Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1089

जगरनाथपुरको दोस्रो गाउँ सभा सम्पन्न, ३९ करोड बराबरको बजेट तथा कार्यक्रम तय

पर्सा, १९ कात्तिक ।
जगरनाथपुर गाउँपालिकाको दोस्रो गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएका गाउँ सभाले आ.व. २०७५/०७६ को अनुमानित जम्मा आय ३८ करोड ९१ लाख २७ हजार बराबरको बजेट तथा कार्यक्रम तय गरेको छ । जस मध्य सर्शत तर्फ ११ करोड ९ हजार, पुजिगत तर्फ १७ करोड रहेको प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले वताए । यस्तै शिक्षा तर्फ ५० लाख, समाजिक तथा आर्थिक विकास तर्फ १ करोड ३८ लाख, विपत व्यस्थापन तर्फ ५० लाख, स्वास्थ्य तर्फ ५० लाख बजेट छुट्टयाइएको अधिकृत कुशवाहाले जानकारी गराए ।

यस बर्ष मुख्य गरी दसवता गाउँको छेउमा रहेको नदिमा तटबन्ध निर्माण, गाउँपालिकाको आन्तिरिक आम्दनी बढाउन स्टाभेटर खरिद, दलित समुदायको बस्तीमा सोलार जडान, सामुदायिक भवन निर्माण, गाउँपालिका तथा वडा कार्यालयहरुमा इन्टरनेट जडान, सिचाईमा सहजताको लागि कृषकहरुलाई पम्पीसेट तथा टियुबेल वितरण लगायतको कार्यक्रम तय गरीएको गाउँपालिका अध्यक्ष जालिम मियाँले वताए ।

यस्तै श्री ने.रा. मा.वि. मसिहानीलाई १० प्लस २ बनाइने र गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरु फर्निचरको व्यवस्था गरिने योजना रहेको अध्यक्ष मियाँले जानकारी गराए । गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुरमा भएको गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष बिस्मिल्लाह खातुनले आ.व. २०७५/०७६ को पारित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिन । आइतबार सांझ अबेर सम्म सम्पन्न गाउँ सभामा गाउँ सभाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको र सर्व सहम्मत गाउँ सभा सम्पन्न भएको वताइएको छ ।

आकाश एफएमले पनि धनतेरसको दिन धनबर्षा कार्यक्रम संचालन गर्ने

बीरगंज १८ कात्तिक ।
आकाश एफएम १०१.९ मेगाहर्जले नेपालीहरुको चाड पर्वलाई मध्य नजर गर्दै भोलि सोमबार धनबर्षा कार्यक्रम संचालन गर्ने भएको छ । एफएमले धनतेरसको अवसरमा धनवर्षा कार्यक्रमको आयोजना गर्न लागेको र त्यसको सम्पुर्ण तयारी पुरा भएको एफएमका एमडि आशिक अंसारीले बताउनुभयो ।

एफिएमको स्टुडियोमा रहेको टेलिफोन नम्बर ०५१–५२८२० मा सम्पर्क गरी सहभागिता जनाउने सवै श्रोताहरुलाई चांदीका सिक्का, भाडाकुडा, मोबाइलको रिचार्ज कार्ड, पुजाको सामग्री लगायत थुप्रै आकर्षक उपहारहरु प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम बिहान १०.०० देखि सांझ ५ बजेसम्म संचालन गरिने भएको छ । कार्यक्रमको शुभरम्भमा पंडित पुरुषोत्तम दुबेले धनतेरस, दिपावलीको बारेमा चर्चा गरिने जानकारी दिनु भयो । विदेशमा रहेका नेपालीहरुकोलागि ह्वाटसएप नं. ९८४५५५५६५५ बाट सहभागीता जनाउन सकिने एमडि अंसारीले बताउनु भयो ।

