Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

पर्साका ३ फरार प्रतिबादि पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्साको पकहा मैनपुर गा.पा. वडा नं.१ धोरे निवासी बर्ष ४८ को मदन प्रसाद चौहान, बर्ष ५५ को मेघराज साह र बिरगंज महानगरपालिका २ छपकैया निवासी बर्ष ५१ को मक्सुद मिया तेलीलाई प्रकाउ गरेको हो ।

पक्राउ परेका चौहान पर्सा जिल्ला अदालतको मिति २०७५।०१।२४ गतेको फैसलाले ला.औ.गाँजा/चरेश मुद्दामा ९ महिना २३ दिन कैद र रु.५,०००।– जरिवाना भई फरार रहेका थिए । साह २ बर्ष १९ दिन कैद र रु. ७,०००।– जरिवाना फैसला भई फरार रहेका थिए ।

चौहान र साहलाई आफ्नै गाँउ घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी धोरे, पर्साबाट खटिएको प्रहरी टोलिले सोमबार पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा पेश गरिएको जनाएको छ ।

मियाँ पर्सा जिल्ला अदालतको मिति २०७२/०२/०५ गतेको फैसलाले ज.ज.क.उ.मुद्दामा रु.१,०००।– जरिवाना भई फरार रहेका थिए ।

मियाँलाई पनि आफ्नै गाँउ घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा जि.प्र.का. तथा व.प्र.का. विर्ता, पर्साबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...