Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1080

लैङ्गिक हिंसा दुव्र्यवहार छैन हामीलाई स्वीकार भन्दै किशोरीरुले गरे वक्तृत्वकला

पर्सा, ११ मंसिर ।
वीरगंज महानगरपालिकाको वडा नं. ३०, लालपर्सामा महिला हिंसा विषयक अन्तर संवाद केन्द्र स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । किशोरी सशक्तिकरणको लागि किशोरी संवाद कार्यक्रम अन्तर्गत लैंगिक हिंसा र दुव्र्यवहार हामीलाई छैन सुविकार मुल नाराका साथ १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

श्री ने.रा. अधारभुत विद्यालय, लालपर्सामा भएको वक्तृत्वकला प्रतियोगितामा समझना किशोरी संवाद केन्द्रकी प्रिती कुमारी यादव प्रथम, लालीगुराश किशोरी संवाद केन्द्रकी निकिता कुमारी गुप्ता द्वितिय र जानकी किशोरी संवाद केन्द्रकी संध्या गौरो तृतिय भएका छन ।

यस्तै अतिरिक्त क्रियाकलाप अन्तर्गत गित तर्फ समझना केन्द्रकी हजारा खातुन, नृत्य तर्फ किशोरी संवाद केन्द्रकी अंगिता गौरो, आशिका गौरो र चुटकिलामा सगरमाथा केन्द्रकी धनमान्ती कुमारी पासवानलाई पुरस्कृत गरिएको कार्यक्रमका सुपरभाइजर सुनेशवर साहले वताए ।

विद्यालयका प्र.अ. रामाधार साहको अध्यक्षतामा र वडा अध्यक्ष अमानत अंसारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख अनिशकांथ कुशवाहा, शिक्षक विनोद चौहान लगायतकाको सहभागिता रहेको थियो । यस्तै वीरगंज महानगरपालिकाको वडा नं. २९ मा पनि महिला हिंसा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

श्री ने.रा.प्रा.वि. मुसैलीमा भएको प्रतियोगितामा दुर्गा संवाद केन्द्रकी अपसना खातुन प्रथम, बिशमिला संवाद केन्द्रकी तहरिमा खातुन द्वितिय र इशलाम संवाद केन्द्रकी नैमुन खातुन तृतिय भएका छन ।

भगवान महतोको अध्यक्षतामा र वडा अध्यक्ष धर्मेन्द्र महतो थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्या वुद्धिया देवी, वडा सचिव शेर महमद अंसारी, संवाद अधिकृत प्रकाश पाण्डे, चन्द्रमा ढकाल, तारा खातुन, रेनु देवी, रामनाथ पटेल लगायतकाको सहभागिता रहेको थियो । १६ दिन सम्म पर्साका ८ वटा संवाद केन्द्रमा विभिन्न अभियान सुरु गरिएको संवाद अधिकृत पाण्डेले वताए ।

विद्यालय व्यवस्थापन समिति बहुमतले गठन, एक पक्षद्वारा धादली भएको भन्दै बहिस्कार

पर्सा, ११ मंसिर ।
पकहा मैनपुर गाउँपालिकाको वडा नं. ४, लहावरथकरीमा रहेको श्री ने.रा.प्रा.वि. ब्रहमस्थानको विद्यालय व्यवस्थापन समिति बहुमतले गठन भएको छ । वडाध्यक्ष ढेरी प्रसाद यादवको अध्यक्षतामा र स्रोत व्यक्ति महन्थ यादवको उपस्थितीमा बहुमतले विद्यालय व्यवस्थापन समिति गठन भएको वताइएको छ ।

गठन भएको विद्यालय व्यवस्थापन समितिको सदस्यमा सिकेन्द्र प्रसाद यादव, लपिस मियाँ, अफिफा खातुन र सुुरसती देवी रहेका छन । यता एउटा पक्षले विद्यालय व्यवस्थापन समिति गठनमा धाधली भएको वताएको छ ।