बिरगंज महानगरपालिका तथा व्यस्थित बिरगंजका अभियानताहरुमा सरोज चौरसियाको आग्रह

बिरगंज महानगरपालिका भित्र बिगत केहि वर्षा देखि सवारी साधनको चाप निकै बढेको देखिन्छ । मुख्य बजार छेत्र भित्रक प्राय जसो मुख्य सडक, सहायक बाटो तथा गल्लीहरुमा सवारी साधानको अत्याधिक चाप बढेको छ । त्यहि बढदो सवारी चापको बिचमा इ रिक्सा तथा अटो रिक्शाहरुले झन् त्यहि व्यस्त सडक तथा गल्ली भित्र पसेर सारा बाटो नै अवरोध गरि स्थानिय ब्यापारी तथा पैदल किनमेल गर्नेहरुको लागि ठुलो चुनौती खडा गरेको देखिन्छ ।

रानीघाट देखि घन्टाघरको बाटो, गौशाल्ला देखि पानमण्डीको बाटो , लिंक रोड देखि मिनाबाज़ार र गहवा २ नं. रोडको बाटो, लोहारपट्टी देखि आदर्शानागारको बाटो लगायतका सहयाक सडकहरुको अवस्था एकदमै दैनिया र जतिखेर पनि जाम भएको हुन्छ । अनि जाम पनि यस्तो कि पैदल यात्रुहरुलाई समेत त्यस सहायक बाटो मार्फत आवत जावत गर्न कठिनाइ हुने गारेको छ ।

यी सबै त सधै भरि देखिने सामान्य समस्याहरु हुन् , हरिबिजोग त तब हुन्छ जब चाड बाडको बेला हुन्छ । मुख्य बजार भित्र जहा पस्यो त्यहि अव्यवस्थित पार्किङ्ग, पैदल हिड्ने गल्लीहरुमा इ रिक्शाको भीड, चार चक्के अन्य सवारीसाधनहरुको भिड, त्यहि बीचमा सडक ब्यापारीहरुको चापले गर्दा स्थानिय बजार पूर्ण रुपले प्रभावित भएको देखिन्छ ।

ई सबै समस्याहरुलाई देख्दा , कहिँ न कहिँ हामी लगायत सरोकार वाला निकायहरुले कमसे कम मेला अथवा चाड बाडको बेला साना तथा स्थानिय सार्वजानिक सवारीहरुको व्यवस्थापन गर्न आवस्यक देखिन्छ । बिरगंजको घण्टाघर देखि गिता मंदिर, माइस्थान, मिना बज़ार, लोहारपट्टी, आदर्शनगर, बजार छेत्र भित्रको मेनरोड लगायतका सहायक सडकहरु भित्र इ रिक्सा, अटो रिक्शा लगायतका सवारीहरूलाइ प्रबेसमा रोक लगाई पैदल हिडी किनमेल गर्ने माहोल बनाउन आवस्यक देखिन्छ ।

यसले चाडबाडको बेला व्यस्त बजार एवं सडकमा सवारी साधनको चाप घट्नेछ र स्थानिय बजार समेत प्रवर्धन हुनेछ । आफ्नो किनमेल सकेपछि व्यस्त बजार बाहिरबाट सवारी साधान मार्फत आफ्नो गन्तब्य तर्फ लग्न सकिने छ ।
यस्ता प्रयासहरु नेपालका थुप्रै सहरहरुमा प्रसस्तै देख्न सकिन्छ ।

सराेज चाैरसिया (नेता, नेवि संंघ )

तिन बुंदे घोषणा पत्र जारी गर्दै भिजिट मधेस नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

वीरगंज, १८ कार्तिक 
“मधेसको भ्रमण नगरी नेपाल भ्रमण पुरा हुदैन” भन्ने मुल नाराका साथ भिजिट मेधस नेपालको दुई दिने राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको छ । कार्तिक १६ गते शुरु सम्मेलन तिन बुंदे घोषणा पत्र जारी गरी सम्पन्न भएको छ । सम्मेलनले तराई मधेसमा पर्यटन प्रवद्र्धनको लागि नयाँ उमंगका साथ उत्साह पुर्ण वातावरण तयार गर्न महा अभियान संचालन गर्ने, पर्यटकिय स्थलहरु/एतिहासिक पुरातात्विक धरोहरहरु तराई मधेसका मौलिक संस्कृति,भाषा एवं तराई मधेसका हरेक किसिमका पर्यटकिय सम्भाववनाहरुलाई विश्वव्यापी रुपमा डिजिटल प्रविद्धिबाट(वेव साईट र मोवाइल एप्सहरु) उजागर गर्ने र यो महा अभियानमा ग्लोबल मधेसीहरु, तिनै तहका सरकारहरु लगायत सम्बन्धित एवं ईच्छुक सवै पक्ष संग सहकार्य र समन्वय गर्ने निर्णय गरेको छ ।

