Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पुनिता र रविताद्धारा बाल हेल्पलाइनमा खाजा वितरण

spot_img
spot_img

वीरगंज । वीरगंजको बाल हेल्पलाइनमा खाजा र फलफुल वितरण गरिएको छ । वीरगंज महानगरपालीका वाड नं. ३ छपकैयामा रहेको बाल हेल्पलाइन वीरगंज शाखामा आज खाजा र फलफुल वितरण गरिएको हो ।

वीरगंज महानगरपालीका वाड नं. ११ श्रीपुर स्थित रहेको आदर्श टोल निवासी दिनानाथ गिरीको श्रीमती वर्ष २८ की पुनिता गिरी र सोहि ठाउँ बस्ने शसी पटेलको श्रीमती वर्ष २७ की रविता पटेलले आज बाल हेल्पलाइनमा रहेको बच्चाहरुका लागी खाजा र फलफुल वितरण गरेको बाल हेल्पलाइन वीरगंज शाखाका प्रमुख शम्भु साहले बताउनुभयो ।

आफुहरु २ महिना खाजा नखाई आफ्नो खाजाको पैसा बचत गरेर बाल हेल्पलाइनमा रहेका बच्चाहरुका लागी खाजा र फलफुल किनेर बाल हेल्पलाइनमा वितरण गरेको गिरीले बताउनुभयो । अहिले तिहार र छठको समय रहेकोले आफुहरु संग आर्थिक अवस्था अली कमजोर भएकोले यसपटक आफ्नो खाजाको पैसा बचत गरेर अली कम सहयोग गरिरहेका छौ तर अर्कोपटक बाल हेल्पलाइनमा रहेका बालबालीकाको लागी यस भन्दा बढी खाजा समाग्री, कापी, सिसाकलम लगायत केहि आर्थिक सहयोग पनि गर्ने पटेलले बताउनुभयो ।

गिरी र पटेल सामान्य परिवारबाट रहेर पनि आफ्नो खाजाको पैसाबाट बाल हेल्पलाइनका बालबालीकाको लागी खाजा र फलफुल उपलब्ध गराएको र उनिहरुको बाल हेल्पलाइनमा रहेका बालबालीकाहरु प्रति माया र प्रेम हेरेर बाल हेल्पलाइन वीरगंज शाखामा रहेकी बच्चाहरुलाई रेखदेख गर्ने सविता चौधरीले आफ्नो खुशी ब्यक्त गर्नुभयो ।

बाल हेल्पलाई वीरगंज शाखा संचालन भएको आज १ महिना पुरा भएको र अहिले सम्म वीरगंज महानगरपालीकाको सहयोगले चल्दै आएको प्रमुख साहले बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...