Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1084

शिव साहकाे नेतृत्वमा कृषि सहकारी संघ पर्साको नयाँ संचालक समिति चयन

पर्सा, २ मंसिर ।
जिल्ला कृषि सहकारी संघ लि. पर्साको सातौ बार्षिक साधारण सभा सम्पन भएको छ । बहुदरमाई नगरपालिकाको रामनगरीमा भएको सभाले शिव कुमार साहको नेतृतवमा नयाँ ९ सदस्यीय संचालक समिति र ३ सदसीय लेखा समिति सर्वासहमतिले चयन गरेको छ ।

संचालक समितिको उपाध्यक्ष रामानन्द कोइरी, कमला घिमिरे, महासचिव जगदीश यादव, सचिव खडक बहादुर श्रेष्ठ, कोषध्यक्ष अनरुध प्रसाद सदस्य प्रभु रौनियार, संजित चौधुरी र कमलेश प्रसाद चयन भएका छन ।

यस्तै लेखा समितिको संयोजकमा अरविन्द कुमार साह, सदस्य जितेन्द्र यादव, कबुल नेसा अंसारि चयन भएका छन । चयन भएका पदाधिकारीहरुको आज पद भार ग्रहण तथा सपथ ग्रहण गराईएको छ ।

कृषि अनुसन्धान केन्द्र बिरगंजमा एक कार्यक्रमका बिच निर्वाचन अधिकृत नरेश प्रसाद जयसवालले पदाधिकारीहरु सपथ खुवाउनु भएको हो ।

संघ अध्यक्ष शिव साहको अध्यक्षतामा भएको सधारण सभामा लेखा समितिको प्रतिबेदन, कर्जा उप-समितिको प्रतिबेदन, आर्थिक एवं बार्षिक लेखा परिक्षण प्रतिबेदन रु.१,२६,२०,९८८.४२/- र बार्षिक बजेट तथा कार्यक्रम रु.१,५७,४०८/- को प्रस्तुत गरिएको थियो |

२२ देशका मुद्रा तथा एटिएम कार्ड सहित एक जना भारतीय नागरीक पक्राउ

वीरगंज, २ मंसिर । सशस्त्र प्रहरीले वीरगंज महानगरपालीका वडा नम्बर १६, भन्सार मुल गेटबाट विभिन्न देशका मुद्रा तथा एटिएम कार्ड सहित एकजना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल भन्सार राजश्व सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायव निरिक्षक सुदेश राईको कमाण्डमा खटिएको डिउटी टोलीले नेपालबाट भारत तर्फ शंकास्पद रुपमा गइरहेका भारत उत्तरप्रदेश बस्ने वर्ष ३७ को रामनाथ यादवले बोकेको झोला चेकजाच गर्ने क्रममा विभिन्न समानहरु बरामद गरेको हो ।

यादवको साथबाट विभिन्न २२ देशहरु तानजिनीया डलर ४६ हजार, इन्डोनेसीया १५ हजार, रसियन १० हजार, भियतनाम ६ हजार, लेवनान २ हजार, म्यानमार ५ सय, सुडानी पाउण्ड ३ सय, ओमन डलर, २ सय, केन्या १ सय, नेपाली रुपैया १४ हजार ६५ रुपैया, भारतीय २ हजार ५ सय, मलेसिया रिंगेट १२, हंकंग डलर ४२, चाइनिज युवान १८, साउदीअरब रियाल ३, कतार ५, श्रीलंका ४०, कुवेत डलर ०.५, फिलिपीन्स ५०, नाइजेरीया १०, युएई १० र बंगलादेश १२ रुपैया तथा नेपाल र भारतका ५३ वटा बैंक एटिएम कार्डहरु, आइएमई कार्ड थान ३०, विभिन्न आईडि कार्ड थान ४४, विभिन्न किसीमका नक्कली गहनाहरु एक पोका र निजको मतदाता परिचयपत्र र पासपोर्ट समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ  ।

पक्राउ परेका यादवलाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले बताउनु भयो ।

बहुदरमाईको बैरियामा दलित बालबालिकाहरुलाई बाल संरक्षण भत्ता वितरण

वीरगंज(पर्सा), २ मंसिर ।
बहुदरमाई नगरपालिकाको वडा नं. २, बैरिया विर्ताका दलित बालबालिकाहरुलाई आज बाल संरक्षण भत्ता वितरण गरिएको छ । वडा अन्तर्गतका ८७ जना दलित बालबालिकाहरुलाई नगरपालिकाको बालबालिका आरक्षण कोषबाट बाल संरक्षण भत्ता वितरण गरिएको वडा अध्यक्ष जितेन्द्र पटेलले वताए ।

