Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

यौन दुर्व्यवहारबारे प्रहरीले थाल्यो अनुसन्धान

spot_img
spot_img

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। सोमबार एक महिलाले महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकि थिइन्।

आरोप पछि त्यसको खण्डन गरेका महराले आज मध्यान्ह छानविनलाई सहयोग गर्ने भन्दै राजीनामा दिइसकेका छन् ।

यौन दुर्व्यवहार भएको भनिएकि महिलाको कोठामा रहेका सामानहरु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। यस्तै प्रहरीले कल डिटेल र सामाजिक सञ्जालमार्फत भएका कुराकानीबारे समेत अनुसन्धान थालेको छ।

सोमबार सञ्चारमाध्यमबाट ति महिलाले महराले रक्सीले मात्तिएर आफ्नो डेरामा आएर दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...