Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1079

मिथिला प्रदेशको लागि वीरगंजमा हस्ताक्षर अभियान संचालन गर्नेहरु भागे, युवाहरु आक्रोषित

वीरगंज, १४ मंसिर ।
प्रदेश नं. २ को नाम मिथिला घोषणा गराउन शुक्रबार वीरगंजको घण्टाघरमा संचालन गरिएको हस्ताक्षर अभियानकर्ताहरु १० मिनेट मै भागेका छन । भोजपुरी भाषाको बाहुल्यता रहेको वीरगंजको घण्टाघरमा हस्ताक्षर अभियान संचालन गर्ने अभियानकर्ताहरु प्रतिकार हुने डरले भागेको वुझिएको छ । हस्ताक्षर अभियान संचालन गरिएको फोटो सामाजिक संजाल फेसबुकमा सार्वजनिक भए पछि स्थानिय युवाहरु आक्रोषित भएका छन । आक्रोषित युवाहरुको केही समुह हस्ताक्षर अभियानको प्रतिकार गर्न वीरगंजको घण्टाघरमा समेत पुगेको थियो ।

हस्ताक्षर अभियान संचालनको सामाजिक संजाल फेसबुकमा फोटो देखेर हामी त्यसको प्रतिकार गर्न घण्टाघर पुगेको ओ.बि.सी., पर्साका अध्यक्ष अकलेश साहले वताए । आफुहरु वीरगंजको घण्टाघरमा पुगुन्जेल अभियानकर्ताहरु भागन सफल भएको साहले वताए ।

यस्तै सामाजिक संजाल मै फोटो देखेर राष्ट्रिय विद्यार्थी संघ ठा.रा.ब. अध्यक्ष मधुसुधन चौरसियाको समुह पनि घण्टाघर पुगेको थियो । हामी फोटो हेर्न वित्कै घण्टाघर पुगे पनि अभियानकर्ताहरु नभेटेको चौरसियाले जानकारी गराए ।

यस्तै स्थानिय युवा आसु सरार्फ पनि हस्ताक्षर अभियानको प्रतिकार गर्न वीरगंजको घण्टाघर पुगेको वताए । उनले आक्रोष पोखदै भने मिथिला प्रदेश त कुनै पनि हालतमा हुदैन ।

यस्तै संघिय विद्यार्थी फोरमका सचिवालय सदस्य निखिल बर्णवाल पनि वीरगंजको घण्टाघर पुगेको वताए । प्रदेश नं. २ को नाम मधेश प्रदेश वा मध्य प्रदेश राखल छलफल भइरहेको अवस्थामा मधेश मोमेन्ट भाडन केही तत्व लागि परेको त्यहीबाट संचालित तिनिहरु हुन सकने उनले प्रतिक्रया दिए ।

नेवि संघका क्षेत्रिय सभापति विकास तिवारीले पनि हस्ताक्षर अभियानको विरोध गरे । उनले पनि आक्रोष पोखदै भने राजधानी भनी जनकपुर भयो, विकास पनि तिब्र गतिमा त्यही भईरहेको छ अब कुनै पनि हालतमा मिथिला प्रदेश हुन नदिने र त्यस्तो कार्यको कडा प्रतिकार गर्ने वताए ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साहले हस्ताक्षर अभियान संचालनकर्ताहरुको बहुरुपियाको संज्ञया दिए । भोजपुराको पहिचान खोस्न र वीरगंजलाई पछाडि धकेलन केही मैथली अभियानकर्ताहरु लागि परेको वताउदै त्यस्तो कार्यको अब प्रतिकार गर्ने वताए ।

मिथिला पुनर जागरण अभियानले मिथिला प्रदेशको लागि हस्ताक्षर संकलन गर्न वीरगंजको घण्टाघर पुगेको थियो । जागरण अभियानका ध्रुप झा, अंजु यादव, नविन झा लगायतकाले हस्ताक्षर अभियान संचालन गरेका थिए । सप्तरी, महोतरी, जनकपुर लगायतका ९ जनाको समुहले योजना अनुसार हस्ताक्षर अभियान संचालन गर्न शुक्रबार वीरगंज पुगेको शनिबार बाराको कलैया र आइतबार सिम्रौनगढ पुगने योजना रहेको बुझिएको छ ।

एउटै नम्बर प्लेट रहेको २ वटा ट्रक फेला

वीरगंज, १४ मंसिर ।
सशस्त्र प्रहरीले एकिकृत जांच चौकी (ICP) वीरगंजबाट एउटै नम्बर प्लेट रहेको २ वटा ट्रक टेलर पक्राउ गरेको छ । ICP सुरक्षा बेशबाट खटिएको टोलीले सुराकीको अधारमा चेक जांच गर्ने क्रममा एउटै नम्बर प्लेट र एउटै सवारी धनी भएको २ वटा ट्रक फेला परेकोले नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरिक्षक तिडल खड्काले वताए ।

