Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1083

पर्साको मानव अधिकारको अवस्था बारेमा छलफल

वीरगंज, ४ मंसिर ।
मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रिय कार्यालय काठमाण्डौ र प्रदेश कार्यालय जनकपुरको संयुक्त आयोजनामा होटल कुमु प्यालेस वीरगंजमा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सहभागि मानव अधिकारको क्षेत्रमा कार्यरत संघ/संस्थाका प्रतिनिधिहरुले स्थानिय तहको निति, नियम निर्माण मानव अधिकार मुखी हुनु पर्नेमा वताएका छन । स्थानिय तहहरुले निति, नियम बनाउदा मनाव अधिकारलाई ख्याल गरी बालबालिका, दलित, महिला लगायतको क्षेत्रमा पनि रकम छुट्याउन दबाव दिनु पर्ने वताए ।

 

मानव अधिकारीको घटना निगरानी गर्ने निकायको उदासिन्ता देखिएको समेत वताएका हुन । अझै पनि हाम्रो गाउँ समाजमा वालविवाह नरोकिएको वताउदै त्यो रोकने निकाय नदेखिएको सहभागिहरुको भनाई थियो ।

मानव अधिकार निगरानी समुहका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा इनसेक केन्द्रिय कार्यालय काठमाण्डौका समझना श्रेष्ठ, प्रदेश कार्यालय जनकपुरका राजु पासवान, प्रदेश नं. ३ को कार्यालय हेटौडाका जागेशवर यादव लगायतकाले मन्तव्य राखेका थिए भने रहेका भने कार्यक्रमको सहजिकरण इन्सेक पर्सा प्रतिनिधि के.सी. लामिक्षानेले गरेक थिए ।

बालसंरक्षणका लागि पर्साका जनप्रतिनिधि तथा सरोकारवालाहरुद्वारा ५ बुंदे प्रतिवद्धता

वीरगंज, ४ मंसिर ।
पर्साका स्थानिय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुले बालसंरक्षण सम्बन्धी ५ बुंदे प्रतिवद्धता गरेका छन । हरिओम पार्टी प्यालेस, वीरगंजमा संचालित पालिका प्रतिनिधि तथा सरोकारवाला बीच बालसंरक्षण सम्बन्धी ३ दिने जिल्ला स्तरिय कार्यशाला गोष्ठीका सहभागि जनप्रतिनिधि र सरोकारवालाहरुले लिखित प्रतिवद्धता गरेका हुन ।

हामीले आ–आफ्नो पालिकामा बाल संरक्षण नीति तथा आचार संहिता निर्माण गरी कार्यन्वयन गर्ने छौं, बाल संरक्षणमा केन्द्रित भएर, योजना तर्जुमा गरि कार्यान्वयन गर्ने, बालअधिकार हननका घटना, सवाल तथा समस्याहरुलाई प्राथमिकतामा राखि तुरुन्त सम्बोद्धन तथा घटनाको व्यवस्थापन गर्ने, विद्यालयमा गुणस्तरीय शिक्षाका लागि गुनासो सुनवाई कार्यविधि २०७४ लाई आधार बनाई आ आफ्नो पालिकाबाट अनुमोदन गरि प्रत्येक विद्यालयमा लागु गर्ने र हामीले आ–आफ्नो गाउँ/नगरपालिकामा बालमैत्री कार्यक्रम लागु गरी गाउँ/नगरपालिकालाई बालमैत्री घोषणा गर्ने गोष्ठीका सहभागि पालिका प्रमुख, उप प्रमुख र सरोकारवालाहरुले प्रतिवद्धता गरेका हुन ।

 

युएसआईडी, युनिसेफ, रेसलेस डेभलपमेन्टको सहयोमा र लाईफ नेपाल जनकपुर, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सहयोगमा संचालित सुन्य सहनशिलता कार्यक्रम अन्तर्गत विद्यालयबाट सबै प्रकारको हिंसा अन्त्य गर्नको लागि गोष्ठी आयोजना गरिएको कार्यक्रम संयोजक रामनारायण रौनियारले वताए ।

