Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

सांसद यादवले बाडे छठ ब्रतालुलाई साडी

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले सामुदायगत परम्परा कायम राख्न एक अर्काप्रति श्रदासुमन हुन जरुरी रहेको बताउनु भएको छ । हिन्दुले मुस्लिम, मुस्लिमले हिन्दु, त्यसैगरी सिक, ईसाई र विभिन्न जातजातीको पर्व एकअर्काले मनाउदाँ सास्कृतिक विस्तार हुने बताउनु भएको हो ।

छठपर्वका लागी ब्रतालुहरुलाई साडी तथा पिठो वितरण गर्नु हुँदै उहाँले सदियौँ देखि बस्दै आएको एक अर्काको भाईचार हुन जरुरी रहेको बताउनु भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. ३१ बेल्वाको कोन्हिया दलित बस्ती, लक्ष्मीपुर, कटगेनवा र मिलन चोकमा रुगंटा वेलफेयर सोसाइटीको सहयोगमा साडी तथा पिठो वितरण गर्नुहुँदै उहाँले समपन्नताले अपुगलाई सहयोग गरे समाज सृद्धढ हुदैँ जाने बताउनु भएको थियो ।

प्रत्येक वर्ष झै यस वर्ष पनि उहाँको सहयोगमा आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी तथा पिठो वितरण गर्नु भएको हो । भोलि विहिबारदेखी नहाय खाए सुरु भएसंगै छठपर्व शुरु हुँदैँछ यसैको अवसरमा सांसद प्रदिप यादवको पहलमा हरेकवर्ष दिन दुखी गरिब तथा असहायलाई साडी तथा पिठो वितरण गरिने गर्दछ ।

दुई सय २५ घर परिवारलाई साडी तथा पिठो वितरण गरिएको कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, उधोगी सुरेश रुगंटा, समाजवादी पार्टी नेपालका उपाध्यक्ष सुन्दर कुर्मी, सुलमान अंसारी, इमामुल अंसारी, जितेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...