Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बिपत जोखिम न्युनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

वीरगंज । अन्तराष्ट्रिय बिपत जोखिम न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ ।

कार्यक्रमले जिल्लाको प्रत्येक पालिकामा बिपत ब्यवस्थापन समिती गठन गर्ने, बिपत ब्यवस्थापन कोष खडा गर्ने, पालिकामा एक जना फोकल परसन राख्ने, आउदो शितलहरका लागी प्रत्येक पालिकाले अहिले देखी जुटने र पालिकाले समाजिक संघसंस्थाहरुलाई पनि परिचालन गर्ने निस्कर्ष निकालेको छ ।

नेपाल रेडक्रस सोसाईटी पर्साको सहकार्यमा र बिपत ब्यवस्थापन समिती पर्साको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले पर्साका १४ स्थानिय तह मध्ये मात्रै ६ वटा तहका प्रमुख प्रशासकिय अधिकृत यस्तो कार्यक्रममा सहभागी भएकोले अरु अधिकृत कहा र के काममा ब्यस्त छ भने आफु संम्बेदनशिल रहेको बताउनु भएको छ ।

बिरगंज महानगरपालिका, छिपहरमाई, कालिकामाई, सखुवाप्रसौनी, ठोरी, जगरनाथपुर गाउँपालिका बाहेक अरु कुनै पालिकाको अधिकृतहरुको सहभागीता नरहेको जनाइएको छ ।

यसै गरी बरुणयन्त्र अझ पनि पालिकाहरुमा चाहिने, दक्ष जनशक्ति कम्ती २ सय पचास चाहिने भएको नेपाल रेडक्रस सोसाईटीका उमेश मिश्राले प्रस्तुतीकरण गरेका थिए । अहिले सम्म बरुणयान्त्रका लागी कती वटा जनशक्ति छ भने प्रसंगमा डाटा नरहेको गुनासो सहभागीहरुले गरेका थिए ।

कार्यक्रममा जोखिममा रहेका पालिका र वडाहरुको पनि डाटा संकल्नमा कमजोरी पनि देखिएको वक्ताहरु वताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपाल प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, ठोरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, छिपहरमाई गाउँपालिकाका देवनाथ साह, कालिकामाई गाउँपालिकाका राजु साह, सखुवाप्रसौनीका संन्देश यादव, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायतकाले आआफना जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी नरायाण प्रसाद भटराईको अध्यक्षतामा भएको थियो भने स्वागतमन्तब्य तथा उदेश्य माथी प्रकास सहायक प्रमुख जिल्ला अधिकारीले गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...