सम्मेलनको सत्रहरुमा यस अभियानका ग्लोबल संयोजक राज सर्राफले यो अभियानको सन्र्दभमा विश्वव्यापी रुपमा जारी बिविन्न गतिबिधिको बारेमा भिडियो कन्फ्रेन्सको माध्यमले सहभागि प्रतिनिधिहरुलाई अवगत गराएका थिए । अभियानका राष्ट्रिय संयोजक ओमप्रकास सर्राफले अभियानको उद्देश्य , योजना र नितिको बारेमा प्रशिक्षण दिएका थिए । सर्राफले मधेसका पर्यटन क्षेत्रहरु ओझेलमा परेको भन्दै त्यसलाई विश्वसामु ल्याउन आफनो अभियान लागि पर्ने बताएका थिए ।

पर्यटन क्षेत्रले आर्थिक ,समाजिक ,साँस्कृतिक क्षेत्रमा महत्वपुर्ण योगदानदिने र तराई मधेसको पहिचानलाई अझ उजागर बनाउने भएकोले यो अभियानलाई विश्वव्यापिकरण गरिएको जानकारी दिए । प्रशिक्षण सत्रमा तराई मधेसका पर्यटकिय बहुआयमको बारेमा बरिष्ठ पत्रकार चन्द्रकिसोर झाले प्रशिक्षण दिएका थिए ।

सम्मेलनको उद्घाटन सत्रमा तराई मधेसका झापा देखि कञ्चनपुर सम्मका २२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मेलन प्रदेश नम्बर २ का पर्यटन राज्यमन्त्री सुरेश कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । राज्यमन्त्री मण्डलले यो अभियानले तराई मधेसको काय पलट हुन सक्ने सम्भावना रहेकोले यो अभियान संग प्रदेश सरकार सहकार्य गर्न आतुर रहेको बताए । 

नारायणी सिचाई जल उपभोक्ता संस्था व्लक नं. २, हरिहरपुरको कार्यालय उदघाटन

पर्सा, १८ कात्तिक ।
नारायणी सिचाई प्रणाली जल उपभोक्ता संस्था ब्लक नं. २, हरिहरपुर कार्यालय भवनको आज उदघाटन भएको छ । कालिकामाई गाउँपालिकाको वडा नं. ३, हरिहरपुरमा निर्माण भएको भवनको आई.डब्लु.आर.एम.टि. का प्राजेक्ट मनेजर शशी बहादुर बिष्टले उदघाटन गर्नु भयो ।

कार्यालय भवनको उदघाटन गर्दै मनेजर बिष्टले ब्लक नं. २ अन्तर्गतका ३ हजार हेक्टर जग्गा र ७० हजार मानवको भरनपोषणको जिम्मेवारी जल उपभोक्त समितिलाई रहेकोले इमन्दारी पूर्वक जिम्मेवारी निभाउन आग्रह गर्नु भयो ।

जल उपभोक्ता समिति बलक नं. २ का अध्यक्ष कुशुम देवी कलवारको अध्यक्षतामा भएको उदघाटन समाहरोहमा कार्यक्रमका विशिष्ट अतिथी उमेश सजकार, इन्जिनियर सुबोद्ध कुशवाहा, सुरेश प्रसाद साह, समितिका उपाध्यक्ष श्याकिशोर चौहान, सचिव मदन ठाकुर लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन प्रभु पटेलले गर्नु भएको थियो भने कार्यक्रका अतिथीहरुलाई स्वागत दिनेश प्रसाद कलवारले गर्नु भएको थियो । २४ लाखको लागतमा २ तल्ले ३ वटा कोठा र एउटा हल भएको भवनको निर्माण भएको जल उपभोक्ता समितिका सदस्य ताजिन्द्र साहले वताए ।

