Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

दशैंको अवसरमा वीरगंजमा नाम मात्रको सस्तो बजार संचालन

spot_img
spot_img

वीरगंज । वीरगंजमा आज देखी नाम मात्रको सस्तो बजार संचालनमा आएको छ । दशैंको अवसरमा वीरगंज उद्योग वाणिज्य संघमा संचालनमा आएको सस्तो बजार नाम मात्रको रहेको बजार अवलोकन गर्नेहरुले गुनासो गरेका छन ।

उद्योग वाणिज्य संघको सहयोगमा संचालनमा आएको सस्तो बजारको भाउ बाहिरको बजार भाउ जस्तै रहेको वीरगंज रानिघाटका जय प्रकाश कुशवाहाले वताए । उनका अनुसार बाहिर चिनीको भाउ प्रति किलो रु ७५ रहेको छ भने उद्योग वाणिज्य संघमा लागेको सस्तो बजारमा रु ७४ प्रति केलो रहेको छ । प्रति किलो एक रुपयाको मात्र फरक रहेको छ ।

यस्तै सस्तो नामको बजारमा पाइने चामल, दाल, चाना, केराउ, सतुवा, तेल, अगरबती लगायतको सामग्रीको बिक्री दर बजार जस्तै भएको अर्का अवलोकनकर्ता वीरगंज श्रीपुरका राधेश्याम पटेलले वताए ।

उद्योग वाणिज्य संघको भवनमा लागेको सस्तो बजारमा १२ वटा स्टलमा विभिन्न सामग्रीहरु राखिएको छ । बजारमा राखिएको स्टलको लागि उद्योग वाणिज्यले ठाउँ मात्र उपलब्ध गराइदिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...