Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Home Blog Page 1097

समाज सुधारको लागि सरोजको भिडियो अभियान

काठमाडौ- समाजिक अभियानता र समाजिक संंस्थाको धनी देश नेपालमा हुन त समाज परिवर्तन गर्न चाहने युवा अभियानताहरुको कमी देखिदैन । तर यस्ता अभियानताहरु भन्दा एक फरक सोच र फरक अभियानमा लागेका युवा हुन सरोज उप्रेति ।

२१ बर्सिए सरोज उप्रेती भने नेपालमा नभए पनि १ बर्ष देखी निरन्तर रुपमा नेपालको समाज सुधार र यहाँका युवाहरुमा सकरात्मक परिवर्तनको लागी प्रायसरत देखिन्छन । हाल अमेरिकामा रहेका उप्रेती नेपालको बिभिन्न समसमायिक बिषय, समाजमा हुने बिभिन्न कुरुती र समाजको जल्दोबल्दो समस्यालाई बिषय बनाइ यसको बिरुध ब्यङ्यात्मक शैलिमा आफ्नो तर्क राखी भिडियो सन्देश बनाइ समाजिक सन्जाल फेसबुक मार्फत नेपाली सम्क्ष पुर्याउने गर्छन ।

उनको भिडियोमा उनले बोलेको शब्द र प्रयोग गरेको शैलिले युवा श्रोताहरुमा परिवर्तनको सकरात्मक सन्देश पुग्नेगरेको युवा अभियानता बिनोद जोशी बताउन्छन । उनले यस अभियानको नाम “समाज सुधार को लागि भिड्यो अभियान” दिएका छ्न ।

सरोज उप्रेतिको भिडियोहरु आज बिभिन्न युवाहरुको लागी मार्गदर्शक बनेको र यसले बिभिन्न समाजिक समस्या समाधान गर्ने मदत पुग्ने गरेको बिभिन्न युवाहरुको बुझाइ छ । उनी भन्छन् “बिदेशी नु न त मेरो रहर हो न बाध्याता , म त बिदेश यहाँको चालचलन, बिचार र अन्य राम्रा कुराहरुको अनुभव गर्न चाहन्छु ।

बिभिन्न  संंस्कृति खोजी गर्न चाहन्छु र त्यसका राम्रा पक्षलाई आफ्नो देशको बिकाश र युवाहरुमा नया सकारात्मक परिवर्तन ल्याउन प्रयोग गर्न चाहन्छु ।”देश र विदेशमा रहेका सरोज उप्रेति जस्ता युवाहरुलाई हामी सबै नेपालीहरुको सहयोग र समर्थनको आवश्यकता देखिन्छ ।

सरोज उप्रेतिले समाज सुधारको लागी चलाएको भिडियो अभियान झै हामी युवा पनि आ-आफ्नै ठाउँबाट जे जस्तो सक्छौ त्यस्तो सहयोग गर्यौ भने हाम्रो समाज परिवर्तन हुन र देश बिकाश हुन समय लाग्ने छैन ।

मोटरसाईकलको ठक्करबाट घाईते भएकाहरु मध्ये १ जनाको मृत्यु

बीरगंज, ४ कार्तिक ।
बीरगंज २७ रामगढवामा गएराती मोटरसाईकलको ठक्करबाट घाईते भएकाहरुमध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । एन एस न्युरो अस्पतालमा उपचारको क्रममा विरगंज महानगरपालिका वडा न. २४ रामगढवा निवासि ११ बर्षिय खुशबु कुमारीको आज विहान साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

अन्य घाइतेमध्ये रेनु कुमारी पटेल, पप्पु पटेलको एन एस न्युरो अस्पतालमा उपचार भइरहेको छ भने प्रतिमा देविको नारायाणी उपक्षेत्रिय अस्पतालामा उपचार भइरहेको छ । त्यस्तै भुबन पटेल र राम निलमको उपचार पछि डिस्चार्ज भएको छ । गएराती करीब ८ बजे झिझिया डुबाउन जादै गरेका बालिकाहरुको समुहलाई पश्चिम तर्फबाट तिब्र गतिमा आईरहेको अनटेस्ट वान फिफ्टी पल्सर मोटरसाईकलले ठक्कर दिएको थियो ।

