Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1090

छैटौं पर्सवा गोल्डकपकाे फाईनलमा सेढवा विजयी

0

वीरगंज, १८ कार्तिक ।

पर्साकै सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको छैटौं पर्सवा गोल्डकपको उपाधी साबिक बिजेता सेढवाले जितेको छ ।उसले फाइनलमा युनाइटेड बिरगंजलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको हो।

निकै रोमाञ्चक फाइनल खेलमा सेढवाले पहिलो गोल गरेर अग्रता कायम गरेपछि युनाइटेड दबाबमा परेको थियो । उसले लगातार खेललाई बराबरीमा ल्याउन प्रयास गरेको भएपनि सफल भने हुन सकेन । दबाबकै बीच जारी खेलमा सेढवाले अर्को गोल गरेपछि युनाइटेड थप दबाबमा पर्यो, र उसले एक गोल फर्काउन सफल भएपछि खेल २=१ को स्थितिमा चलिरहदा सेढवाले थप एक गोल गर्दै खेललाई ३=१ को स्थितिमा टुङ्ग्याे। यस संगै सेढवाले उपाधी यात्रामा दोस्रो पटक आफ्नो नाम लेख्न सफल भएको छ ।

याे जित संगै सेढवाले लगातार दोस्रो उपाधी चुमेको हो।सेढवाले नगद रु २ लाख र ट्रफी साथै युनाइटेड बिरगंजले नगद रु १ लाख र ट्रफी हात पारेको छ । बिजेता र उपबिजेतालाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जीराभवानी गाउँपालिकाका अध्यक्ष रामपृत महत्तो थारुले नगद र प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रमको समापन समारोहमा मावि विजयबस्तिका बिद्यार्थीहरुले समेत प्रस्तुति दिएका थिए ।

पर्सा ग्रामिण सूचना केन्द्रको चौथो साधारण सभा सुवर्णपुरमा सुरु

वीरगंज, १७ कात्तिक ।
पर्सा ग्रामिण सूचना केन्द्रको चौथो साधारण सभा आज सुवर्णपुरमा सुरु भएको छ । ठोरी गाउँपालिकाको वडा नं. ५ सुवर्णपुरमा सुरु भएको साधारण सभाको उदघाटन भएको छ । सुचना केन्द्रका अध्यक्ष आर.के. पटेलको सभापतित्वमा भईरहेको सधारण सभाको उदघाटन ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले गर्नु भएको छ ।

सखुवाठी प्रा.वि. सुवर्णपुरमा भईरहेको साधारण सभाको उदघाटन सत्रमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, जिराभवानी गाउँपालिकाका उप प्रमुख उषा चौधरी, पटेर्वा सुगौली गाउँपालिकाका उप प्रमुख ममता चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष के.सि. लामिछाने, पर्साका उपाध्यक्ष अनुप तिवारी, पुर्व अध्यक्ष सत्रुधन नेपालले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको संचालन माधव तिमिल्सिनाले गरेका थए भने स्वागत मन्तब्य प्रेम लामाले गरेका थिए । आज नै सम्पन्न हुने साधारण सभाले नयाँ कार्य समिति पनि चयन गर्ने बताइएको छ ।

पोखरिया नगरपालिकामा आज पनि सरसफाई

पर्सा, १६ कात्तिक ।
पोखरिया नगरपालिकाको वडा नंं. ४ र ५ मा आज पनि  सरसफाई गरिएकाे छ । हिन्दुहरुको महान पर्व दिपावली र छठ पुजाको अवसरमा नगरपालिकाको द्वारा संचालित  सरसफाई अभियान अन्तर्गत सरसफाई गरिएको आई.टि. अफिसर अरविन्द दुबेले वताए ।

पोखरिया नगर कार्यपालिका कार्यालय, पोखरियाको आयोजनामा भएको सरसफाई कार्यक्रममा मेयर दिपनारायण रौनियार, उप मेयर सलमा खातुन लगायतकाले आफै जाडु लिएर सरसाफाई गरेका हुन ।

सशस्त्र प्रहरीद्वारा भारी परिमाणमा पटका बरामद

राजन बानिया
पोखरिया, १६ कात्तिक ।
पर्साको जानकिटोलामा चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरको टोलीले अाज २० हजार बराबरको पटका बरामद गरेका छ ।