 

सामाजिक संस्था जिल्ला समन्वय समितिका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा र जिल्ला समन्वय समिति, पर्साका सह संयोजक ठाकुर न्यौपानेको प्रमुख आतिथ्यतामा भएको समापन समाहरोहमा वीरगंज महानगरपालिकाका उप प्रमुख शान्ति कार्की, लाईफ नेपालका अध्यक्ष सुरेत ठाकुरले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सामाजिक संस्थाका उपाध्यक्ष रामाकान्त पटेलले गरेका थिए ।

गोष्ठीको सहजिकरण केन्द्रि बाल कल्याणका समितिका प्रतिनिधि संजिव महतो, सामाजिक बिकास अधिकृत धर्मराज थापा र युनिसेफका बाल संरक्षण अधिकृत वृजकिशोर पटेलले गरेका थिए ।

प्रदेश दुईमा बुधबार सार्वजनिक विदा

जनकपुर, ४ मंसिर ।
प्रदेश नं.२ सरकारले बुधबार मंसिर ५ गते सार्वजनिक विदाको दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारको २०७४ साल चैत्र २४ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश २ मा ५ गते बुधबार सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।

प्रदेश २ मा रहेका जिल्लाहरुमा प्रदेश सरकारले मंसिर ५ गते विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाट जारी सूचनामा उल्लेख गरिएको छ । दिवसको अवसरमा प्रदेश २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा विदा रहने मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेबाट हस्ताक्षरित पत्रमा उल्लेख रहेको छ ।

तुलसी विवाह गरिदै

अाज तुलसी विवाह । वीरगंज महानगरपालिकाकाे पानीटंकीकाे एक घरमा महिलाहरू तुलसी विवाह गर्दै । विवाहको सम्पुर्ण विधि अनुसार महिलाहरु तुलसी विवाह गरि पुजा गर्दै । तस्बिर : कालिका टाईम्स

अबैध रुपमा भारत लैजादै गरेको केराउ बोकेको ट्रेयाक्टर पक्राउ

वीरगंज, ३ मंसिर ।
तस्करहरुले केराउ लगायतका मालबस्तु नेपालबाट भंसार छलि चोरी निकासी गरी भारततर्फ लैजादै गरेको ट्रेलर सहितको ट्रयाक्टर प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा आइतबार जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले खोज तलाश गर्दै जाने क्रममा राती ९ बजेको समयमा केराउ बोकेको ट्रेक्टर र ड्राइभर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वीरगंज महानगरपालिकाको वडा नं. १७, अलौ  स्थितबाट भारततर्फ जादै गरको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

पर्साको पकाहामैनपुर गा.पा. वडा नं. बस्ने वर्ष ३५ को राजेध महतो र बहुदरमाई न.पा. वडा नं. ७ बस्ने वर्ष २२ को रामविनय रामले चलाई लैजादै गरेको ना २ त ७९१९ र ना १ त २५८७ नम्बरको ट्रेलर सहितको ट्रयाक्टर र ट्रेक्टर चालक पक्राउ गरिएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।

ट्रेलरमा १२,००० किलो ग्राम ९अं। मुल्य ११,५०,०००। ट्रयाक्टर सहित केराउ फेला पेरको र उक्त बरामद केराउ, ट्रयाक्टर तथा चालकहरु समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालय, वीरगंज, पर्सा पठाइएको ढकालले वताए ।

पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नथु साहको विदाई

पर्सा, ३ मंसिर । पोखरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नथु साहको आज एक कार्यक्रमको बिच विदाई गरिएको छ । नगर कार्यपालिकाको कार्यालय पोखरियामा आयोजित कार्यक्रममा मेयर दिपनारायण रौनियार (मन्टु) ले अधिकृत साहलाई दोसल्ला ओढाई सम्मान गर्दै मायाको चिन्हो दिई विदाई गर्नु भएको थियाे ।