शसस्त्र प्रहरी द्वारा अबैध सामान सहित एक जना पक्राउ

वीरगंज, १८ कात्तिक ।
भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको रु ३ लाख ७ हजार बराबरको लत्ताकपडा, स्ट्रिलका भाडा, पलाष्ट्रि झोला र ई. रिक्सा सहित एक जना ब्यक्तिलाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।

शसस्त्र प्रहरी गुल्मबाट प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काको कमाण्डमा खटिएको डियुटी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. २, छपकैया निवासी बर्ष ३५ का सपिक अंसारीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले वीरगंज १६, रजतजयन्ती इलाकाबाट चेकजाच गर्ने क्रममा ना. १ ह. ५३५४ नम्बरको ई. रिक्सामा लोड गरि चोरी पैठारी गरी ल्याउदै गरेको सामान सहित अंसारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काले वताए ।

आइतबार विहान विहान ८ः४५ बजेको समयमा पक्राउ गरि आवश्यक कर्वाही प्रक्रिया अगाडी बढाउन भन्सार कार्यालय वीरगंज बुझाएको प्रहरी नायब उपरिक्षक खड्काले वताए ।

६ महिला सहित सयजनाले गरे रक्तदान

0

वीरगंज,१८ कात्तिक ।
वीरगंजमा आयोजीत रक्तदान कार्यक्रममा ६ महिला सहित सयजनाले रक्तदान गरेका छन् । पब्लिक फिटनेस सेन्टरले वीरगंजको माईस्थानमा रहेको ग्रीन पार्कमा आयोजना गरीएको थियो । रक्तदान कार्यक्रममा चण्डी प्रसाद गण वीरगंजका प्रमुख सिर्जन बहादुर मल्ल,पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल,सशस्त्र प्रहरी उपरिक्षक प्रेम ध्वज शाह,रक्तदान संगठन पर्साका अध्यक्ष शत्रुधन नेपाल,वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि वीरगंज उद्योग वाणीज्य संघको केन्द्रीय सदशय गणेश लाठले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । राष्ट्रिय खेलाडी करण यादवको संयाजेक्तव तथा गोवीन्दा यादवको सभापतित्वमा सम्पन्न भएको थियो रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभराज पौडेलले जानकारी दिएका छन् । कार्यक्रममा समन्वय अरविन्द सिंह र राजन श्रीवास्तवले गरेका थिए ।

नारायणी उपक्षेत्रीय अस्पताल चिकित्सक, कर्मचारीको कमाइको भाँडो : पूर्वअध्यक्ष गुप्ता

वीरगंज, १८ कात्तिक /
नारायणी उपक्षेत्रीय अस्पताल चिकित्सक, कर्मचारीको कमाइको भाँडो मात्र बनेको अस्पताल विकास समितिका पूर्वअध्यक्ष विनोद गुप्ताले बताएका छन् । नेपाल पत्रकार महासङ्घ पर्साको भवनमा शनिवार पत्रकार सम्मेलन गरी स्वेतपत्र जारी गर्दै उनले यस्तो दुःखेसो पोखेका हुन् । पाँच पन्ने श्वेतपत्र जारी गर्दै पूर्वअध्यक्ष गुप्ताले सशक्त प्रशासकको अभावमा अस्पताल दिन प्रतिदिन थलिंदै गएको बताए ।

 “सरकारले हाल अस्पताल विकास समिति विघटन गरी प्रदेश सरकारको जिम्मा दिएको छ । प्रदेश सरकारले संरचना तथा कानून बनाएपछि अस्पताल विकास समिति आउँछ कि आउँदैन त्यो पछिको कुरा हो,” पत्रकार सम्मेलनमा गुप्ताले १२९ वर्षे अस्पतालमा आजको दिनमा दैनिक एक हजार बिरामी उपचारको लागि आउने गरे तापनि नेपाल सरकारको तर्पmबाट यस वर्षको बजेटमा एक रुपैयाँ पनि नाउक्षेलाई विनियोजन नगर्नु दुःखको कुरा भएको बताए ।