हिन्दुहरुको महान चाड पर्व दिपावली र छठ नजिकिएको कारण भारतिय ईनार्वा बजारबाट नेपाल तर्फ ल्याई रहेको अवस्थामा चेकजाँच गर्ने क्रममा पटका बरामद भएको सशस्त्र  प्र्रहरीले जन?कोो छ ।

बरामद  गरिएको पटाका स्थानिय अगुवा, राजनितिक कर्मी र प्रहरीको रोहबरमा बेस केम्पमा गाडिएर नस्ट गरििएको  शस्त्र प्रनि सोम श्रेष्ठले बताए ।

सशस्त्र प्रहरी द्वारा भारी परिमाणमा पटका बरामत

राजन बानिया
पोखरिया, १६ कात्तिक ।
पर्साकाे जानकिटोलामा चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरको टोलीले अाज २० हजार बराबर को पटका बरामद गरेका छ ।

हिन्दुहरुको महान चाड पर्व दिपावली र छठ नजिकिएको कारण भारतिय ईनार्वा बजार बाट नेपाल तर्फ ल्याई रहेको  अवस्थामा  चेकजाँच गर्ने क्रम भारि परिमाणमा पटका बरामद भएको छ ।

बरामद गरिएको पटाकालाई स्थानिय ,राजनितिक कर्मी र पत्रकारको  रोहवरमा बेस केम्पमा गाडिएर नस्ट गरेको सशस्त्र प्रनि सोम श्रेष्ठले बताए ।

श्री सुकई साह मा.वि.का विद्यार्थीहरुको समस्या सम्बन्धमा नेवि संघको ध्यान आकर्षण

वीरगंज, १६ कात्तिक ।
पर्साको क्षेत्र नं. ४ अन्तर्गत पर्ने कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारी स्थित रहेको श्री सुकई साह माध्यमिक विद्यालयका विद्यार्थीहरु संग आज नेवि संघले छलफल गरेको छ । विद्यालय मै पुगी विद्यार्थीहरुको समस्या बारे छलफल गरिएको नेवि संघ पर्सा क्षेत्र नं. ४ का अध्यक्ष विकास तिवारीले वताए । छलफलको क्रममा विद्यार्थीहरुको हक–अधिकार हनन तथा विद्यार्थीहरुले पाउनु पर्ने खेलकुद तथा शैक्षिक भ्रमणको बजेट नपाएको भेटिएको तिवारीले वताए ।

विद्यार्थीहरुले पाउनु पर्ने सेवा, सुविधा गाउँपालिकाबाट नपाएको र मांग गर्दा जनप्रतिनिधिहरुले एक अर्काप्रति दोशारोपन लगाउन गरेका कारण हाम्रो गम्भीर ध्यानआकर्षण भएको नेवि संघका नेता सरोज चौरसियाले वताए । विद्यार्थीहरुले आफ्नो अधिकार खोज्दा उल्टै अभद्र व्यवहार समेत भएको हामीहरुलाई विद्यार्थीहरुले भिडियो समेत देखाएका कारण हाम्रो गम्भीर ध्यान आक्रषण भएको चौरसियाले जानकारी गराए । यस्तो कार्य नरोकिए र विद्यार्थीहरुको अधिकारबाट बंचित गराइए हामीले आन्दोलन गर्न पनि बाध्य हुने उनले चेतावनी समेत दिए ।

स्थानीय तहसम्म पार्टि एकता चाँडै हुन्छ– नेता नेपाल

वीरगंज,१६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले नेपाललाई बिकाशको तर्फ तिव्र रुपमा अगाडी बढाएको बताएका छन । बाराको बिश्रामपुर गाँउपालिकाको ईटियाहीमा हिन्दुहरुको दोश्रो महानपर्व दिपावली र छठपर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दे नेता नेपालले देश बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाई ,दिदी बहिनी ,आमाबुवा, पार्टिका सुभचिन्तक ,शुभेच्छुक, नेता, कार्यकर्तामा सबैमा शुख शान्ति र समृद्धिको शुभकामना दिएका छन ।