विद्यालयमा भएको अभिभावक भेलामा धाधली भए पछि हामीले अभिभावक भेला बहिस्कार गरेको स्थानिय मदन पासवानले वताए । उम्मेदवार नारायण महतो, दिलिप शर्मा पक्षले अभिभाव भेलामा धाधली भएको भन्दै अभिभावक भेला बहिस्कार गरेका छन ।

अभिावकहरुको संख्या ५१ प्रतिशत नपुगे पनि धाधली तरिकाले विद्यालय व्यवस्थापन समिति गठन गरिएको एक पक्षको दावी छ भने वडाध्यक्ष पक्षले बहुमतले विद्यालय व्यवस्थापन समिति गठन भएको जनाएको छ ।

मानव अधिकार सम्बन्धी कार्यक्रम सम्पन्न, कानुन धेरै बने पनि कार्यन्वन पक्ष नै कमजोर : सरावगी

वीरगंज(पर्सा), ११ मंसिर ।
मानव अधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । नेपाल मानव अधिकार संगठन, पर्साले होटल कमु प्यालेस, वीरगंजमा आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन समाहरोहलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले मानव अधिकारको सवालमा कानुन धेरै बने पनि कार्यन्वन पक्ष नै कमजोर भएको वताए । उदघाटन समारोहका प्रमुख अतिथी मेयर सरावगीले कानुन बनाएर मात्र नहुने भन्दै कार्यन्वयन पक्ष पनि बलियो हुनु पर्ने धारणा राखे ।

sahabhagi-kalikatimes
कार्यक्रममा सहभागि विद्यार्थीहरु । तस्बिर : कालिका टाइम्स

सरावगीले उदाहरण दिदै भने आ आफ्नो बच्चाहरुलाई विद्यालय पठाउनु पर्छ नत्र हामी सिफारिस सहितको सेवा सुविधा रोक छौं भन्दा विद्यालय जानको लागि बालबालिकालाई आवश्यक पर्ने कापी, कमल, जुत्ता, मोजा किन्ने क्षमता नभएका अभिभावकको लागि कसरी हुने प्रशन समेत गरे । हामी जाने अन्जानेमा मानव अधिकारको घटना उल्लघंन गरिएको सरावगीको भनाई थियो ।

नेकपाका युवा नेता रहबर अंसारीले मानव अधिकारको हन्न कहां, कसरी र कस्तो भइरहेको छ हामीले बुझनु पर्ने वताए । मानव अधिकार प्रति हामी गम्भीर नभएकोले गम्भीर हुन जरुरी रहेको धारणा राखे । नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बंजाराले सर्बप्रथम जनप्रतिनिधिहरुलाई मानव अधिकार बारे प्रशिक्षण दिनु पर्ने वताए । स्थानिय सरकारका जनप्रतिनिधिहरुले नै मानव अधिकार बारे बुझन नसकेका कारण बुझाउन जरुरी रहेको वताए ।

नेपाल मानव अधिकार संगठन, पर्साका अध्यक्ष डा. हरेराम ठाकुरको अध्यक्षतामा भएको उदघाटन सत्रमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शशिकपुर मियाँ, नेपाली कांग्रेसका पर्सा क्षेत्रिय नं. १ का सभापति अरविन्द गुप्ता, नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ का संयोजक फुलमहमद मियाँ, सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका अध्यक्ष इब्राहिम देवानले मन्तव्य राखेका थिए भने कार्यक्रम बारे प्रकाश मानव अधिकार संगठन केन्द्रिय कार्यालयका डा.गोबिन्द ढकालले गरेका थिए । मानव अधिकार संगठन, पर्साका पूर्व अध्यक्ष कमल मोहन पोखरेलले स्वागत भाषण गरेको कार्यक्रमको संचालन सचिव शिवनाथ यादवले गरेका थिए ।