गाडी नं. GJ23Y 8861 भएको २ वटा ट्रक तर चेचिस नं. र इन्जिन नं. फरक फरक भएको भेटिएकोले नियन्त्रण लिई आवश्यक कर्वाही प्रक्रिया अगाडी बढाइएको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी गराए ।

गाडी नं. GJ23Y 8861 , इन्जिन नं. HYEZ423498, चेचिस नं. MB1A3EHD3HAXG9165 र गाडी नं. GJ23Y 8861 इन्जिन नं. HWPZ138587, चेचिस नं. MB1A3EHD9HAVH1335 एउटै नम्बर प्लेट भएको ट्रक टेलर फेला परे पनि सवारी साधन छोडी सवारी चालक भागन सफल भएको र पक्राउ परेको ट्रक टेलरको मुल्य ४२ लाख रहेको सशस्त्र प्रहरी वीरगंज भन्सार गुल्मले जनाएको छ ।

शरिरमा सेटिङ्ग गरि लैजादे गरेको ३ के.जी. चरेश सहित एक जना पक्राउ

वीरगंज, १४ मंसिर ।
सशस्त्र प्रहरी गुल्मले ३ के.जी. चेरेश सहित एक जनालाई पक्राउ गरेको छ । वीरगंज १६, भन्सार मुलगेटबाट विहिबार दिउसो भारत कलकताका शेख कल्लुको छोरा बर्ष ३६ को एकलाख शेखलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

गुल्मबाट खटिएको डियुटी टोलीले भन्सार मुलगेटमा चेक जांच गर्ने क्रममा नेपालबाट भारत रक्सौल तर्फ शरिरमा सेटिङ्ग गरी लुकाई छिपाई लैजादै गरेको शेखलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक खडकाले वताए ।

निजको साथबाट ३ के.जी. चरेश बरामद भए पछि नियन्त्रणमा लिई आवश्यक कर्वाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा बुझाइएको उनले जानकारी गराए ।

लागु औषध इन्जेक्सन सहित एक युवक पक्राउ

वीरगंज, १३ मंसिर ।
पर्सा प्रहरीले लागु औषध इन्जेक्सन सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्सा र प्रहरी चौकी ईनर्वा, पर्साबाट खटेको प्रहरी टोलीले रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ५ निवासी अनौठो चौधरीको छोरा बर्ष २१ को कैलाश चौधरीलाई पक्राउ गरेको हो ।

वीरगंज १६, रजतजयन्ति चौक स्थित सडकबाट बुधबार राती ९ः४५ बजेको करिबमा भारतको रक्सौलबाट वीरगंज तर्फ आउदै गरेको चौधरीलाई लागु औषध इन्जेक्सन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

चेकजांचको क्रममा पक्राउ परेको चौधरीको साथबाट लागु औषध ईन्जेक्सन नुर्फिन २० पिस, डाइजेपाम २० पिस र फेनारगान २० पिस गरी जम्मा ६० पिस फेला परेको प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

श्री ब्रहमस्थान प्रा.वि. लहावरथकरीकाे अध्यक्षमा सिकेन्द्र यादव सर्वसम्मत चयन

 विरगंज, १३ मंसिर ।
पर्साको पकहामैनपुर गाउँपालिका वडा नंं.४ को लहावरथकरीमा रहेको श्री ब्रहम स्थान प्राा.वी. लहावरथकरीमा गत मंगलबार गठन भएको विद्यालय व्यवस्थापन समितीले आज पुर्णता पाएको छ ।

समितीका जेष्ठ सदस्य लतिफ मिँया धोबीको अध्यक्षतामा बसेको बैठकले २ जना सदस्य चयन गर्दै सिकेन्द्र प्रसाद यादवलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको छ । समितीको सदस्यहरुमा लतिफ मिया धोवी, हसर्दिन हवारी, सुरसती देवी, अफिफा खातुन ,श्रीमती महापती देवी अहिरिन लगायतका रहेको विद्यालयका प्रधानाध्यापक अशोक साहले जानकारी दिनुभयो ।

बैठकले गाउँपालिकाको शिक्षा ऐन अनुसार गाउँपालिका र वडा कार्यालयबाट एक एक जना सदस्य प्रतिधिनी माँग गर्ने निर्णय समेत गरेको छ ।

विद्यालय व्यवस्थापन समितीको पदाधिकारीहरुको सपथ ग्रहण भोली विहान ९ बजे विद्यालय प्रागणमा हुने विद्यालय व्यवस्थापन समितीका नवनिर्वाचित अध्यक्ष यादवले जानकारी दिनुभयो ।