नेकपाका बरिष्ठ नेता समेत रहेका नेपालले यसपालीको सरकारले जनताको हितमा काम गर्ने र गर्दे जाने बताएका छन । तराई मधेशको समृद्धिका लागि हुलाकी सडक, निजगढ अन्तर्राष्ट्रिय विमान स्थल, काठमाण्डौ तराई फास्ट ट्रयाक, वीरगंज काठमाण्डौ विद्युतिय रेल मार्ग, पूर्वपश्चिम रेल मार्ग जस्ता ठोस कार्यक्रम संचालन भएको र केही सञ्चालन हुने क्रममा रहेको बताउदै नेता नेपालले नक्कली पार्टीलाई साथ दिएमा जनताले दुःख पाउने बताए ।
नेता नेपालले दुई पार्टी बीचको एकता प्रक्रियालाई चाँडै नै स्थानीय तहसम्म पनि टुंग्याइने बताउनु भयो । उहाँले पार्टी भित्र केही असमझदारीहरु भएको स्वीकार गर्दै आन्तरिक छलफल गरेर चाँडै नै असमझदारीको अन्त्य गरिने स्पष्ट पारे । उहाँले नेता कार्यकर्ताहरु भावनात्मक रुपमा एकताबद्ध हुनु पर्नेमा जोड दिए । गरिब, निमुखा, दलित, मुस्लिम समुदायको आफनै घर होस् भन्ने, उद्देश्यले मधेशमा जनता आवास कार्यक्रम ल्याईएको बताउदै नेता नेपालले सबै जनताको विश्वासले नै नेकपाले दुई तिहाई बहुमत हासिल गरेको दाबी गरे ।
नेपाल कम्युनिष्ट पार्टि क्षेत्र नम्बर ४ (ख) का नेता धर्मदेव यादवको अध्यक्षता भएको कार्यक्रममा पुर्व सांसद नागेन्द्र चौधरी, पुरुषोतम पौडेल,राजकुमार गुप्ता, जयप्रकाश थारु, प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा , ज्वाला साह , सिता गुरुगं नेताहरु रामपाल यादव ,नविन यादव,अमर यादव लगायतका नेताहरुको उपस्थिीति रहेको थियो ।

पत्रकारलाई कानून बनाएर ठीक पार्नुपर्छ भन्ने सोच पराजित : अध्यक्ष आचार्य

वीरगञ्ज, १६ कात्तिक । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई कानून बनाएर ठीक पार्नुपर्छ भन्ने सोचलाई पराजित गर्न सफल भएको बताएका छन् ।

‘कतिपयले पत्रकारलाई कानून बनाएर ठीक पार्ने सोचे,’ उनले भने, ‘जे मन लाग्यो त्यही लेख्यो, पत्रकारिता गर्नु भनेको अपराध हो भन्ने जस्तै सोच कतिपय मानिसमा देखिएको छ ।’

उनले कतिपयले पत्रकारलाई अपराधी देखेको भन्दै पत्रकारलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताए ।

प्रेस काउन्सिलको सहयोगमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले आयोजना गरेको आचार संहिता जागरण कार्यक्रममा बोल्दै उनले सरकारले मुलुकी संहितामा भएको प्रावधान सच्याउने प्रतिवद्धता जनाएको बताए ।

पत्रकारबाट पनि गल्ती हुन सक्ने बताउँदै उनले गल्तीलाई सच्याउन र क्षमा माग्न कञ्जुस्याई गर्न नहुने बताए ।

प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईले मधेसका पत्रिका विभेदमा नपरुन भन्नेमा काउन्सिल सचेत रहेको बताए ।

सामाजिक सञ्जालका कारण चुनौती थपिएको बताउँदै उनले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान , पर्साका सचिव युवराज खडका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

लैंगिक हिंसा तथा रिपोर्टिङ्ग संयन्त्र सम्बन्धी कार्यक्रम सम्पन्न

0

वीरगंज, १६ कात्तिक ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई लैंगिक हिंसा तथा रिपोर्टिङ्ग संयन्त्र सम्बन्धी एक दिने क्षमता विकास तालिम शुक्रबार पर्सागढी नगरपालिकामा सम्पन्न भएको छ । तालिममा शुन्य सहनशिलता कार्यक्रमको संक्षिप्त जानकारी, विद्यालयमा हुन सक्ने हिंसाका प्रकार र न्युनिकरणका उपाय, घटना व्यवस्थापनका चरण र सिद्धान्तहरु, विद्यालयको कार्य योजना, नयाँ गुनासो सुनुवाई कार्यविधि २०७४, लैंगिक मैत्री संरचना, विद्यालयको आचार संहिता, बालबालिका सम्बन्धी ऐन कानुन आदि विषयमा प्रशिक्षण दिइएको थियो ।

