Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

रेविज रोगबाट बाच्न भुस्याहा(छाडा) कुकुरहरुलाई रेविज खोप

spot_img
spot_img

बीरगंज । विश्व रेविज दिवसको अवसरमा भुस्याहा(छाडा) कुकुरहरुलाई निशुल्क रेविज खोप लगाउने कार्य आज देखी सुरु भएको छ ।

१३ औं विश्व रेविज दिवसको अवसरमा सोमबार देखी एशोसियसन अफ भेटेरिनरी प्राक्टिसनर पर्साको अयोजनामा भुस्याहा(छाडा) कुकुरहरुलाई निशुल्क रेविज खोज लगाउने कार्य सुरु गरिएको एशोसियन पर्साका सदस्य अरुण पटेलले वताए ।

एशोसियसन संग आवद्ध ५/५ जनाको तिन वटा पशु प्राविधिकहरुको समुह बनाएर सडक भुस्याहा कुकुरहरुलाई खोप लगाउने कार्य थालिएको पटेलले जानकारी गराए ।

वीरगंजको घण्टाघरमा एशोसियसन पर्साका कोषाध्यक्ष जय सुन्दर पालको नेतृत्वमा पावरहाउस चोकमा सचिव ललन साह रौनियार र बाराकाे बिश्रामपुर गाउँपालिकाको बिश्रामपुरमा सदस्य पटेलको नतृत्वको पशु प्राविधिकहरुको समुहले खोप लगाउन थालेका हुन ।

भुस्याहा कुकुरहरुलाई रेविज खोज लगाउने कार्यमा डा. दिनेश तिवारी, डा. हरेराम यादव, एशोसियसन पर्साका अध्यक्ष बैजुलाल गुप्ता र बिश्रामपुरको पशु शाखा प्रमुख गुलाब मेहताले सहयोग समेत गरिहेका छन ।

वीरगंज महानगरपालिकाको कार्यालय र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरको सहयोगमा संचालन गरिएको रेविज खोज लगाउने कार्य ४ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

रेविज रोगबाट बाच्नको लागि रेविज खोप लगाउने अभियान चलाइएको एशोसियसन पर्साका सदस्य सुभम पाण्डे वताए । यस अघि शनिबार रेविज दिवसको अवसरमा एशोसियन पर्साले वीरगंजमा चेतनामूलक र्याली समेत निकालेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...