विरगंज महानगरपालिका वडा न. १७ अलौ टोल बस्ने राजेन्द्र रामका २४ बर्षिय छोरा मोटरसाइकल चालक सुरेश राम र मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिइएको छ । घटनाको बारेमा थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बारामा बुवा द्वारा २ जना छोराको हत्या गरि आत्महत्या

बारा, ४ कात्तिक ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका –४ को औराहका ४० वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्नो २ जना छोराको हत्या गरी आफू पनि आत्महत्या गरेका छन् ।

रामले आफ्नो ५ वर्षका छोरा सुबिन राम र ३ वर्षको विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ । तीनैजनाको शव पोष्टमार्टमका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको इलाका प्रहरी कार्यालय सिमरालेे जनाएकााे छ ।

मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्रहरीको प्ररम्भीक अनुसन्धानले देखाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुबास हमालले जानकारी दिए ।

नहरको माथीबाट पानी झर्दा झर्दै बाटो बिग्रे पछि आवागमन अवरुद्ध

पर्सा, ४ कात्तिक ।
पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ गदियानी स्थित रहेको नहरमा ओभरलोड पानीले गर्दा बाटो बन्द भएको छ । नारायणी सिचाई डिभिजन नम्बर ५ अन्तर्गत पर्ने ब्लाक नम्बर २ को बिएससी ४ र ५ मा अधिक पानी बहाव पछि नहरको माथीबाट पानी झर्दा झर्दै बाटो बिग्रे पछि आवागमन अवरुद्ध भएको छ ।

धान फल्ने समयमा र अधिकत्म धान फलिसकेका कारण पानीको आवश्क्ता नगन्य मात्रामा रहेकोले पानी छोडदा कम मात्रामा छोडनु पर्ने कालिकामाई गाउपालिका वडानम्बर २ गदियानीका उपेन्द्र तिवारीले बताएका छन । अब अधिकांशत किसानहरुले दलहन र तेलहन बाली पनि खेतमा छरिसकेकाले पानीको मात्रा कि त क कम गर्नु पर्ने नत्र बन्द नै गर्नु पर्ने किसानहरु बताएका छन ।

पानी खेतमा धेरै मात्रामा रहेकोले दलहन र तेलहन बाली लगाउन पनि ढिलाई भईरहेको किसानहरुको तर्क छ । अधिक पानीका कारण कृषकहरु पानीलाई खेतमा नराखी नदि र खोलामा झार्ने काम गरेकोले बेकारमा पानी नोक्सान भईरहेकोले नहरमा पानी अब नछोडदा नै बेस हुने कृषकहरु बताएका छन ।

ड्राइपोट-तिलावे सडकको निर्माण कार्य नहुदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य

वीरगंज, ४ कात्तिक ।

ड्राइपोट-तिलावे सडकको निर्माण कार्य नहुदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छ्न । निर्माणको क्रममा रहेको वीरगंजलाई पर्सा जिल्लाको सबै स्थानिय तह संग जोडने मुख्य सडक धुलाे मै भएका कारण यात्रुहरू जाेखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन ।
सडक बनाउन जिम्मा पाएका पप्पु कन्स्ट्रक्सनको लपर्वाहीका कारण बाटो धुलो मै भएको छ । लामो समय देखि बाटो निर्माणको क्रममा रहेको सडकको निर्माण कार्य पप्पु कन्स्ट्रक्सनले पूरा नगर्दा बाटो धुलो मै भएका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छ्न ।
धुलो मै भएको बाटोमा यात्रा गर्ने यात्रुहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहदा पनि सम्बन्धि निकाय मौन छ । केही समय पहिला नेवि संघले बाटाे निर्माण कार्य पूरा गर्न मांग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई ज्ञापन पत्र बुझाए पनि निर्माण कार्य अगाडि बढन सकेको छैन ।