मेयर रौनियारले कार्यक्रमलाई सम्बोद्धन गर्दै साहले आफ्नो कार्यकालमा पोखरिया नगरपालिकाकाको लागि गर्नु भएको योगदानको प्रशंसा समेत गर्नु भयो । अधिकृत साहको भुमि ब्यस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबार  सरुवा भएको  छ ।

पोखरिया नगरपालिकाले आयोजना गरेको विदाई कार्यक्रममा वडा अध्यक्ष रामबाबु चौहान, सोनालाल साह गोढ, अजय साह कलवार, नन्दलाल कुर्मी, लक्ष्मण साह कानु, बंका गोढ, कर्मचारी युनियन पोखरियाका अध्यक्ष राजेशवर प्रसाद लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

पोखरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा शिक्षा विभाग सानोठिमी भक्तपुरमा कार्यरत रामजी पौडेलको सरुवा भएको छ ।

जल उपभोक्ता संस्था ब्लक नं. २ को सधारण सभा सम्पन्न

पर्सा, ३ मंसिर ।
नारायणी सिंचाई प्रणाली जल उपभोक्ता संस्था ब्लक नं. २ हरिहरपुर बिर्ता, पर्साको आ.व. २०७४/०७५ को सधारण सभा आज सम्पन्न भएको छ । ब्लक नं. २ हरिहरपुरको कार्यालयमा भएको सधारण सभामा आर्थिक बर्ष २०७४/०७५ को रू ६० लाख बराबरकाे आय व्यय जलउपभोक्ता समितिका कोषाध्यक्ष राजकिशोर पटेलले प्रस्तुत गरेका थिए भने प्रस्तुत गरिएको आय व्यय जल उपभोक्त समितिका सदस्यहरुले सर्बसहमत पारीत जल उपभोक्त संस्थाका ताजिन्द्र साहले वताउनु भयो ।

जल उपभोक्त समितिका ब्लक नं. २ का अध्यक्ष कुसमी देवीको अध्यक्षतामा र नारायणी सिचाई प्रणालीका इन्जिनियर सुमित गुप्ताको प्रमुख आतिथ्यतामा भएको सधारण सभामा सब ओभरसियर जंग बहादुर चौधरी लगायत जल उपभोक्ता समिति ब्लक नं. २ का सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

कर सप्ताह अन्तर्गत रक्तदान कार्यक्रम, ३० जनाद्वारा रक्तदान

वीरगंज, ३ मंसिर ।
आन्तरिक राजस्व कार्यालय, वीरगंजले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ३० जनाले रक्तदान गरेका छन । सातौं राष्ट्रिय कर सप्ताह २०७५ को कार्यक्रम अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका राजन श्रीवास्तवले वताउनु भयो ।

आन्तरिक राजस्व कार्यालय वीरगंजका प्रमुख गोपी कृष्ण कोइरालाको अध्यक्षमा भएको रक्तदान कार्यक्रममा कर्मचारी संगठन पर्साका अध्यक्ष समेत रहेका जिराभवानी गाउँपालीका प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, अशोक कुमार साह, नेत्र प्रसाद घिमिरे, अनिल कुमार राउत, प्रमोद प्रसाद साह, कृष्ण प्रसाद केशरी, राम विदेश यादव, निशा सराफ, तारा प्रकाश यादव, लक्ष्मण प्रसाद दहाल, मुकेश कुमार चौरसिया, संतोष राउत, उदय के.सी., सुजित कुमार साह लगायतकाले रक्तदान गरेका छन ।

आन्तरिक राजश्व कार्यालय वीरगंजमा भएको रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको प्राविधिकहरुको टोलीले प्राविधिक सहयोग गरेका थिए ।