४ सयको दरले ८ महिनाको एकमुष्ट नगद प्रति बालबालिका ३ हजार २ सयको दरले रकम वितरण गरिएको अध्यक्ष पटेलले वताए । कुल २ लाख ८३ हजार २ सय रकम वितरण गरिएको उनले जानकारी गराए । वडा कार्यालयमा वडाध्यक्ष पटेको उपस्थितीमा वडा सचिव रामअयोध्या प्रसाद साह मार्फत रकम वितरण गरिएको हो ।

बाच्चाहरु पडखा पडकाई रहेको आगोबाट आगलगी

पर्सा, २ मंसिर ।
धोविनी गाउँपालिकाको वडा नं. ३, गुलरियामा आज आगलगी भएको छ । बाच्चाहरु पडखा पडकाई रहेको आगोबाट आगलगी हुदा स्थानिय बागड पटेलको घरगोठ जलेको स्थानियहरुले वताएका छन ।

दिउसो करिब १ बजे भएको आगलगी स्थानियहरुले निभाएका छन । आगलगीबाट घरगोठ जलेर पूर्ण रुपले नष्ट भएको छ भने घरमा राखिएको सब थोक जलेको छ ।

आगो लागेको घर नजिक अक्रो घर नहरकोले ठूलो क्षति हुनबाट जोगेको स्थानिय सुदिल पटेलले वताए ।

बलात्कारको भिडियो बनाएर रकम मागेर धम्क्याएको घटना खुलासा

वीरगन्ज : वीरगन्जकी ४० वर्षीया दलित महिला सामूहिक बलात्कारमा परेकी छन् । चार युवाले गत कात्तिक ५ गते उनको बलात्कार गरेका थिए । उनीहरूले त्यसको भिडियो समेत बनाएका थिए ।

वीरगन्ज महानगरपालिका-१८ भवानीपुरमा पर्ने सौराहा गाउँका उनीहरूले पीडित महिलालाई भिडियो देखाई रकम मागेर धम्क्याएको घटना खुलासा भएको छ ।

राति १० बजेतिर शौच गर्न खेतमा गएका बेला उनलाई ३५ बर्से मनोज साह तेली, ३० बर्से कृष्ण साह र २४ बर्से दिलिप सहनीले बलात्कार गरेका थिए । बलात्कार गरेको भिडियो ३५ बर्से आकाश साहले मोबाइलमा भिडियो खिचेका थिए ।

त्यही दिन पर्साको पर्सागढी नगरपालिकामा पर्ने डोकैला बहुअरीको मेलामा रक्सी खाएर घर फर्किँदा ती ४ जनाले खेतमा ती महिला एक्लै देखेपछि पक्रेर बलात्कार गरेका थिए।

पीडित महिलाका अनुसार २ दिनपछि कात्तिक ७ मा आकाशले घटनाको भिडियो सबैलाई देखाइदिने धम्की दिँदै २५ हजार रुपैयाँ मागेका थिए । पिडितले रकम दिन मानिनन् । आकाशले गाँउका दुई जनालाई भिडियो देखाएपछि घटनाबारे गाउँलेले थाहा पाएका थिए । यसबारे गाँउमा हल्लीखल्ली भए पनि पीडितले प्रहरीमा उजुरी दिएकी थिइनन्।

गाउँका अगुवा महिलाले थाहा पाएपछि घटनाको एक सातापछि मात्र उनीहरूकै सहयोगमा पीडितले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा पीडक चार युवाविरुद्ध कारवाहीको माग गर्दै लिखित किटानी जाहेरी दिएकी छन् । उनले उजुरी दर्ता गरेको ३ साता बितिसक्दा पनि आरोपितहरूलाई प्रहरीले पक्रन सकेको छैन ।

प्रहरीले आरोपित पक्रन चासो नदेखाएपछि गाँउका अगुवा महिलाहरूको मद्दतमा पीडितले शनिबार वीरगन्जमा जानकारी गराएपछि घटना बाहिर आएको हो। सामसुम पार्न आरोपितका आफन्तले ५ लाख रुपैयाँ र ५ कठ्ठा जग्गा दिने प्रलोभन देखाएकाले पीडितले उजुरी गर्न ढिलाइ गरेको गाँउका दलित अगुवा जयमंगल हाजराले बताए।

