Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

धोबिनी गाउँपालिकाको समाजवादी पार्टीमा भुइचालो

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिकाको समाजवादी पार्टीमा भुइचालो गएको छ । धोबिनी गाउँपालिकामा तत्कालीन संघिय समाजवादी फोरम र हालको समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु धमाधम पार्टी छाडन थालेकाले भुइचालो गए जस्तो भएको छ ।

तत्कालीन फोरमबाट निर्वाचित वडा नं. २ का वडाध्यक्ष नन्दलाल राउत कुर्मी पार्टी परित्याग गरि नेकपामा प्रबेश गरेको एक हप्ता नवित्दै पुन: फोरमबाट निर्वाचित अर्को २ गाउँ कार्यपालिका सदस्य सहित अन्य कार्यकर्ता पनि नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन । वडा न.१ घोडदौडा पिपराकी फोरमाबाट निर्वाचित गाउँ कार्यपालिका सदस्य मलहरी देवी महरा र शान्ती देवी पटेल मंगलबार काङ्ग्रेसमा प्रबेश गरेका छ्न ।

यस्तै सोही पार्टीका सुरेश प्र.कुर्मी, सरोज पटेल, धरमन राउत, शिव चन्द्र साह रौनियार, रन्जित पटेल लगायतका दर्जनौं कार्यकार्ता पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।

पार्टी प्रबेश गरेकाहरुलाई एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी लगायतकाले अबिरको टीका लगाई स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...