बेटी पढाउ बेटी बचाउ अभियानकाे रेखा थापालाई ब्राण्ड एम्बेष्डर बनाएकोमा सर्वत्र विरोध

वीरगंज, १२ मंसिर ।
प्रदेश २ सरकारले सञ्चालनमा ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा अभिनेत्री रेखा थापालाई ब्राण्ड एम्बेसडर बनाएकोमा सांसदहरुले विरोध जनाएका छन् । बुधवारको प्रदेशसभाको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपाका सांसदहरुले अभेनेत्री थापालाई अभियानमा सामेल गराएको भन्दै मुख्यमन्त्री राउतको विरोध गरेका छन् ।

शुन्य समयमा बोल्दै काँग्रेस सांसद शिवचन्द्र चौधरीले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान कुनै योजना नै नबनाई सञ्चालनमा ल्याइएकोले यो मुख्यमन्त्रीको निजी कार्यक्रम जस्तो भएको टिप्पणी गरे ।

सांसद चौधरीले भने ‘यो अभियानमा करिब ८० करोड बजेट छुट्टयाइएको छ । तर, कुन कार्यक्रममा कति बजेट बजेट खर्च गर्ने कुनै योजना छैन, सदनमा जानकारी छैन गोलमाल समेत गरिएकोले मुख्यमन्त्रीको निजी कार्यक्रम जस्तै लागिरहेको छ । मधेसका महिलाले नेपाली चलचित्र नहेरेको र रेखा थापाको नाम पनि थाहा नभएको दाबी गर्दै उनले अभियानमा थापा जोडिएकोमा आपत्ति जनाएका हुन् ।

सांसद चौधरीले मैथिली वा भोजपुरी भाषामा महिलालाई बुझाउन सक्ने मधेसी मुलका महिलालाई कार्यक्रममा राख्न सुझाव दिए ।

काँग्रेसकै प्रदेशसभा सदस्य नरेश यादवले मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानमा नाटक गर्न अभिनेत्री थापालाई राखेको आरोप लगाए । अभियानमा रेखा थापालाई ल्याएर नाटक गर्न खोजिएको छ भने यो निन्दनीय छ । के मधेसमा उनीजस्तो राम्री, सुन्दरी, प्रतिभावान छोरी छैनन् ?, सांसद साहको प्रश्न रहेको छ ।

नेकपाकी प्रदेशसभा सदस्य ज्वाला साहले पनि रेखा थापालाई यो अभियानमा जोडिएकोले विरोध जनाए ।उनीसंगै कांग्रेस प्रदेशसभा सदस्य सरस्वती चौधरीले मधेशमा मधेशी महिला कलाकारहरु पनि प्रतिभाशाली भएको भन्दै उनीहरुलाई अभियानमा जोड्नुपर्ने बताइन ।

यसैगरी मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्ला पर्सामा पनि रेखा थापालाई राखेकोमा व्यापक विरोध मात्र नभई जुलुस प्रदर्शन भएको छ । वीरगंजको आदर्शनगर देखि शुरु भएको जुलुसले नगरपरिक्रमा गर्दै पुन: घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।

सो विरोध जुलुसमा महिलाहरुले मधेश की बेटी मधेशी शान बेटी पढाउ बेटी बचाउ मधेश की बेटी के आगे बढावेके भन्ने नारा समेत लगाएका थिए । मधेशी महिलाहरुले निकालिएको जुलुसमा महिला नेतृ रम्भा मिश्रा, रेणु कर्ण, मुन्नी श्रीवास्तव, अमृत झा, शिला देवी ओझाको सहभागिता रहेको थियो ।

न्यायिक समितिका सदस्यहरुको जिम्मेवारी तथा भूमिका सम्बन्धी तालिम सम्पन्न

वीरगंज, १२ मंसिर ।
न्यायिक समितिका सदस्यहरुको जिम्मेवारी तथा भूमिका सम्बन्धी २ दिने तालिम आज वीरगंजमा सम्पन्न भएको छ । स्थानिय अधिकार कार्यक्रम (एल.आर.पी.) अन्तर्गत हरिओम पार्टी प्यालेस अशोकवाटीका, वीरगंजमा संचालित तालिम सम्पन्न भएको हो । तालिमको समापन्न समाहरोहमा बोल्दै पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनले कर्मचारी र भौतिक संरचनाको अभावकमा न्यायिक समितिमा काम गर्न समस्या भएको वताइन ।