कार्यक्रममा सहभागिहरु । तस्बिर : कालिका टाइम्स

विभिन्न क्लेजका विद्यार्थी, संघ/संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र मानव अधिकार संगठनका पूर्व अध्यक्ष विजय उपाध्यायले प्रशिक्षाण दिएका थिए ।

पर्सा जिल्लामा पर्यटन बिकासको लागी ओरिएन्टेसन कार्यक्रम सप्पन्न

वीरगंज, ११ मंसिर ।
भिजिट मधेस नेपाल पर्साद्वाराअ आज वीरगंजमा आयोजित पर्सा जिल्लामा पर्यटन बिकासको लागी ओरिएन्टेसन कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भिजिट मधेस नेपाल अभियानका रास्ट्रीय संयोजक ओमप्रकाश सरार्फले अभियान बारे प्रकाश पार्दै अभियानले तराई मधेसका २२ वटै जिल्लालाई जोड्दै पर्यटकिय धरोहरलाई विश्व बजारमा परमोसन गर्न डिजिटल माध्यम (वेबसाईट/मोबाइल एप) तयारीको क्रममा रहेको बताए ।

साथै बहुमतहको सरकार संग समन्वय तथा आम जनतामा अतिथि देवो भवको चेतना फैलाउने कार्यक्रम संचालनमा रहेको बताए । सराफले पर्यटनको बिकासले तराई मधेसमा नयाँ रोजगारिको सृजना, नयाँ उमंग एवं आर्थिक/समाजिक रुपान्तरणमा ठुलो टेवा पुग्ने पावर पोइन्टबाट सहभागीहरुलाई अवगत गराएका थिए ।

पर्सा जिल्ला संयोजक रवि गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका रास्ट्रीय समिति सदस्य द्वय समाजिक अभियन्ता प्रकाश थारु ,ओमप्रकाश श्रेष्ठ ,प्रदेश नम्बर-२ का प्रदेश सदस्य हरेन्द्र बाबा पटेल, बोर्ड मेम्बर कृष्ण सरार्फ, अनुसन्धान कर्ता भरत साह, राधा चौधरी लगायतका सहभागीता रहेको थियो ।

कार्यालय प्रमुख दिपु वर्णवालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण पर्सा जिल्ला सदस्य स्याम सरार्फ(राजा)ले गरेका थिए ।

अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य इशक कुमार रिहा

वीरगंज, १० मंसिर ।
तत्कालिन नेकपा माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य इशक कुमार पासवान सोमबार रिहा भएका छन । एक सत्ता देखी प्रहरी हिरासतमा रहेका पासवान जिल्ला प्रशासन कार्यालयको आदेशमा रिहा भएका हुन । रिहा भएका पासवनालाई विद्यार्थी संगठनहरुले स्वागत समेत गरेका छन ।

नेकपा निकटका भातृ संगठन अनेरास्ववीयु र अनेरास्वीयु (क्रान्तिकारी) का विद्यार्थी नेताहरुले फुलको माला लगाई पसवानलाई स्वागत गरेका हुन । अनेरास्ववीयू (क्रान्तिकारी)का केन्द्रिय सदस्य शिवम साह, अनेरास्ववीयु पर्साका अध्यक्ष रामबाबु यादव, अनेरास्ववीयु (क्रान्तिकारी) पर्साका संयोजक मित्रदेव यादव, ठा.रा.ब. इकाई संयोजक मेराजुल हवारी लगायतका विद्यार्थी नेताहरुले रिहा भएका पासवानलाई स्वागत गरेका थिए ।

मंसिर ४ गते जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले पासवानलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरेका थिए । प्रहरीले पासवानलाई पक्राउ गरेको विरोधमा विद्यार्थी संगठनहरु आन्दोलनको समेत घोषणा गरेका थिए । दुबै संगठनका जिल्ला नेतृत्वहरुले पासवान रिहाई कार्यमा सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन समेत गरेका छन ।

