Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

गाडी र मानिस सहित भारी परिमाणमा अबैध मदिरा पक्राउ

spot_img
spot_img

वीरगंज । ईलाका प्रहरी कार्यालय ठोरीले भारी परिमाणमा अबैध मदिरा बरामद गरेको छ । प्रहरी गस्ती टोलीले पर्साको ग्रामिण ठोरी नाकाबाट स्कारपियो गाडीमा भारत तर्फ लग्दै गरेको अबैध मदिरा बरामद गरेको हो ।

ठोरी गा.पा.वडा नं.२ स्थितबाट सोम्बार साझ ७:३० बजे BR06TV4331 नं.को भारतिय नं. प्लेटको स्कारपियोमा अवैध सिल प्याक मदिरा टुबोर्ग वियर १२ बोतल, टाईगर वियर १२ बोतल, किङफिसर २४ बोतल, ब्यारन रक्सी ५४ बोतल, गोल्डेन ओक ३६ बोतल र, सिगनेचर ३६ बोतल , रुसलान भोट्का ३६ बोतल लोड गरी भारत तर्फ लैजादै गरेको अवस्थामा फेला पारी रक्सी, गाडी र २ जना मानिसहरु सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।

भारत जि.पश्चिम चाम्पारन नरकटियागञ्ज बस्ने बर्ष २७ को भोला कुमार जैसवाल र पर्सा ठोरी गा.पा.२ सिन्दर बस्ती बस्ने बर्ष २० को राजु साहलाई मदिरा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...