Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

क्यान पर्सा अध्यक्षमा दीपक साह निर्विरोध

spot_img
spot_img

वीरगंज,१४ भदौं ।
कम्प्यूटर एसोसीएसन नेपाल महासंघ पर्सा क्यान महासंघको दोश्रो साधारणसभा तथा अधिवेशन आज सम्पन्न भएको छ ।

वीरगंजस्थित होटल अन्नपूर्णमा एक कार्यक्रम बीच १० सदसिय नयाँ कार्यसमिति चयन गर्दै साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । अधिवेशन दीपक साहको नेतृत्वमा १० सदसिय कार्यसमिती सर्वसमतबाट निर्वाचित गरेको छ ।
कार्यसमितीको उपाध्यक्षमा प्रशान्त साह, सचिवमा जीवनप्रकाश गुप्ता, कोषाध्यक्षमा संजय कुमार सक्सेना, सह(सचिवमा गणेश कुमार साह सोनार रहेका छन भने सदस्यमा आशु कुमार सर्राफ, अर्जुन कुमार अधिकारी, सुरज पटेल, निक्की रौनियार र पुनम कुमारी रहेको क्यान महासंघ पर्साका निर्वाचन अधिकृत प्रमोद प्रसाद साहले जानकारी दीए ।

क्यान पर्साका निर्वतमान अध्यक्ष आलोक कुमार चौरसियाको सभापितित्वमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा क्यान महासंघका राष्ट्रिय अध्यक्ष हेमन्त चौरसियाले भने क्यान महासंघ पर्सा नेपालकै कान्छो शाखा भएको बताए । क्यान पर्साले सक्रिय रूपमा प्रदेश स्तरीय क्यान इन्फोटेक जस्ता कयौं ठुला कार्यक्रम गराउन सफल भएको बताउदै आगामी कार्यसमितीलाई समेत यसैगरी क्रियाशील रहन आग्रह उनले गरेका थीए ।

सोहि कार्यक्रमका अध्यक्ष आलोक चौरसियाले क्यान महासंघ पर्साको आफ्नो यात्रा संघर्षपूर्ण रहेतापनी आफूले आफ्नो कर्तव्य निष्ठापुर्वक निर्वाह गरेको बताउदै भने मृत अवस्थामा रहेको क्यानलाई आफ्नो नेतृत्वमा देशकै सबैभन्दा क्रियाशील शाखा मध्य बनाउन सफल भएको र क्यान महासंघ पर्साको नयाँ कार्यसमितीलाई बधाई दीदै क्यान पर्सालाई सक्रिय बनाई युद्धस्तरमा कार्य गर्न चौरसियाले अनुरोध गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...