वडा, गाउँपालिका र प्रदेश संग सहकार्य गर्ने छु : आई.जि.पी. खनाल

पर्सा, १० मंसिर ।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक (आई.जि.पि.) सर्बेन्द्र खनालले आज पर्साको कालिकामाई गाउँपालिकामा आयोजित भलिबल टुनामेन्ट प्रतियोगितको उदघाटन गर्नु भएको छ । कालिकामाई गाउँपालिकाको वडा नं. १, मुडलीमा आयोजित अन्तराष्ट्रिय भलिबल टुनामेन्ट प्रतियोगिताको उदघाटन गर्नु भएको हो ।

श्री जनाता मा.वि. मुडलीमा आयोजित उदघाटन समाहरोहलाई सम्बोधन गर्दै आई.जि.पी. खनालले राम्रो काममा सहयोग गर्ने वताउनु भएको छ । नेपाली जनाताको सुखदुखमा साथ दिने वताउदै खनालले भन्नु भयो समुदाय सझेदारी कार्यक्रममा वडा, गाउँपालिका र प्रदेश संग सहकार्य गर्ने छु । प्रहरीलाई प्रदेश नं. २ बाट तस्करी, गुन्डागर्दी हटाउन खनालले प्रहरीलाई निर्देशन समेत दिनु भयो ।

igp 2-kalikatimesगाउँपालिका अध्यक्ष नथुनी प्रसादको अध्यक्षतामा भएको उदघाटन समाहरोहमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत पौडेल, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेम धवज, प्रहरी प्रधान कार्यालयका प्रहरी उपरिक्षक रामबहादुर कार्की, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार (मन्टु), उप मेयर सलमा खातुन, विन्दवासनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु (मोदी) लगायतकाले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य राजेन्द्र प्रसाद कुर्मीले गरेका थिए । 

सहकारी संघ संस्था बिच अन्तक्रिया कार्यक्रम सम्पन्न

वीरगंज,९ मंसिर  पर्साको सखुवा प्रसौनी गाँउपालिकामा सहकारी संघ संस्था बिच अन्तक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ । सखुवा प्रसौनी गाँउपालिकाको आयोजना तथा जिल्ला कृषि सहकारी संघ र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा गाँउपालिका भित्रका २६ वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहले जानकारी दिए ।अन्तरक्रिया कार्यक्रममा सहकारी भित्र रहेका समस्याका समाधान गर्नेको लागी समिति बनाउने ,गाँउपालिका भित्रका समिति बनाउने, सहकारी कानुन बनाउने, कर्मचारीको लागी कार्यालयको व्यवस्थापन गर्ने ,सहकारी सम्बन्धि रिकोर्ड व्यवस्थापन लगायतको निर्णय भएको कृषि सहकारी संघ पर्साका अध्यक्ष साहले बताए ।

सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष प्रदिप जैसवालको अध्यक्ष्तामा भएको कार्यक्रममा सहकारी बैंकका शाखा प्रमुख युवराज त्रिपाठि, कृषि ज्ञान केन्द्र समसुल मियाँ, अजय कुमार श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।

नेताहरुको गुटको शिकार बने विद्यार्थी नेता इशक कुमार

पर्सा । तत्कालिन नेकपा माओवादी केन्द्रको एकतादेखि नै गुटबन्दीमा चलेको पर्साको तत्कालिन नेकपा माओवादी पार्टी एमाले सँगको एकीकरण प्रकृयासम्म आईपुग्दा सम्म झन गुटबन्दी सतहमा देखिएको छ । पछिल्लो समयमा गुटको शिकार भएका छन् तत्कालिन नेकपा माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य इशक कुमार ।

प्रहरीसँग भनाभन गरेको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य इशक कुमारलाई छुटाउन कुनै पहल नगरेको भन्दै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र अनेरास्ववियुका विद्यार्थीहरु आक्रोशित भएका छन् । एकताको प्रकृयामा रहेको नेकपा पर्साको कार्यदल पनि आफ्नो भातृ संगठनका कार्यकर्तालाई छुटाउनका लागि चासो नदेखाएको विद्याथीहरुको गुनासो छ ।

