Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

हावाको ट्याङ्की पडकिँदा एकको मृत्यु, एक घाइते

spot_img
spot_img

सिमरौनगढ । बाराको सिमरौनगढ नगरपालिकामा रहेको मोटरसाइकल वर्कसपमा हावाको ट्याङ्की पडकिँदा एक जनाको मृत्यु भएको छ ।

समरौनगढ नगरपालिकाको बजारमा रहेको अलिम मोटरसाइकल वर्कसपमा रहेको हावाको ट्याङ्की पडकिँदा मोटरसाइकल मिस्त्रीसहित २ जना घाइते भएका थिए । घाइते मध्येको सिम्रोनगढ नगरपालिका वडा नम्बर ४ हरिहरपुरका मोटरसाइकल मिस्त्री २६ वर्षीय फैजुल्लाह अन्सारीको मृत्यु भएको छ ।

अन्सारीको उपचराको क्रममा कलैया अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । यस्तै अर्का घाइते २० वर्षीय मेराज आलमको उपचार भइरहेको छ ।

बिहान करिब १० बजेको समयमा हावाको ट्याङ्कीबाट हावा भर्ने क्रममा अचानक पड्किँदा दुवैजना घाइते भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...