Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

सेनाद्वारा हावाहुरी प्रभावितलाई घर हस्तान्तरण

spot_img
spot_img

वीरगञ्ज १८ भादौ ।
गत चैत्र १७ गते पर्सा र बारामा आएको हुरीका कारण विस्थापितलाई नेपाली सेनाले बनाइदिएको घर बुधवार हस्तान्तरण गरेको छ । नेपाली सेनाको जनता आवास कार्यदलले पर्सामा निर्माण गरेको ६२ र बारामा ८०७ वटा घर हुरीपीडितलाई हस्तान्तरण गरेको हो । रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले घरको स्थलगत निरीक्षण गरी घर हस्तान्तरण गरेका छन् ।
हुरीले पर्सा र बारामा ठूलो क्षति र्पुयाएपछि चैत्र २१ गते मन्त्रिपरिषद् बैठकले हुरीपीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो निर्णयपछि पर्सा र बारामा आएका नेपाली सेनाले बैशाख २१ गते शिलान्यास भएपछि घर निर्माणको काम थालेका थिए । घर निर्माणका लागि बारामा मात्रै झण्डै तीन हजार सेना खटिएका थिए । सेना १२ समूह बनाएर घर निर्माणमा जुटेका थिए ।


रक्षा तथा उपप्रधानमन्त्री पोखरेल, उपप्रधानमन्त्री उपेन्द्र यादवसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रमुख र मुख्यमन्त्रीसहित १२ जनाले बारा र पर्सामा एकसाथ घरको शिलान्यास गरेका थिए। सेनाले बारा र पर्सामा गरी ८८१ घर निर्माण थालेको थियो। केही घरमा विवाद देखिएपछिसेनाले सय ८६९ घरको काम सुरु गरेको थियो । हुरीका कारण २९ जनाको मृत्यु भएको थियो भने एक हजार भन्दा बढी घरमा क्षति र्पुयाएको थियो। क्षति संकलनमा नाम छुटेकाको घर निर्माण हुन सकेको छैन्। नाम छुटेका कारण घर पाउनबाट बञ्चित पीडित अझै टेन्टमा बस्न बाध्य छन्। बारामा मात्रै ५५६ जनाको नाम छुटेको भन्दै विरोध प्रदर्शनसमेत भएको थियो। सामान्य क्षति भन्दापनि पूर्णरुपमा घरबिहीन बनेका पीडितको तथ्यांक संकलन गरी घर निर्माणको कामलाई दोस्रो चरणमा अघि बढाइने प्रमाणिकरण गर्दा ४८ प्रतिशत घर संख्या घटेको नेपाली सेनाले जनाएको छ ।
दर्ता छुट भएका प्रभावितको निवेदन संकलन, स्थानीय जनप्रतिनिधि, क्लस्टर कमाण्डर र स्थानीय प्रहरी प्रमुखको टोलीले प्रमाणीकरण गर्दा २ सय २ जना वास्तविक पीडित छुटेको पाइएको थियो ।
घर निर्माण गर्दा विनियोजित रकममा ५३ दशमलब ८३ प्रतिशत बचत भएको नेपाली सेनाले जनाएको छ । विभिन्न जनहितको कार्यसमेत समावेश गरी शुरुमा विनियोजित रकमबाट आधा खर्चमा काम पुरा भएको दावी उसले गरेको छ ।
नेपाली सेनाको निर्माण कार्यदलले दिएको जानकारी अनुसार सेनालाई १४ सय ५३ घर बनाउन सरकारले ८२ करोड १८ लाख ९० हजार ३ सय ४३ रुपैयाँ निकासा गरेको थियो । तर ८६९ वटा मात्रै घर निर्माण गरिएपपछि रकम वचत भएको हो ।
घर निर्माणमा ४४ करोड २४ लाख ५५ हजार ८ सय ९६ रुपैयाँ खर्च हुने देखिएको कार्यदलका कमाण्डर विनयबिक्रम राणाले बताए । मन्त्रिपरिषदले एउटा घर निर्माण गर्न ५ लाख ४५ हजार ९ सय ८५ रुपैयाँ ८८ पैसा छुट्याए पनि ४ लाख ८४ हजार ८ सय ८८ रुपैयाँ लागेको उनको भनाइ छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिथिला क्षेत्रमा बढ्यो ‘दशहरा’को चहलपहल, शक्तिपीठमा घटस्थापनाको तयारी

महोत्तरी । नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै मिथिला क्षेत्रमा ‘दशहरा’को चहलपहल बढेको छ। शारदीय नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा महोत्तरीसहित मिथिलाका विभिन्न देवी...

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन जना घाइते

बारा । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा...

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...