Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा

spot_img
spot_img

काठमाडौं । नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले सोमबार संघीय राजधानी काठमाडौंमा आयोजना गरेको समारोहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गरेका हुन् ।

नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा कार्यलाई सदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

सोमबारको घोषणासँगै नेपाल दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ भएको दाबी गरिएको छ । नेपालभन्दा २ दिन पछि (२ अक्टोबर) मा भारतले पनि आफूलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम छ ।

दक्षिण एसियामा सन् २००३ पछि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान शुरु भएको मानिन्छ । सन् २००३ को अक्टोबरमा बंगलादेशको ढाकामा दक्षिण एसियाका ८ वटा राष्ट्र नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सको खानेपानी तथा सरसफाई सञ्जालको संयुक्त बैठक बसेको थियो ।

त्यसपछि उक्त सञ्जालका बैठकहरु सन् २००६ को सेप्टेम्बरमा पाकिस्तानमा, सन् २००८ को नोभेम्बरमा भारतको दिल्लीमा, सन् २०११ को अप्रिलमा श्रीलंकामा बसेका थिए ।

दक्षिण एसियाली खानेपानी तथा सरसफाई सञ्जालको बैठकमा भएका निर्णयकै आधारमा नेपालले २०६८ सालमा सरसफाइ गुरुयोजना तयार गरी लागू गरेको थियो ।

उक्त योजना लागू भइसकेपछि तत्कालीन गाउँ विकास समिति (गाविस) र नगरपालिकासँगै जिल्लाहरुलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम शुरु भयो । पहिलोपटक खुला दिसामुक्त घोषणा भएको जिल्लामा कास्की पर्छ । कास्कीलाई २०६८ सालको असार १० गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...