Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पर्सामा पासाे लगाई र बिषादी सेवन गरी २ को मृत्यु 

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिका ३ सबैयापुल नजिकै बकैनाको बोटमा एक युवकको शव फेला परेको छ । बारा बगरमपुर घर भई हाल ससुराली घर जिल्ला पर्सा पर्सागढी न.पा.३ सबैया बस्ने बर्ष २५ को बिजुली सहनीको घाँटीमा सलको पासो लगाई झुण्डीएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार साझ ६:३० बजेको समयमा फेला परेको शवको प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगंजमा पठाई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै पर्सा सखुवा प्रसौनी गा.पा.५ महुवन बस्ने बर्ष ५४ को राजेन्द्र प्रसाद कलवारको बिषादी सेवनबाट मृत्यु भएको छ । मिति २०७६।०६।३० गते घरायसि बिवादको कारण नाम नखुलेको बिषादी सेवन गरी उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंजमा ल्याई उपचार भईरहेकोमा मिति मंगलबार राती ११ बजेको समयमा उपचारको क्रममा निजको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृत्यु भएको खबर पश्चात जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली खटि गई लाश जाँच प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पो.मा.को लागी नारायणी अस्पतालमा पठाईएको प्रहरी कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...