जीराभवानी गाउँपालिकामा छैटौँ परसवा गोल्डकप फूटबल प्रतियोगिता सुरु

0

पर्सा,  ३ कात्तिक ।

पर्साको जीराभवानी गाउँपालिकाकाे वडा नं. ३ मा आज देखि छैटौँ पर्सवा गोल्डकप प्रतियोगिता सुरु भएको छ ।पर्सवा खेलमैदानमा सुरु भएकाे प्रतियोगिताको प्रदेश न. २ का मुख्यमंत्री लालवावु राउत गद्दीले एक भब्य कार्यक्रमका बीच उद्घघाटन गर्नुभएको छ।

प्रमुख अतिथी मुख्यमंत्री लालवावु राउत गद्दीले केन्द्र सरकारले खेल प्रति खासै महत्त्व नदिएको भन्दै आफ्नो सरकारले परसवामा रंगशाला निर्माण गरेर खेल क्षेत्रको उत्थान गर्ने घोषणा गर्नु भयो । परसवा गोल्ड कपको उद्वघाटन समाहरोलाई संम्वोदन गर्दै अर्का अतिथि विधायक शंकर प्रशाद चौधरीले खेल र यस क्षेत्रको विकास गर्न आफू प्रतिवद्व भएको भन्दै परसवा गोल्ड कपलाई रु १ लाख दिने घोषणा गर्नु भएको थियो ।

पर्सवा गोल्ड कपको संयोजक सागर गौरवको सभापतिमा भएको कार्यक्रममा प्रदेश न २ विधायक सिहासन कलवार, जिराभवानी गा.पा. प्रमुख रामप्रित महत्तो, पूर्व सासंद जयप्रकास थारु, पटेरवा सुगौली गापाको उपप्रमुख ममता देवी चौधरी तथा स्थानीय समाजसेवी, राजनितिक दलका कार्यकर्ताहरु को उपस्थित रहेकाे थियो ।

मुख्यमंत्री गद्दिद्वारा फुटवललाई खुट्टाले हानेर उद्वघाटन गर्नुभएको कार्यक्रममा बाजागाजा झाकी तथा हरियाली महिला समुह माडीले थारु संस्कृति झल्कने लोक नृत्य प्रदर्शन गरि दर्शकमहानुभावलाई मनोरन्जन गराएको थियो ।

यसै बीच सेढवा ( जिराभवानी गा.पा. ) र देउरीया ( पटेरवा सुगौली गा.पा.) विच भएको उद्घाटन खेलमा देउरियाले सेढवालाई ५=० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेल सुरुभएको दश मिनेट नपुग्दै देउरीयाले सेढवालाई एक गोल गर्दै खेलमा अग्रता कायम गरेको थियो ।

त्यसपछि दबाबमा परेको सेढवाले खेललाई बराबरीमा ल्याउने प्रयास गरेको भएपनि त्यो सफल हुन सकेन र थप २ गोल खादै सेढवा हाफ टाईमा नै ३ गोलले पछि परेको थियो।मध्यान्तरपछि देउरीयाले थप २ गोल गर्दै सेढवालाई जम्मा ५=० गोल अन्तरले पाखा लगाएको थियो ।

न्युन्यु एभरेस्ट क्लब परसवा द्वारा आयोजित प्रतियोगितामा विजेताले रु २ लाख नगद र ट्रफी साथै उपविजेताले रु १ लाख नगद र ट्रफी प्राप्त गर्ने आयोजकले  जनाएको छ ।

महुवनमा अायाेजित  पुरुष भोलिबल नटआउट टुर्नामेन्ट प्रतियोगिता सम्पन्न

पर्सा, ३ कात्तिक । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाकाे वडा न ५, महुवनमा अायाेजित  पुरुष भोलिबल नटआउट टुर्नामेन्ट प्रतियोगिता सम्पन्न भएको  छ । पारस नाथ खेलकुद बिकास समितीले आयोजना गरेको ५ दिने भोलिबल नटआउट टुर्नामेन्ट अाज सप्पन्न भएको हो ।