सामाजिक संस्था जिल्ला समन्वय समितिद्वारा पर्सा जिल्लाको ५० विद्यालयमा संचालित सम्भव शुन्य सहनशिलता कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको कार्यक्रम संयोज रामनारायण साहले वताए । सामाजिक संस्थाको आयोजनामा भएको तालिममा १७ विद्यालयका ३४ जनाको सहभागीता उनले वताए ।

जनता मा.वि. पकडिया बढनिहारमा भएको तालिममा रेस्टलेस डेभलपमेन्टबाट अर्जुन भटराई, विकास थापा र जिल्ला कानुनी सहायता समिति पर्साबाट अधिवक्ता प्रेम कुमार साहले प्रशिक्षण दिएका थिए । यस अघि आयोजक संस्थाका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा र पर्सागढी नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत चेत प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको उदघाटन सत्रमा उपाध्यक्ष रामाकान्त पटेल, महासचिव रामप्रवेस साह लगायतकाको सहभागिता रहेको थियो ।

उदघाटन सत्र मै पर्सागढी नपामा अनुमोदन गर्नका लागि अध्यक्ष इब्राहिम देवानले प्रमुख प्रशासकिय अधिकृतलाई गुनासो सुनुवाई कार्य विधि २०७४ हस्तान्तरण गर्नु भयो ।

भिजिट मधेस अभियान सुरु, मधेसमा पनि पर्यटनको सम्भावना छ : राज्यमन्त्री मण्डल

 वीरगञ्ज, १६ कात्तिक । प्रदेश २ मा ‘भिजिट मधेस नेपाल अभियान’ सुरु भएको छ । ‘मधेसको भ्रमण नगरी नेपाल भ्रमण पूरा हुँदैन’ भन्ने सन्देशका साथ यो अभियानको सुरु गरिएको हो ।

काठमाडौं आउने विदेशी पर्यटकलाई तराई मधेसका जिल्लामा समेत आर्कषित गर्नका लागि भिजिट मधेस नेपाल अभियान सुुरु गरिएको संयोजक ओम प्रकाश सर्राफले जानकारी दिए । ‘मधेसमा पनि पर्यटनको सम्भावना छ तर जति पहल र प्रयास हुनुपर्ने हो भएको छैन,’ उनले भने, ‘हामीले यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर आन्तरिक र वाहृय पर्यटकलाई भित्र्याउन सहयोगी भूमिका निर्वाह गर्छौ ।’

भिजिट मधेस नेपाल अभियानले शुक्रबार पहिलो कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रदेश २ का पर्यटन राज्यमन्त्री सुरेश मण्डलले प्रदेश २ मा पनि पर्यटनको प्रचुर संभावना रहेको बताए । ‘गौतमबुद्धको जन्मभूमि, जनक, सीता र सलहेशको भूमि, ऐतिहासिक र धार्मिक दुवै हिसाबले मधेसको भूमि पवित्र भूमि छ,’ उनले भने, ‘युरोप, अमेरिका लगायतका देशबाट आउने पर्यटकलाई, सिम्रौनगढ, गढीमाई, जनकपुर लुम्बिनीमा अल्झाउन सकिन्छ । सकारात्मक ऊर्जासँगै प्रचारको आवश्यक छ । पर्यटकका लागि राम्रो खाना खाने, बास बस्ने र यातायातको सुविधा भने दिन सक्नुुपर्छ ।’

कार्यक्रममा बोल्दै वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले तराई मधेसमा पर्यटन क्षेत्रमा लगानी भित्र्याउन आवश्यक रहेको बताए । पर्यटन र कृषिलाई सँगै जोडेर अघि बढे प्रदेशको समृद्धिमा ठूलो योगदान पुग्ने उनले बताए ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत वीसी प्रधानले भारत र चीन जस्ता ठूलो देशको बीचमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालले पर्यटन भित्र्याउन आवश्यक पूर्वाधार मात्रै खडा गरे पुग्ने बताए । उनले जलविद्युत उत्पादन गर्नुको साथै पर्यटन प्रवर्द्धन गरेर नेपालले ठूलो लाभ लिन सक्ने बताए ।

पत्रकार चन्द्रकिशोरले मानिसहरुले राजनीतिक पहिचान पाएपछि फरक क्षेत्रमा पहिचान खोज्न सुरु गर्ने बताए । प्रदेश २ मा रहेका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसार आवश्यक रहेकोमा उनले जोड दिए । ग्लोबल विजनेश क्लेज वीरगंजमा भएको कार्यक्रमको सहजिकरण पत्रकार राजिन्द्र सिंहले गरेका थिए ।