Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

छोहडा सहित वीरगंजबाट एक भारतिय युवक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले छोहडा सहित एक भारतिय युवकलाई पक्राउ गरेको छ । भारत बिहार पन्टोका बर्ष १८ को लालु पासवानालाई नेपालबाट भारत तर्फ छोकडा लगि रहेको अवस्थामा वीरगंजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरापलिकाको वडा नं. १० आदर्शनगर स्थितबाट आइतबार दिउसो २ः३० बजे ६० किलो छोकडा सहित पासवानलाई नियन्त्रणमा लिई आपश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै पर्सा प्रहरीले भंसार छलीको कपडा समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भंसारी छली गैरकानुनी तवरले नेपाल भित्रयाइरहेको ३२ पिस कुर्ता सुरुवालको कपडा बरामद भएकोको जनाएको छ ।

वीरगंजको छपकैयाबाट आइतबार बरामद भएको कपडा जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कर्वाही र वीरगंज भन्सार बुझाउने कार्य भइरहेको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...