पहिला भन्दा अहिले क्रमिक रुपमा सुधार हुदै गए पनि सोचे जस्तो अहिले पनि काम गर्न नसकिएको खातुनको भनाई थियो । पटेर्वा सुगौली गाउँपालिकाकी उप प्रमुख ममता महतोले न्यायिक समितिले गरेको काम कार्यन्वयन हुनु पर्ने वताइन । मेलमिलापकर्ता वडा स्तरमा पनि चयन गरेर काम गरियो भने सजिलो हुने महतोको भनाई थियो । विन्दावासिनी गाउँपालिकाकी उप प्रमुख किरण देवी गुप्ताले गाउँ घरमा समान्य किसिमको झैझगडा बढी हुने गरेका कारण मेलमिलाप गराउनु पर्ने धारणा राखिन ।

training-kalikatimes

कार्यक्रम प्रमुख रामाकान्त पटेलको अध्यक्षतामा र वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीको प्रमुख आतिथ्यतामा भएको समापन समाहरोहमा पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुश्मी देवी, आयोजक संस्थाकी अनुगमन मूल्यांकन अधिकृत देवता रिजाल, कार्यक्रम संयोजक कोपिला चौलागाई लगायतकाको सहभागिता रहेको थियो । एक्सनएड नेपालको सहयोगमा र दिब्य युवा क्लब वीरन्चीबर्वाको आयोजना तालिम आयोजना गरिएको थियो ।

पर्साका ५ स्थानिय तहको न्यायिक समितिका सदस्यहरुको सहभागिता रहेको तालिममा अधिवक्ता हरेराम सरार्फले प्रशिक्षण दिएका थिए । आयोजक संस्थाले लैंगिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार मुल नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियान पनि संचालन गरेको छ ।

धान भित्रयाउने र हिउदेबाली लगाउने किसानलाई चटारो

प्रणय साह/वीरगंज, १२ मंसिर ।

पर्सा र बाराका किसानलाई भने अहिले धान भित्रयाउने र हिउादेबाली लगाउने चटारो बढेको छ । छठ पर्व सकिने वितिकै सुरु भएको सागै खेतमा पाकेको धान भित्रयाउने र गहु, चना, केराउ लगायतका हिउादेबाली लगाउने चटारो एकसाथ बढेको कारण किसान संगौं घरमा रहेका बालबलिका खेतमा देख्न थालेका छन् ।

पछिल्ला केही वर्षदेखि जिल्लाका ग्रामीण बस्तीका कृषि मजदुर कामका लागि भारतको पञ्जाव र हरियाणा जाने क्रम बाक्लिएपछि समयमै खेतीको काम सक्न हम्मेहम्मे पर्ने गरेकाले स्कुल जाने बालबालीका स्कुल छुटि भए संगै बुवा र आमाको सहयोगका लागी खेतमा भेटिन्नछ् ।

गाउँघरमा कृषि काम गर्ने युवा भारत तथा खाडि मूलुक पलायन भएपछि घरपरिवारकै जहानले सारा काम धान्नु पर्ने स्थिति रहेको एक किसानले जनकारी दिए ।

यसैबेला हिउादेबालीसागै उखु रोप्ने समय पनि नजिएकाले आफूहरूलाई भ्याइनभ्याई परेको किसानले आफनो छोरा छोरीलाई समेतलाई खेत तिर जानु परेको भनाइ छ । एकसरो खेतीको काम सक्नासाथ बालबालिका खेत तर्फबाट स्कुल जाने स्थानीय किसानले बताए ।

नेपाल प्रहरीमा जागीर लगाइदिने भनेर ठगी गर्ने आलोक पाण्डेय पक्राउ

वीरगंज, १२ मङ्सिर / पर्सा प्रहरीले नेपालको गुप्तचर विभाग राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीमा जागीर लगाइदिने भनेर केही व्यक्तिसँग लाखौं ठगी गरेको कसूरमा एकजना युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय अनुसन्धानको प्रसनि पदमा जागीर लगाइदिने भनेर पर्सा जिल्ला धोबिनी गापा–३ हरिहरपुर घर भई हाल वीरगंज–१३ मा डेरा गरी बस्ने २६ वर्षीय आलोक भन्ने सन्तोष पाण्डेयलाई पक्राउ गरेको छ ।

पाण्डेयमाथि सुर्वणपुर गापा–२ का प्रदीप ठाकुर, महागढीमाई नपा बाराका उमेश ठाकुर र धीरेन्द्र कुशवाहासँग ७ लाख २२ हजार रुपैयाँ ठगी गरेको आरोप छ । कुशवाहासँग ४ लाख र बाँकी रकम ठाकुरद्वयसँग ठगी गरेको प्रहरीको भनाइ छ ।

 पाण्डेयले केहीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नक्कली हस्ताक्षर गरी नियुक्तिपत्र पनि दिएको प्रमाण पर्सा प्रहरीले फेला पारेको छ । पाण्डेयलाई अदालतको आदेशमा सात दिन हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको भनाई (भिडियो)

वीरगंजमा आयोजित मानवअधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिने क्र्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको भनाई । भिडियो : कालिका टाइम्स