Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जेसिजद्धारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

spot_img
spot_img

कलैया । कलैया सिटी जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज छठौ्र दिन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

उक्त हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमका प्रमुख आतिथ्य कलैया सिटी जेसीसका पुर्व अध्यक्ष एव मनकामना स्कुलका प्राधानाध्यापक रामबाबु प्रसाद कुशवाहा रहेका र कलैया सिटी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा ६ वटा स्कुलको सहभागिता रहेको थियो जसमा मनकामना से.बो.स्कूल प्रा.लि., इन्टरनेशनल इग्लिश बोर्डिग स्कुल, बाल विद्या मन्दिर सेकेन्द्री बोर्डिग स्कूल, श्री सिद्धि विनायक ई.बो. स्कूल र कलैया ब्राइट लैण्ड कलैया, बारा बीच प्रतियोगिता जम्मा ६० वटा प्रश्न सोधेका थिए जसमा मनकामना बोर्डिग स्कूलले १३ वटा प्रश्नको जवाफ दिएर प्रथम भएका थिए भने दोश्रो बाल विद्या स्कूलले ११ वटा प्रश्नलाई जवाफ दिए र तेश्रोमा सिद्धी विनायक स्कुलले ९ वटा प्रश्नको उत्तर दिएर प्रथम, दोश्रो र तेश्रो भएका थिए ।

हरेक स्कूलबाट ३ जनाको एउटा समुह बनाइएको थियो जसमा प्रथम हुने स्कूलका विद्यार्थी आनन्द पटेल, अकास विक्रम शाह र अमना खातुन, दोश्रो स्कूलका विद्यार्थी नन्दनी गुप्ता, आकाश गुप्ता र आमिल खान तथा तेश्रो स्कूलका विद्यार्थी रितिक कुमार गुप्ता, चीनी गोस्वामी र रामविलास मण्डलहरुलाई पुरस्कार वितरण गरिएका थिए ।

जेसीस सप्ताह अन्तर्गत पहिलो दिन रक्तदान गरि शुभारम्भ भएको थियो भने दोश्रो दिन विश्व प्रसिद्ध गढिमाई मन्दिर परिसरको सरसफाई, तेश्रो दिन जेसीज परिचय तथा नेतृत्व विकास तालिम, चौथो दिन कलैया नगरमा भित्र प्रवेश गर्ने चारै दिशाको मुल सडकमा होडींग बोर्ड लगाइएको, पाँचौ दिन विद्यार्थीहरुलाई लक्षित गरि सवारी दुर्घटना तथा टाफिक नियम सम्बन्धि अभिमुखिकरण तालिम गराएको र भोली बुधवार अनाथालयका विद्यार्थीहरुलाई शैक्षिक साम्रगी वितरण गरि समापन समारोह गरिनेछ ।

उक्त कार्यक्रममा कलैया सिटि जेसिजका नि.वर्तमान अध्यक्ष धनीलाल साह सोनार, महासचिव जेसी एसएम जहाँगस्त, कोषाध्यक्ष जेसी श्रवण प्रसाद साह, जेसी विजय कुशवाहा, कार्यकारीणी उपाध्यक्ष जेसी संदिप बरै जेसी उमेश साह गोढ, जेसी बैजु दास, जेसी संदिप साह, जेसी रोशन सहनी लगायत बसन्त सर, सुदिप मण्डल, इन्दुदेव साह, मनोज सर सहित अन्य पदाधिकारीको सहभागिता रहेको थियो । कोषवृद्धी तथा कार्यक्रम संयोजक पवन कुशवाहाले स्वागत मन्तब्य दिएका थिए एव कार्यक्रम संचालन उपाध्यक्ष जेसी शम्भु गुप्ता गर्नु भएको मिडिया संयोजक जेसी राजकुमार गिरी (विजय) ले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...