तोकिएका कर्मचारी तथा चिकित्सकको दरबन्दीभन्दा ७५ प्रतिशत कम जनशक्ति अस्पतालमा रहेको भन्दै कर्मचारीको सिन्डीकेट अभैm पनि जारी रहेको उनको भनाइ थियो । चिकित्सक तथा कर्मचारीहरूले नियुक्ति एक क्षेत्रमा लिने र काम अर्को क्षेत्रमा गर्ने, अस्पतालको मेशिन तथा प्रविधिलाई खराब पार्ने, शौचालयको सफाइ नगर्ने, टोकन वितरण गर्ने मेशिन बन्द गर्ने, डिजिटल हाजिरी नगर्नेलगायतका विकृतिहरू रहेको उनले बताए ।
अस्पतालको फिजिओ थेरापीका चिकित्सकहरूबाट महीनाको २०० रुपैयाँ पनि फाइदा नभएको, थाइराइडका अन्य चेकजाँचको प्रविधि पनि बन्द भएको, एम्बुलेन्स सेवा प्रभावकारी र उपयोगी बनाउन नसकिएको, मेडिकल अधिकृत भएर पनि बाहिर क्लिनिक बोर्डमा कन्सल्टेन्ट विशेषज्ञ नारायणी लेख्ने जस्ता विकृति, अस्पतालबाहिरका ठेलापसलेहरूले बाहिरका क्लिनिकमा बिरामी पठाउनेलगायतका निकृष्ट कामहरू भइरहेको गुप्ताले बताए ।
उनले अस्पतालको वातावरण सुधार गर्न र त्यहाँको विकृति तथा वातावरण सुधार गर्न सहयोग गरेको बताए । गुप्ताले आप्mनो कार्यकालमा एकजना कर्मचारी करारमा नियुक्त नगरेको, ११ जनाको जागीर खाएको, अस्पतालबाहिरको औषधिपसल बन्द गराएको, विचारी यादवको अनुदानको रु २४ लाखको जेनेरेटर अनुदान पाएको, पाकिस्तानी दूतावासको एम्बुलेन्स अनुदान ल्याएको, ३ वटा डाइलेसिस मेशिन सञ्चालन गरेको, शौचालयको टङ्की सफा गरेको, फुटाइएको पाइप मर्मत गराएकोलगायतका कामहरू गरेको बताए । आउँदो दिनमा पनि अस्पतालको वातारण सुधारको लागि खटिरहने उनले बताए ।

उनले अबको जोड अस्पताललाई १००० शैøयाको अस्पतालको लागि वीरगंज महानगर, प्रदेश सरकार, सङ्घीय सरकारलगायतले सहयोग गरी स्तरोन्नति गर्न आग्रह गरे । उनले हालको अवस्थामा प्रदेश सरकारको तर्पmबाट २० करोड रुपैयाँ अनुदान पाएको तर भवन निर्माणको लागि नभई मर्मतसम्भार तथा स्तर सुधारको लागि भनिएको छ, तर स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ को चिकित्साको अध्ययनका लागि सप्तरीको गजेन्द्रनारायण स्वास्थ्य प्रतिष्ठान स्थापनाको चर्चाले वीरगंजवासी दुःखी भएको पनि बताए ।
पत्रकार मनोज पटेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा वीरगंज कलेजका दिलीप चौधरी,  ठाकुर राम बहुमुखी क्याम्पसका प्रमुख प्रमोद कुशवाहाले मन्तव्य व्यक्त गरेका थिए ।

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ महानगरको अध्यक्षमा करन पटेल चयन

