Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

मुस्कानको न्याय र उपचारको लागि जिल्ला देखी काठमाडौं सम्म सासंद यादवको दौड़धूप

spot_img
spot_img

काठमाडौँ । एसिड पिडित मुस्कान खातुन आज ४० दिनको पिडा भुल्दै मुस्कुराएकी छिन् । कारण थियो पर्सा क्षेत्र नम्बर एक का सांसद प्रदिप यादव । पिडा दिएका पिडकलाई भइरहेको कार्वाही बारे जानकारी गराउदाँ उनि एकछिन पिडाबाट राहत पाएको महशुस गरेको मुस्कानकी आमा सहनाज खातुनले बताईन् ।

सांसद यादवले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सोमेन्द्र सिंह राठौरसंग सोमबार एसिड आक्रमण गर्ने पिडक माजिद आलम र सम्साद मियाँ माथि के कस्तो कार्वाही भईरहेको बारे बुझेका थिए । सोही कार्वाही प्रकृया र कडा भन्दा कडा कार्वाहीका लागी आफुले निर्देशन दिएको कुरा बताउँदा एसिड पिडित मुस्कान खातुनले केही राहत महशुस गरेको हो ।

खातुनका बुवा रसुल मियाँले आक्रमण गर्नेलाई मृत्युदण्डको सजाय माग गरेपनी नेपालको कानुनमा मृत्युदण्ड नरहेकाले जीवनभर कैद भुक्तानका लागी कार्वाही प्रकृया अगाडी बढाइएको बताउँदा बुवासंगै मुस्कान पनी केही राहत पाएको आमा सहनाजले बताईन् ।

एसिड बिक्रि गर्ने हार्डवेयर पसल संचालक मनिस मण्डलमाथि पनी कार्वाही प्रकृया अगाडी बढाएकोमा बुवा रसुल मियाँले सांसद यादवलाई धन्यवाद व्यक्त गरेका थिए ।

यता सांसद प्रदिप यादवले उपचारमा संलग्न कीर्तिपुर अस्पतालका चिकित्सक डा. सुरेन्द्र बस्नेतसंग मुस्कानको स्वास्थ्य अवस्थाका बारेमा बुझेका थिए । चिकित्सक बस्नेतका अनुसार स्वास्थ्य अवस्थामा केही सुधार भएपनी कानको जालीमा धेरै असर गरेकाले थप पलास्टिक सर्जरी लगायतको शल्यक्रियाका लागी समय लाग्ने जानकारी गराएका थिए ।

स्वास्थ्यमा सुधार भइरहे पनि उनकी आमालाई भने छोरी पूर्णरुपमा निको हुन्छे कि हुन्न भन्ने चिन्ताले सताएको छ । सांसद यादवले चिकित्सकसंगसंगै आमा बुवासंग कुरा गर्दा छोरीको अवस्था हेरर उनिहरुको पुरै अकाश खसेको जस्तो महशुस गरिरहेको बताए । कुराकानीको क्रममा आफुले बहिनि मुस्कानको लागी जस्तोसुकै लडाई लड्न तयार रहेको सांसद यादवले आश्वासन दिएका थिए ।

एसिड आक्रमणबारे किर्तिपुर अस्पतालमै अनुसन्धानका लागी खटिएका प्रहरी नायब उपरिक्षक छेदिलाल कमातसंग पनी सांसद यादवले विस्तृत रुपमा बुझेका छन् । पिडकलाई कार्वाहीका लागी मुख्य अधार रहेको किर्तिपुर अस्पतालको रिपोर्ट हालसम्म जिल्ला प्रहरी कार्यालय समक्ष आईनपुग्नुको कारण बारे समेत बुझेका थिए । जवाफमा अस्पतालसंगको समन्वयमा रिपोर्ट संकलन हुने काम भईरहेको उनले जानकारी गराएका थिए ।

यसअघि समाजवादी पार्टीका सांसद प्रदीप यादवले भदौँ २९ गते सांसदको विशेष समयमा बौल्दै संविधानमा रहेको कानुन संशोधन गरेर एसिड आक्रमणका दोषीलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए । पछिल्लो समय समाजमा हुने जघन्य अपराधमा सांसद यादव खरो उत्रेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...