Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सामा पासाे लगाई र बिषादी सेवन गरी २ को मृत्यु 

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिका ३ सबैयापुल नजिकै बकैनाको बोटमा एक युवकको शव फेला परेको छ । बारा बगरमपुर घर भई हाल ससुराली घर जिल्ला पर्सा पर्सागढी न.पा.३ सबैया बस्ने बर्ष २५ को बिजुली सहनीको घाँटीमा सलको पासो लगाई झुण्डीएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार साझ ६:३० बजेको समयमा फेला परेको शवको प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगंजमा पठाई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै पर्सा सखुवा प्रसौनी गा.पा.५ महुवन बस्ने बर्ष ५४ को राजेन्द्र प्रसाद कलवारको बिषादी सेवनबाट मृत्यु भएको छ । मिति २०७६।०६।३० गते घरायसि बिवादको कारण नाम नखुलेको बिषादी सेवन गरी उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंजमा ल्याई उपचार भईरहेकोमा मिति मंगलबार राती ११ बजेको समयमा उपचारको क्रममा निजको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृत्यु भएको खबर पश्चात जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली खटि गई लाश जाँच प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पो.मा.को लागी नारायणी अस्पतालमा पठाईएको प्रहरी कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...