Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Home Blog Page 1099

माता दुर्गाको आशिर्वादले अपराध नियन्त्रण गर्न सफल : प्रहरी उपरिक्षक ढकाल

बीरगंज ३० असोज ।
इलाका प्रहरी कार्यालय सेढवा पर्सामा निर्मित दुर्गा मन्दिरको आज एक समारोहका विच पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले उद्घाटन गर्नु भएको छ ।

बडा दशैंको अवसरमा आयोजित दुर्गा मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक ढकालले माता दुर्गाको आशिर्वादले पर्सामा अपराध नियन्त्रण गर्न प्रहरी सफल भएकोबताउनु भयो ।

सो अवसरमा उहांले प्रहरीको एकलो प्रयासले मात्र अपराध नियन्त्रण नहुने बताउदै स्थानिय वासिन्दाको सहयोग र समर्थन रहे प्रहरीले शान्ति सुरक्षा र अमन चयन कायम राख्ने अभियानमा सफता पाउने बताउनु भयो ।

हाल पर्सा प्रहरी अपराध नियन्त्रण संगै समाज सुधारका गतिविधिमा समेत अगाडी बढेको बताउदै समृद्ध समाज निर्माणका लागि सबै पक्षसंग हातेमालो गर्दै प्रहरी अगाडी बढने कुरामा जोड दिनुभयो ।

आज फुलपाति अर्थात वीरगंज मेला, हेर्नु होस फोटोफिचर

कास/वीरगंज, ३० असोज ।
वीरगंज मेला आज देखी सुरु भएको छ । वीरगंजमा प्रत्यक बर्ष फुलपातीको दिन देखी लाग्ने मेला यस बर्ष पनि आज फुलपाती भित्रिय संगै मेलाको औपचारिक रुपमा शुभारम्भ भएको हो ।

विहान साढे ९ बजे वीरगंजका मालपोत कार्यालयमा रहेको मन्दिरबाट, शसस्त्र प्रहरी व्यारकबाट तथा नेपाली सेनाको व्यारकाबाट फुलपातीको डोली निस्केको थियो । डोली गहवामाई मन्दिरमा पुगी प्रत्यक बर्ष झै यस बर्ष पनि विधिगत पुजापाठ गरीए पछि मेलाको औपचारिक रुपमा सुभारम्भ भएको हो ।

माइस्थान मन्दिरमा भएको फुलपातीको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल लगायतकाको उपस्थिती रहेको थियो ।

फोटोफिचर, तस्बिर : प्रणय साह

मधेश आन्दोलनका घाइते मुन्सी पटेललाई ह्वील चेयर सहयोग

प्रणय साह ।
वीरगंज, ३० असोज ।  मधेश आन्दोलनका घाइते मुन्सी पटेललाई हिन्दु स्वम्सेवक संघ नेपालले ह्युल चेयर सहयोग गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. २८, बगही स्थित रहेको पटेलको घर मै पुगी स्वम् संघले सहयोग गरेको ह्युल चेयर एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको छ ।

जनकपुर असहाय मंचका अध्यक्ष तथा बरिष्ठ समाजसेवी बैधनाथ साह र सामाजिक अभियान्ता प्रकाश थारुको पहलमा संघले सहयोग गरेको ह्युल चेयर पटेलको घर मै पुगी हस्ताक्षरण गरिएको हो । स्थानिय ज्ञानालाल राउत, कृष्ण पटेल, कलाकार अजमत अली र पत्रकार विपिन साहको उपस्थितीमा सामाजिक अभियान्ता थारुले घाइते पटेलाई ह्युल चेयर हस्तान्तरण गर्नु भयो ।

आगलागीमा ६ लाख मुल्य बराबरको क्षति

बारा ,२९ असोज ।
बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरीमा एक घरमा आगलागी भएको छ । आगलागीमा स्थानीय रामपृत पासवानको घर जलेर नष्ट भएको हो । आगलागीमा ६ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिनुभयो । राति एक्कासी आगलागी हुँदा घरमा रहेको नगद ३ लाख, गरगहना, लत्ता कपडा गरी ६ लाख मुल्य बराबरको क्षति भएको पीडित परिवारले दावी गरेका छन् । राति भएको आगालागी स्थानीय बासिन्दा र गण्डक प्रहरी चाकीका प्रहरी मिलेर नियन्त्रणमा लिएको स्थानीय सञ्जु साहले बताउनुभयो ।