वीरगंज, १८ कात्तिक ।
अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ, महानगर समिति वीरगंज बिस्तार भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सभाहलमा भएको बैठकबाट करन पटेलको अध्यक्षतामा कमिटि बिस्तार भएको छ । जसको उपाध्यक्षमा उदयकान्त चौधरी, महिला उपाध्यक्ष प्रियंका ठाकुर, सचिव पाण्डव कटुवाल, सहसिचव जहिद हुसैन, कोषाध्यक्ष चन्द्रकिशोर राम, सहकोषाध्यक्ष सबिता साह, त्यसैगरी सदस्यहरुमा जयमंगल कुशवाहा, अनिषकान्त कुशवाहा,  संगिता केसी लगायत २१ सदस्यीय रहनु भएको छ ।
संयोजक करन पटेलको सभापतित्वमा भएको बैठकमा प्रमुख अतिथि नेकपा पर्साका सदस्य छोटेलाल यादव, त्यसैगरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको केन्द्रिय सचिव एवं प्रदेश नं. २ का सह संयोजक सुभाष चन्द्र गुप्ता, केन्द्रिय सचिवालय सदस्य एवं पर्सा जिल्ला अध्यक्ष छठु चौधरी, केन्द्रिय सदस्य कुन्दन गुप्ता, जिल्ला सचिव प्रदिप साह, गा.पा. संयोजक सुनिल कुर्मी, सेराज खान, शिवहरी तिवारी लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।
जिल्ला उपाध्यक्ष रुपलाल साहले सञ्चालन गर्नु भएको कार्यक्रममा जनस्वास्थ्यका रामविशाल यादव अवकास हुनु भएकोमा उहांलाई बिदाई समेत गरिएको थियो । कार्यक्रममा हिन्दूहरुको महान पर्व दीपावली एवं छठ पर्वको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

आईसीपी सञ्चालनको ६ महिना नबित्दै कालोपत्रे सडक भत्किएर जीर्ण

वीरगन्ज : एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालन भएको ६ महिना नबित्दै यसको भौतिक संरचनामा अर्को कमजोरी भेटिएको छ। कालोपत्रे सडक ठाउँ–ठाउँमा भत्किएर जीर्ण बनेको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका आईसीपी प्रमुख हेमेन्द्रविक्रम शाहीले भारतीय कम्पनी केएस सफ्नेट्स सोलुसनको लापरवाहीका कारण कालोपत्रे उप्किएको बताए । समितिले आईसीपी सञ्चालनको जिम्मा पाएको छ । भारत सरकारले १ अर्ब ३९ करोड भारु लगानी गरी अलौ सिर्सियामा आईसीपी बनाइदिएको थियो ।

प्रवेशद्वारबाट वीरगन्ज–पोखरिया सडक जोड्ने १ हजार १ सय ५० मिटर चार लेन सडक केएस सफ्नेट्स सोलुसनले निर्माण गरेको थियो। आठ स्थानमा खाल्डाखुल्डी परी कालोपत्रे र गिट्टी यत्रतत्र थुप्रिएका छन्। यसका कारण ट्रक, ट्यांकरलगायत मालवाहक सवारी साधन सडकछेउ भएर गुड्ने गरेका छन् ।

भारतले गत चैत २४ गते भवन हस्तान्तरण गरेको थियो। साढे दुई महिना पनि नबित्दै मुख्य भवन र चारवटा गोदामका छत चर्किएर चुहिन थालेका थिए। निर्माण कम्पनीले गत असारमा छत मर्मत गरिदिएको थियो। एक वर्षसम्म मर्मतको जिम्मा निर्माण कम्पनीकै हुने उनले बताए। ‘त्यस बेला पटक–पटक आग्रह गरेपछि मात्र छत मर्मत भयो’, उनले भने, ‘अहिले एक महिनादेखि सडकको कालोपत्रे पनि ठाउँ–ठाउँमा उप्किएको छ। यसको मर्मत पनि उसले नै गर्छु भनेको छ ।

कम्पनीका परियोजना प्रबन्धक सुभाषचन्द्र दासले भने सडक निर्माणका बेला कुनै त्रुटि नगरिएको बताए। ‘सडकमै पार्किङ गरिएका मालवाहक सवारी साधनबाट डिजेल चुहिएर कालोपत्रे उप्किएको हो’, उनले भने, ‘ सडक मर्मत हामी छिट्टै गर्छौं । सभार अन्पूर्ण पोष्ट