घटना थाहा पाएपछि वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले पनि आरोपितमाथि कारवाही माग गर्दै उजुरीमा हस्ताक्षर गरेको हाजराले बताए । वडाध्यक्ष कुर्मीले पनि दलित महिला माथि भएको जघन्य अपराधमा संलग्नमाथि कारवाही हुनै पर्ने बताए ।

‘प्रहरीमा उजुरी गरेको ३ हप्ता बितिसकेको छ’, उनले भने, ‘तर अहिलेसम्म प्रहरीले एक जनालाई पनि पक्रन सकेको छैन।’ सौराहाकी अगुवा रूपा पाण्डेले बलात्कार जस्तो जघन्य अपराध हुनु र अझ पीडकहरूले भिडियो खिचेर रकम माग्दै धम्की दिनु ठूलो अपराध भएको बताइन् । ‘यस्ता नीच अपराधीमाथि हदैसम्मको कारवाही हुनै पर्छ’, उनले भनिन्, ‘तर प्रहरी कानमा तेल हालेर बसेको छ ।’

पर्साका एसपी रेवती ढकालले घटनामा संलग्न चारै जनाविरुद्ध मुद्दा दर्ता भइसकेको बताए । ‘आरोपित पक्रन प्रहरी परिचालन भइसकेको छ तर उनीहरू घर छाडेर फरार छन्’, ढकालले भने, ‘प्रहरीले यो घटनालाई गम्भीर रूपमा लिएको छ, ढिलो चाँडो उनीहरू पक्राउ पर्छन् नै ।’ सभार अन्पूर्ण पोष्ट

अलौंड्राइपोर्टमा आयोजित भोजपुरी सांगितिक कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न, फोटोफिचर सहित

वीरगंज, २ मंसिर ।
वीरगंज १७, अलौंमा शनिबार आयोजित भोजपुरी सांगितिक कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । अलौंड्राइपोर्टमा आयोजित कार्यक्रममा भोजपुरी गायक अशोक अलबेला र धनन्जय धडकनले आ आफ्नो प्रोग्राम दिएका थिए ।

किड.फिल्मस भोजपुरीका प्रो. छविलाल सहनीको प्रस्तुती नाम दिइएको कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा महिला कलकारहरुको पनि सहभागिता रहेको थियो भने कलकारहरुले संगित र नृत्यको माध्यमले दर्शकहरुलाई मनोरञ्जन गराएका थिए ।

दशै, दिपावली तथा छठ पर्वको उपल्क्षयमा आयोजित कार्यक्रमको उद्घाटन नेपकाका युवा नेता मनोज चौधरीले गरेका थिए ।

कार्यक्रमको केही झलकहरु । तस्बिर : कालिका टाईम्स

 

 

चोरीको अभियोगमा कपाल मुडुलो गरी जुत्ताको माला

पर्सा जीराभवानी गाउँपालिका–१ महादेवपट्टिमा शनिवार पञ्च भलादमीको निर्णयबाट एकजना युवकलाई मोबाइल चोरीको अभियोगमा कपाल मुडुलो गरी दुव्र्यवहार गरिएको छ । महादेवपट्टिस्थित पिपराटोलका १७ वर्षीय युवक विक्रम महतोलाई पञ्चायतको निर्णयबाट कपाल मुडुलो गरी जुत्ताको माला लगाइएको थियो ।

बिहान युवक महतोले मणिलाल साहको घरबाट मोबाइल चोरी गरेको अभियोग प्रमाणित भएपछि उनीविरुद्ध बसेको पञ्चायतले आज यस्तो निर्णय गरेको हो । पञ्चायतको निर्णयबाट युवक महतोको कपाल मुडुलो गरी जुत्ताको माला लगाएर सार्वजनिकरूपमा दुव्र्यवहार गरिएको थियो ।

पञ्चायतीमा गाउँका १० जनाभन्दा बढी गणमान्य व्यक्ति सहभागी थिए । अहिले उनीहरू फरार छन् । दुव्र्यवहार हुने युवक महतोले प्रहरीमा मौखिक उजुरी गरेपछि पञ्चायती गर्ने १० जना फरार भएका हुन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

सामाजिक सुरक्ष्Fा ऐन अनुसार कुनै पनि व्यक्तिलाई दुव्र्यवहार गर्ने अधिकार छैन । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले दुव्र्यवहार गर्ने कार्यमा संलग्न पञ्चहरूको खोजी भइरहेको बताए ।