सशस्त्र प्रहरी गुल्मद्वारा भारी परिमाणमा लत्ताकपडा पक्राउ

वीरगंज, ३ मंसिर ।
भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको रु ५ लाख बराबरको लत्ताकपडा र ई. रिक्सा शसस्त्र प्रहरीले पक्राउ गरेको छ । शसस्त्र प्रहरी गुल्मबाट खटिएको प्रहरी टोलीले आज विहान वीरगंज भन्सार क्षेत्रबाट रु ४ लाख ९४ हजार ८ सय ५० बराबरको सामान पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी चेकजाच गर्ने क्रममा ना. २ ह. ३६४६ नम्बरको ई. रिक्सामा लोड गरि चोरी पैठारी गरी ल्याउदै गरेको सामान पक्राउ गरेको हो ।

सिल्की साडी १४ थान, वडन साडी ३३ थान, उनी कुर्ता सुरुवाल ७१ थन, बनारसी साडी ७ थान, उनी कुर्ता कपडा ९९ थान, सर्ट कपडा ७८ थान, उनी सल ५५ थान, उनी कुर्ता सुरुवाल ३३ थान लगायतका सामान पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काले वताए ।

पक्राउ गरिएको सामान आवश्यक कर्वाही प्रक्रिया अगाडी बढाउन भन्सार कार्यालय वीरगंज बुझाएको प्रहरी नायब उपरिक्षक खड्काले वताए ।

७५ किलो ग्राम लागु औषध गांजा सहित बाबु छोरा पक्राउ

राजन कुमार बानिया/पोखरिया ३ मंसिर ।

भारतको सिमावर्ती ईनार्वा प्रहरीले खमिया सामुदायिक भवनको नजिक बाट ७५ किलो ग्राम गांजा सहित दुई जनालाई पक्राउ गरेको छ । ईनार्वा प्रहरी प्रमुख अमरेन्द्र कुमारले दिनुभएको जानकारी अनुसार गांजा सहित पक्राउ परेका भारत बिहार बेतिया जिल्ला ईनार्वा थाना खमिया गाउँ निवासी गुदर महतो र उनका छोरा सुनिल महतो रहेका छन।

नेपालको पटेर्वासुगौली सोनवर्षाबाट सुपौली गाउँ हुँदै पाण्डेपुरको नाका हुँदै भारतको ईनार्वा खमिया तरफ भरियाको माध्यमले गांजाको अाईरहेको सुचनाको अधारमा ईनारवा प्रहरीका जवानहरुले बोर्डरमा नाका लगाएकोमा नेपालबाट भारत तरफ लगने कर्ममा भारतिय प्रहरीले पक्राउ गर्दा दुईजना पक्राउ परेको र अरु गांजा तसकरहरुले गांजा खमिया सामुदायिक भवनको अगाडि फालेर नेपाल तरफ भागेर वचन सफल भएका छन ।

गांजा तसकर हरु १५ /२० जनाको संख्यामा रहेको थियो,  त्यस मध्य ५ वटा पोका फालेर भागे  र पाचवटा पोकाबाट तौल गर्दा ७५ किलो गांजा बरामद भएको थियोे । पक्राउ परेका गांजा र दुई तस्करहरुलाई ईनार्वा प्रहरीले ईनार्वा थाना मा लयाई गांजा तस्कर बाबू ,छोरालाई बेतिया जेल पठाएको छ ।

पक्राउ परेका गांजाको किमत अन्तर्राष्ट्रिय मूल्य १ करोड रहेको छ । पक्राउ परेका गांजा  गुदर महतोले लागुअौषध, चोरी, डकैती अपहरण, जस्ता मुदामा भारतिय जेलमा कतिचोटी पहिला पनि गएको थियो । कति मुदाको अारोपित गुदर महतोले नेपालको मुडली गाउँमा शरण लिएर मुडलीका र सोनबर्षा, पटेर्वा सुगौली, सुपौली, सुहपुरसोहरी गाउँका तस्करहरु संग मिलेर गांजा तस्करी गराई रहेको थियोे । ईनार्वा प्रहरी ले १२ जनाको नाउमा गोप्य नाम जद गरेको जनाएको छ ।