सिके राउतका २८ जना समर्थक वीरगंजबाट पक्राउ

वीरगंज, २९ असोज/
राजद्रोहका मुद्दा खेपिरहेका सिके राउतका २८ जना समर्थकलाई अाइतबार वीरगंजबाट पक्राउ गरिएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा पेशीको क्रममा दिउँसो १ बजे भएको प्रदर्शनमा समर्थकलाई पक्राउ गरी जिल्ला प्रहरी कर्याालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा प्रदेश २ का पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सप्तरीलगायत जिल्लाका ४ महिला र २० पुरुष छन् । उनीहरूलाई सार्वजनिक मुद्दा अनुसार कारबाई हुने प्रहरीले जनाएको छ ।
यसैबीच रौतहटबाट असोज २१ गते पक्राउ परेका राउतको विषयमा बहस भएको छ । राउतलाई प्रहरीले रौतहट अदालत परिसरमा हाजिर भएको बेला पक्राउ गरी हिरासतमा राखी राज्यले देशद्रोहको मुद्दा चलाएको छ ।

राउतका अधिवक्ताहरूले कानूनविपरीत र मानव अधिकार उल्लङ्घन भएको भन्दै बन्दी प्रत्यक्षीकरण मुद्दा उच्च अदालतमा दायर गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट र नेपाल प्रहरीलाई विपक्षी बनाई हालिएको मुद्दाको सवालमा आज उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजको १ नं इजलासका प्रमुख न्यायाधीश डिल्लीराज अचार्यले राउत विरुद्ध चलेको मुद्दाको सकल फाइल तथा हालसम्मको नजीर र प्रमाण प्रतिलिपि पेश गर्नेगरी कात्तिक १ गते बिहान ११ बजेदेखि बहस हुने आदेश गरेको छ ।

राउतले मधेस गठबन्धन जिन्दाबाद, सबैलाई आजादी चाहियो, स्वतन्त्र मधेस र मधेस खाली गर भन्ने नारा लगाएको भिडियोको आधारमा देशद्रोहको मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।

असोज २१ गते सिके राउतसँगै अन्य चारजना गरी कुल पाँचजना पक्राउ परेका थिए । राउतको तर्फबाट बहस गर्नेमा अधिवक्ता रामनारायण कुर्मी, वीरेन्द्रप्रसाद यादव र लालबाबू यादव रहेका थिए ।

वीरगंजमा कार्तिक १ गते हुन लागेको भोजपुरी नेपाली स्टार नाईट कार्यक्रमको तयारी अन्तिम चरणमा

वीरगंज, २८ असोज ।
वीरगंजमा कात्तिक १ गते, विहिबार भोजपुरी नेपाली स्टार नाईट नाम दिइएको विशाल सांगीतिक कार्यक्रम हुने भएको छ । वीरगंजको आदर्शनग रंगशालामा दिउसो ३ बजे देखी हुने कार्यक्रममा भारत विहारका भोजपुरी फिल्मका स्टारहरु र नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने आयोजकले जनाएको छ ।

हिन्दुहरुको महान चाडपर्व वडा दशैको उपलक्ष्यमा हेडपी नेपालको आयोजना हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका योगेन्द्र गुप्ताले वताए । 

नवमीको दिन हुने कार्यक्रममा भोजपुरी सुपर स्टार खेसारीलाल यादव, आम्रपाली दुबे, काजल राघवानी, नेपाली स्टार इन्दिरा जोशी, सेलिना कुंवर, सन्दिप क्षेत्री (मिठाईलाल) लगायतको कलाकारहरुको प्रस्तुती हुने गुप्ताले जानकारी गराए ।

गुप्ताका अनुसार टिकट दर ६ सय देखी २ हजार ५ सय सम्मको रहेको छ । सिल्भर टिकट रु ६ सय, गोल्ड टिकट एक हजार, डाइमण्ड टिकट रु १ हजार ५ सय र भिआईपी टिकटको दर रु २ हजार ५ सय रहेको छ ।

वीरगंज भन्दा टाढा टाढाका भारत र नेपालका संगित प्रेमीहरु टिकट खरिद गरी आ आफनो सिट सुरक्षति गरिरहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागि हुने भोजुरी स्टार खेसारीलाल, अम्रपाली र काजलले सामाजिक संजाल मार्फत आफुहरु वीरगंज आउन लागेको जनाएका कारण पनि ढुक भएर संगित प्रेमीहरु टिकट खरिद गरि आ आफनो सिटी सुरक्षित गरिरहेको  बुझिएको  छ ।

बाराको सिम्रौनगढमा बालकको अपहरण गरी हत्या, अभियोगमा दुई जना पक्राउ

वीरगंज, २८ असोज । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका ६ वर्षीय बालकको अपहरण गरी हत्या भएको छ बुधबारदेखि हराएका गोलु भनिने दिपक प्रसाद यादवको शव गाउँ नजिकै जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको रानीवासमा हजुरबुबासँग मेला हेर्न गएका दिपक अपराहृन ४ बजेतिर हराएका थिए । परिवारले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए ।

बालकको अपहरण पछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १७ बर्षे हरेन्द्र कुमार कुश्वाहा र २३ बर्षे सुखल वैठा छन् ।