यता फरार रहेका पञ्चका परिवारले चोरी अभियोगमा पक्राउ परेका महतोका पितालाई दबाबमा पारेर कागज गराएका छन् । पञ्चका परिवारले चोरीको अभियोग लागेका महतोका पितासँग प्रहरीमा उजुरी नगर्ने आशयको पत्रमा सही सनाखत गराएको स्थानीयले बताएका छन् । सभार प्रतिक

बेहुला नै बाजामा नाच्दै

पर्साको ग्रामिण भेगकाे एक गाउँमा मुस्लिम समुदायको जन्तीमा बेहुला नै बाजामा नाच्दै । तस्बिर : कालिका टाईम्स

आवकाश प्राप्त कर्मचारी तथा मजदुरहरुलाइ सम्मान

परवानीपुर,१ मंसिर ,
              नेपाल कारखाना श्रमिक संघ हिमाल आइरन परवानीपुर इकाइले आवकाश प्राप्त कर्मचारी तथा मजदुरहरुलाइ सम्मान गरेको छ । संघले शुक्रबार उधोग परिसरमा एक कार्यक्रमको आयोजना गरी अवकास प्राप्त दर्जनौ मजदुरलाई सम्मान गरेको हो । संघका सचिव लहवर साहको सभापतित्वमा आयोजित कार्यक्रममा गोविन्द बहादुर श्रेष्ठ,मंगल कृष्ण डंगोल,छोटेलाल साह र हिरा राउत लगायत दर्जनौ कर्मचारी तथा मजदुरहरुलाइ सम्मान गरिएको संघका अध्यक्ष पुनदेव प्रसाद यादवले जानकारी दिनु भयो ।

कम्युनिष्ट सरकारको अगमन संगै मुलुकमा भ्रष्टाचार र अपराध मौलायो : वरिष्ठ नेता पौडेल

पर्सा । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारको अगमन संगै मुलुकमा भ्रष्टाचार र अपराध मौलाएको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति रमेश पाण्डेको अध्यक्षतामा आयोजित पार्टी प्रबेस कार्यक्रमलाई सम्बोधन गदै नेता पौडेलले यस्तो आरोप लगाउनु भएको हो ।

पर्सा क्षेत्र नं. ४ अंतरगत आसबारीमा आयोजित कार्याक्रममा नेता पौडेलले कम्युष्टि सरकारको कार्यकालमा मुलुकमा हत्याहिंसा, बलत्कार,भ्रष्टाचार लगायातका अवान्छित गतिविधीमा बृद्धीभएको बताउदै कञ्चनपुरकी निर्मला पन्त बलत्कार र हत्या काण्ड तथा सुन काण्ड लगायात सैकडौ घटनाहरुलाई उधाहरणको लिन सकिने बताउनु भयो ।

एक आर्को प्रशगंमा उहाले मधेश आन्दोलनका घाइते र सहिद भएकालाई राहत प्रदान गर्न नेपाली काग्रेसले आयोग गठन गर्ने बताउनुभयो ।

उहाले आन्दोलनमा मारिएका आश्रित परिवारलाई रु ५० लाख दिने घोषणा गरेका नेताहरु आफ्नो सिद्धगरी सत्तामा पुगेपछि सबै बिर्सिएको आरोप लगाउदै जनताको सच्चा साथीका रुपमा रहेको काग्रेसले चा“डै आयोग गठन गरी आन्दोलनका क्रममा पीडित भएकाहरुको समस्यालाई सम्बोधन गर्ने दाबी गर्नुभयो ।

उहाले कृषि प्रधान देशको रुपमा मात्र रहन पुगेको नेपालको कृषिक्रान्ति बिना उद्धार नहुने बताउनु भयो । नेता पौडेलले नेपाल गाउ“मा बस्छ र किसान नै नेपाल भएकाले किसानको जीवनस्तरमा सुधार ल्याएपछि मात्र मुलुकमा विकास हुने बताउनु भयो ।

कृषिक्रान्ति, पर्यटनको विस्तार र ऊर्जाको विकासले नै राष्ट्रलाई समृद्ध बनाउन सकिने भए पनि यसतर्फ सरकारको ध्यान नगएको आरोप समेत लगाउनु भयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई नेता पौडेलले फुलमाला र अबिर लगाएर स्वागत गर्नु भयो ।

कार्यक्रममा नेपाली कागे्रसका केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, नेता अजय दुवेदीदुवेदी, अनिल रूगंटा, जनार्दन सिंह क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन क्षेत्रिय सचिव श्रीकान्त यादवले गरेका थिए ।