प्रतियोगिताको बिजेता भारत बिहारको धमवरा भएको छ । नेपालको शुगौली र भरतको धमवरा वीर शनिबार फाईन खेल भएको थियो । प्रतियोगिताको बिजेता धमवरालाई रु २० हजार र उप बिजेता सुगौलीलाई रु १० हजार पुरस्कार समेत दिईएको स्थानिय शुनिल जयशवालले वताए ।

पारसनाथ खेलकुद बिकास समिती महुवनका अध्यक्ष बेद प्रकाश प्रसाद रौनियारको अध्यक्षतामा र प्रदेश न २ का मुख्य मन्त्री लाल बाबू राउत गद्दिको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमका पर्सा क्षेत्र न ३ का सांंसद हरिनारायण प्रसाद रौनियार,  प्रदेश सभा सदस्य प्रह्लाद गिरि  , सिनगासन साह कलवार , जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अन्सारी, संघीय समाजबादी फोरम नेपालका केन्द्रिय सदस्य बिरेेेन्द्र यादव, सखुवा प्रसाैैैनी गाउँपालिका अध्यक्ष प्रदिप जयसबाल, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायतकाले बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

पोखरीमा मारिएको माछा

पकहा मैनपुर गाउँपालिकाको मैनपुर स्थित पोखरीमा मारिएको माछा । तस्बिर : कालिका टाइम्स

नगवा पोखरी सफाइ अभियानको पाँचौ सप्ताह पनि सरसफाइ

वीरगंज, ३ कात्तिक ।
नगवा पोखरी सफाइ अभियानको पाँचौ सप्ताह पनि आज पोखरीको सरसफाइको गरिएको छ । दशै मेलाको कारण पोखरीमा नै अधिकतम फ़ोहोर फालिएको थियो तै पनि एकदमै न्युन सहभागीतामा केहि सहभागीतामा सरसफाई गरिएकाेे युुुुवा नेता ओमप्रकाश सराफले वताए ।

सरसफाई अभियान अन्तर्गत कार्यक्रम हरेक सनिवार बिहान 7 बजे देखि हुँदै आएको छ र जारी नै रहने सरसफाई कार्यक्रममा सहभागी समाजिक अभियान्ता प्रकाश थारुले वताए ।

आ-आफ्नो टोल, गाउँ, ठाउँको जल सम्पदालाई स्वक्ष बनाउन अग्रसर होऔ, फोहर निश्चिति ठाउँ मा नै फाल्ने बानीको बिकास गरौं र गराऔ नाराको साथ सरसफाई अभियान संचालन गरिएकाे शैलेन्द्र त्रिपाठीले वताए ।

नेकपाको पोखरियामा आयोजित शुभकामना अदानप्रदान कार्यक्रम  सम्पन्न 

पोखरिया, ३ कात्तिक । नेपाल कमुनिष्ट पार्टीको आज पोखरियामा शुभकामना अदानप्रदान कार्यक्रम  सम्पन्न       भएको छ । हिन्दुहरुको महान पर्व वडा दशै,  दिपावली र  छ्ठ पर्व उपलक्ष्यमा श्री जिल्ला उचाङ्गल उच्च मा .बि. पोखरियामा अायाेेेजित चिया पान तथा शुभकामना अर्दान प्रदान कार्यक्रम भब्य रूपमा सम्मपन भएको हाे ।

नेकपाका पाेलिटब्युरो सदस्य नागेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा पूर्ब संसद राजकुमार गुप्ता, प्रतिनिधि सभा सदस्य शेखचान्द तारा, नेता प्रधुमन चौहान, छोटेलाल यादव , रामचन्द्र साह,   बसुरुधिन अंसारी , प्रभु हजरा, बलिराम साह , रामबाबू बैठा लगायतकाको उपस्तिथि रहेका थिए ।

भगवान प्रसाद कुर्मी र पन्नालाल पटेल अध्यक्षतामा भएको  कार्यक्रको संचालन मनोज प्रसाद कुर्मीले गरेका थिए ।