प्रहरीको प्रारम्भीक अध्ययन अनुसार ऋण नदिएको झोकमा बालकको हत्या गरेको खुल्न आएको छ ।

पक्राउ अभियुक्त हरेन्द्रले एक महिना अगाडि गोलुका बाबु धनेश्वर प्रसादसँग दुई लाख रुपैयाँ ऋण मागेका थिए । तर, ऋण दिन अस्वीकार गरेपछि कुशवाहाले समय आएपछि देखाउने भनि धम्की दिएको पाइएको छ ।

बालक हराएको भोलिपल्ट बिहान करिब १० बजे धनेश्वरलाई अभियुक्त श्याम बैठाले १० लाख फिरौती समेत माग गरेको कल रेकर्डका आधारमा खुलेको छ । बालकको भने अपहरण गरेकै राति घाँटी थिचेर हत्या गरेको पाइएको बाराका प्रहरी नायब उपरिक्षक रन्जित सिँह राठौरले जानकारी दिए ।

मृतकका परिवारलाई सांसद प्रदिप यादव द्वारा रु ५० हजार सहयोग

वीरगञ्ज, २८ असोज । 
वीरगञ्ज महानगरपालिकाको बार्ड नम्बर ९स्थित रातो बगंलामा  हृयुम पाइपले च्यापिएर  मृत्यु भएका बालकको परिवारलाई सांसद प्रदिप यावदले ५० हजार सहयोग प्रदान गर्नुभएको छ । सांसद यादवले  मृतक ७ बर्षिय रोहित चौधरीको जिरा भवानीपुुर गाउपालिका स्थित वार्ड नम्बर १ महादेव पट्टी गाउको घरमै पुगी राहत सहयोग प्रदान गर्नुभएको हो ।
आइतवार दिउसो घरमे  पुगेर सांसद यादवले मृतक रोहित चौधरी प्रति श्रद्धान्जली व्यक्त गर्दै घटनामा सलंग्न कालिका निर्माण कम्पनिलाई जसरी पनि कार्यवाहि गराएर छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले आफ्नो सांसदको तलब भत्ताबाट राहत सहयोग प्रदान गरेको बताउदै घटनामा घाइते बाल वालिकाहरुलाई  उपचार खर्च र क्षतिपुर्ती दिलाउन संधर्षरत रहेको बताउनु भयो ।
यस अघि पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष  प्रदीप यादवले वीरगन्जको लालबंगला परिसरमा सोमबार साँझ ह्युमपाइपले च्यापिएर घाइते भएका बालिकाहरुको उपचार खर्चका लागि आर्थिक सहयोग गर्नु भएको थियो । बिएण्डबी अस्पतालमा उपचार गराइ रहेका सोही गाउका गोविन्द चौधरीकी छोरीहरु १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीलाइ गत मगंलबार बिहान अस्पतालमै पुगेर सांसद यादवले जनही २५/२५ हजार रुपैया नगद सहयोग गर्नु भएको थियो ।
यादवले उक्त रकम , बालिकाद्वयका बुबा गोविन्द चौधरीलाइ प्रदान गर्नु भएको थियो । त्यही घटनामा घाइते भइ वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइ रहेकी वीरगन्ज ९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षकी आयुषा यादवलाइ पनि २५ हजार रुपैया पनिप्रदान गर्नभएको छ ।

मेसिफरग्युसनको ट्रेक्टरको डिलभरी कार्यक्रम सम्पन्न

प्रयाण साह ।
वीरगंज, २८ असोज ।
भाजुरत इन्जिनियरिङ एण्ड सेल्स लि. को आइतबार ट्याफ कम्पनीको मेसिफरग्युसनको ट्रेक्टर डिलभरी कार्यक्रम सम्पन्न भएको छ । विगत केही दिन देखी बुकीङ तथा किस्तामा पइसा तिरदै आइरहेका किशानहरुलाई ६ वटा ट्रेक्टर डिभेभरी संगै उपहार शवरुप एक एकवटा सेलिङ पंखा दिएको सवेर्स यादवले जनकारी दिए । कार्यक्रमा वोल्दै प्रमुख अतिथी ट्राफे कम्पनीका रिजिनल म्यानेजर अनिल कुमार दुबे बजारमा किशानले रोजे जस्तो र चाहिने जस्तो ट्रेक्टर उपलब्ध गराउदै आएको र आउदो दिनमा समेत किशानको चाहना अनुसार ट्रेक्टर उपलब्ध गराइने वताए । कार्यक्रममा भाजुरत वीरगंजका डिभिजन प्रमुख लक्ष्मी राम चौरसिया, वीरगंज डिपोका सुरेश नेपाल, सिनियर सेल्स मैन योगेशवर पाण्डे तथा बाराका पूर्व मन्त्री कलवाती पसवानले मन्तव्य राखेका थिए ।