Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

सुरक्षित गर्भपतन सेवा सुचारु गर्न ज्ञापन

spot_img
spot_img

बारा । सुरक्षित गर्भपतन सेवा सुलभ र निशुल्क रुपमा शुरु गर्नका लागि सखीः महिलाको साथी संस्थाले अन्र्तराष्ट्रिय सुरक्षित गर्भपतन दिवस २८ सेप्टेम्बरको अवसर पारी प्रसौनी गाँउपालिका आज ज्ञापन पत्र बुझाएको छ । सुरक्षित गर्भपन सेवा सर्वसाधारणको पहुँचमा पुर्याउने विषयमा सर्वोच्च अदालतले सरकारलाई निर्देशन पनि दिएको छ ।

सर्वोच्चले गरिब र ग्रामीण महिलाहरुसम्म सुरक्षित गर्भपतन सेवा पुर्याउन सरकारलाई निर्देशन दिएकाले तथा नेपाल सरकारको स्वास्थ्य नितिमा यसलाई आधारभुत स्वास्थ सेवाको रुपमा सुचिकृत गरि सुलभ र निशुल्क रुपमा सबैको पहुँचमा पुर्याउने लक्ष्य लिएकोले प्रसौनी गाँउपालिकामा रहेका कुनै पनि स्वस्थ चौकीमा यसको व्यवस्था नभएकोले सो सम्बन्धि व्यवस्था गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको छ । सरकारले सुचिकृत गरेको स्वास्थ्य संस्थामा सुचिकृत डाक्टरबाट गर्भपतन सेवा लिने कानुनी व्यवस्था गरेको छ । मुलुकी ऐन २०७४को ज्यानसम्बन्धि दफा २८ देखि ३३ सम्म गर्भपतन सम्बन्धि व्यवस्था गरिएको छ ।

मुलुकी ऐनको दफा २८ (ख) मा गर्भवती महिलाको इच्छामा १२ हप्तासम्मको जुनसुकै गर्भलाई सुरक्षित रुपमा गर्भपतन गर्न सकिने उल्लेख छ । त्यसैगरी हाडनाता करणी वा बलात्कारबाट रकेको १८ हप्ता सम्मको गर्भलाई गर्भवती महिलाको इच्छामा सुरक्षित गर्भपतन गर्न सकिन्छ ।

गर्भको कारण महिलाको ज्यान जोखिनमा पर्ने अवस्था भएमा विज्ञ चिकित्सकको सल्लाहमा गर्भवती महिलाको इच्छामा सुरक्षित गर्भपतन गर्न सकिन्छ । गर्भवती महिलाको मञ्जुरीमा कुनै पनि गर्भ विकलाङ्ग, अंग भंग वा अन्य कुनै रोगजन्य अवस्था भएर जन्मन सक्ने भै महिलाको ज्यान जान सक्ने अवस्थामा भएमा सुरक्षित गर्भपतन गर्न सकिन्छ । यसकालागि विज्ञ चिकित्कको सल्लाह अनिवार्य हुन्छ ।

गर्भवती महिला १६ वर्ष भन्दा कम उमेरको वा नाबालिग भएमा नातेदारको सहमतिमा सुरक्षित गर्भपतन गर्न सकिन्छ तर लिङ्ग पहिचान गरेर गर्भपतन गर्न भने पाइदैन । त्यसो गरेको पाईएमा गर्ने र गराउने दुबैलाई कानुन बमोजिमको कारवाहीको व्यवस्था गरेको छ ।  सुरक्षित गर्भपतन सेवा भएको क्लिनिक वा स्वास्थ संस्थामा विवाहित अविवाहित जो सुकै महिलाले १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सक्छिन ।

यसमा डाक्टरले तपाईको व्यक्तिगत विवरण केही माग गर्दैन तथा गोप्य राख्छ भन्ने कुरा धेरै महिलाहरुलाई थाहा नभएकोले पनि इच्छा नभएको गर्भलाई पनि राख्न बाध्य हुने तथा घरायसी तथा परम्परागत विधिले गर्भपतन गर्न खोज्दा धेरैको ज्यान जोखिनमा पर्ने भएकोले सबैलाई जानकारी गराउनका लागि पनि ज्ञापन पत्र  बुझाइएको सखी संस्थाकी अध्यक्ष प्रियंका कुमारी कुशवाहाले बताइन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरे मुस्तुफालाई ज्ञापन पत्र बुझाइएका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...