सचिवमा ओमप्रकास पटेल , सहसचिवमा रेनु कमारी राम, कोषाध्यष जावेद अंसारी, सदस्यहरुमा अंजली कुमारी ठाकुर, मनिषा कुमारी मण्डल, अजित कुमार मण्डल र अनवर अंसारी रहेका छन । यसैगरी शिक्षक अभिभावक संघ पनि गठन भएको छ ।

अध्यक्षमा धनसुन्दर महतो , उपाध्यक्षमा चान्दा देवी , सचिव बिनोद कुमार चौहान, सहसचिव मायालाल हजरा, कोषाध्यक्षमा मोरियम खातुन, सदस्यमा पिकी देवी, खतुना देवी, लक्ष्मी कलवार, बेदामी देवी रहेका छन । बिधालय ब्यवस्थापन समितीकी अध्यक्ष लक्ष्मी देवी यादवको अध्यक्षतामा र वडाअध्यक्ष जमिला खातुनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...