Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

सुरक्षित गर्भपतन सेवा सुचारु गर्न ज्ञापन

spot_img
spot_img

बारा । सुरक्षित गर्भपतन सेवा सुलभ र निशुल्क रुपमा शुरु गर्नका लागि सखीः महिलाको साथी संस्थाले अन्र्तराष्ट्रिय सुरक्षित गर्भपतन दिवस २८ सेप्टेम्बरको अवसर पारी प्रसौनी गाँउपालिका आज ज्ञापन पत्र बुझाएको छ । सुरक्षित गर्भपन सेवा सर्वसाधारणको पहुँचमा पुर्याउने विषयमा सर्वोच्च अदालतले सरकारलाई निर्देशन पनि दिएको छ ।

सर्वोच्चले गरिब र ग्रामीण महिलाहरुसम्म सुरक्षित गर्भपतन सेवा पुर्याउन सरकारलाई निर्देशन दिएकाले तथा नेपाल सरकारको स्वास्थ्य नितिमा यसलाई आधारभुत स्वास्थ सेवाको रुपमा सुचिकृत गरि सुलभ र निशुल्क रुपमा सबैको पहुँचमा पुर्याउने लक्ष्य लिएकोले प्रसौनी गाँउपालिकामा रहेका कुनै पनि स्वस्थ चौकीमा यसको व्यवस्था नभएकोले सो सम्बन्धि व्यवस्था गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको छ । सरकारले सुचिकृत गरेको स्वास्थ्य संस्थामा सुचिकृत डाक्टरबाट गर्भपतन सेवा लिने कानुनी व्यवस्था गरेको छ । मुलुकी ऐन २०७४को ज्यानसम्बन्धि दफा २८ देखि ३३ सम्म गर्भपतन सम्बन्धि व्यवस्था गरिएको छ ।

मुलुकी ऐनको दफा २८ (ख) मा गर्भवती महिलाको इच्छामा १२ हप्तासम्मको जुनसुकै गर्भलाई सुरक्षित रुपमा गर्भपतन गर्न सकिने उल्लेख छ । त्यसैगरी हाडनाता करणी वा बलात्कारबाट रकेको १८ हप्ता सम्मको गर्भलाई गर्भवती महिलाको इच्छामा सुरक्षित गर्भपतन गर्न सकिन्छ ।

गर्भको कारण महिलाको ज्यान जोखिनमा पर्ने अवस्था भएमा विज्ञ चिकित्सकको सल्लाहमा गर्भवती महिलाको इच्छामा सुरक्षित गर्भपतन गर्न सकिन्छ । गर्भवती महिलाको मञ्जुरीमा कुनै पनि गर्भ विकलाङ्ग, अंग भंग वा अन्य कुनै रोगजन्य अवस्था भएर जन्मन सक्ने भै महिलाको ज्यान जान सक्ने अवस्थामा भएमा सुरक्षित गर्भपतन गर्न सकिन्छ । यसकालागि विज्ञ चिकित्कको सल्लाह अनिवार्य हुन्छ ।

गर्भवती महिला १६ वर्ष भन्दा कम उमेरको वा नाबालिग भएमा नातेदारको सहमतिमा सुरक्षित गर्भपतन गर्न सकिन्छ तर लिङ्ग पहिचान गरेर गर्भपतन गर्न भने पाइदैन । त्यसो गरेको पाईएमा गर्ने र गराउने दुबैलाई कानुन बमोजिमको कारवाहीको व्यवस्था गरेको छ ।  सुरक्षित गर्भपतन सेवा भएको क्लिनिक वा स्वास्थ संस्थामा विवाहित अविवाहित जो सुकै महिलाले १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सक्छिन ।

यसमा डाक्टरले तपाईको व्यक्तिगत विवरण केही माग गर्दैन तथा गोप्य राख्छ भन्ने कुरा धेरै महिलाहरुलाई थाहा नभएकोले पनि इच्छा नभएको गर्भलाई पनि राख्न बाध्य हुने तथा घरायसी तथा परम्परागत विधिले गर्भपतन गर्न खोज्दा धेरैको ज्यान जोखिनमा पर्ने भएकोले सबैलाई जानकारी गराउनका लागि पनि ज्ञापन पत्र  बुझाइएको सखी संस्थाकी अध्यक्ष प्रियंका कुमारी कुशवाहाले बताइन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरे मुस्तुफालाई ज्ञापन पत्र बुझाइएका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...