इशक कुमार तत्कालिन नेकपा माओवादी केन्द्रको नारायणकाजी श्रेष्ठ गुटका विद्यार्थी भएकै कारणले अन्य गुटका पार्टीका नेता तथा विद्यार्थीहरुले पनि उनको रिहाका लागि खासै चासो नदेखाएको उनीहरुको भनाई छ । नेकपाको कार्यदलका सदस्यहरु लगायतका पार्टीका सबै नेताहरुसँग इशक कुमारको बारेमा जानकारी गराउँदा समेत कोहीपनि जवाफदेही नभएकोमा विद्यार्थीहरु पार्टीप्रति नै असन्तुष्ट बनेका छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्रको संगठनमा पनि संस्थापन, राम बहादुर थापा ‘बादल’ नारायणकाजी र मातृका गुटमा विभाजन भएकाले प्रहरी हिरासतमा रहेका इशक कुमारको रिहाइमा खासै दबाव नपरेको विद्यार्थीहरुको बुझाई छ । जिल्लाका नेताहरु व्यक्ति केन्द्रीत र गुटबन्दीकै कारण पार्टीका केन्द्रीय स्तरका नेताहरु पनि पर्सामा आउन खासै इच्छा देखाउदैनन् ।

माओवादी आन्दोलनका क्रममा वीरगन्जमा काशी तिवारीको हत्यापछि प्रभु साहमाथि व्यापक दबाव परेपनि पर्साका नेताहरुले साथ नदिएकै कारण र पछिल्लो समयमा देखिएको पार्टीको गुटबन्दीले साह पनि पर्सामा आउन खासै रुची नदेखाउने गरेको जानकारहरु बताउछन् ।

गुटबन्दीकै कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकका यादव पनि जिल्लामा आउन चाहदैनन् । पछिल्लो समयमा निम्बसको उद्योगमा छापा मारेको विषयमा विवादमा परेपछि यादव पर्सामा आफ्नो गुटकै नेताहरुमाथि असन्तुष्ट बनेको स्रोतको भनाई छ । पूर्व सांसदहरुदेखि वर्तमान सांसदहरुको पनि पर्सा पार्टी र कार्यकर्ताहरुमा खासै प्रभाव नरहेको देखिएको छ ।

खेस्राहा प्रहरी चौकीको भवन निर्माणको लागि समिति गठन

वीरगंज, ९ मंसिर ।
पकहा मैनपुर गाउँपालिकाको वडा नं. ३ स्थित रहेको खेस्राहा प्रहरी चौकीको भवन निर्माणको लागि आज समिति गठन भएको छ । २५ लाखको लागतमा निर्माण हुने तिन तल्ले भवनको लागि ७ सदस्यि निर्माण समिति र १५ सदस्यि अनुगमन समिति गठन भएको वडाध्यक्ष ढेरी यादवले वताए ।

गाउँपालिका अध्यक्ष विजय चौरसियाको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकालको प्रमुख आतिथ्यतामा भएको भेलामा समिति गठन भएको वडाध्यक्ष यादवले जानकारी गराए ।

विन्दुभुषण साहको अध्यक्षतामा गठन भएको निर्माण समितिको सचिवमा अयोध्या चौहान, कोषाध्यक्षमा उमा देवी, सदस्यहरुमा सुरेश यादव, हरिन्द्र चौहान, अनिहिया माझी, मन्तुरी देवी रहेका छन । यस्तै वडाध्यक्ष यादवको अध्यक्षतामा अनुगमन समिति पनि गठन भएको छ । गाउँपालिका अध्यक्ष चौरसियाको संरक्षकमा सर्वसहमत समिति गठन भएको वताइएको छ ।

दिप प्रज्वलन

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अन्तरास्ट्रिय अभियान अन्तर्गत शनिबार वीरगंजको घन्टाघरमा आयोजित दिप प्रज्वलन कार्यक्रम । तस्बिर : जाकिर हुसेन